माथि पुगेर आफ्नै धरातल कतिन्जेल भुल्छौ साथि

बेइमानिको कमाइमा राज कतिन्जेल गर्छौ  साथि

 

आफु माथि पर्दा सबै कुरा भयो न्यायोचित भन्छौ

तल पर्नेबित्तिकै किच किच कतिन्जेल गर्छौ साथि

 

त्यहि कुरा आफुले गर्दा ठिक ठाक छ भनिरन्छौ

अरुले सोहि कुरा गर्दा कतिन्जेल रना पर्छौ साथि

 

गरेको ति पाप नपखाले म्म कहा मुक्ति पाउछौ

चैन दिने छैन पापले साधु कतिन्जेल बन्छौ साथि

 

सुखको सपनामा  हामी जनता सदा लुटी खायौ

यसैरी तिम्ले नौटंकी नाटक कतिन्जेल गर्छौ साथि

 

०४/२५/२०१९

 

Leave a Reply