यादहरु तिम्रा जतनले सम्मालेर राखेको छु
तिम्रैलागी यी यादलाई कैद गरि राखेको छू

पुग्न सकेन कि कसै गरि मेरो खबर तिमीसंग
जिन्दगी यसै गुजारेर तिम्रो याद समालेको छु

एक्लै एक्लै निशाचर भै भौतारीएको मनुवा हुँ
हरेक तुफानलाइ सोध तिम्रो यादले जलेको छु

मेरा अधीर बिचलन तिम्रा र मेरा तगारा थिए
पीर र तापका ज्वालालाइ सदा झैँ निभाको छु

कोशिशमा जुटेको छु सब ठीकठाक मिलाउन
याद बिसौनीमा राखी तिमीसंग भेटने भा को छु

०५/२५/२०१९

Leave a Reply