चोटका तिम्रा घाउमा, कसरि नुन छर्न सक्छु ?
दुखेका तिम्रा मनमा, कसरि पिडा थप्न सक्छु?
मैले माया गरेकै हो तिम्लाई नबुझे र हो तिम्ले
तिम्लाइ कसरि दुखमा, अझ पिडा थप्न सक्छु?
शितल छाया दिने मनथ्यो, तिम्लाई जिन्दगिभरि
जीवनका दुखका क्षणमा, कहा दुख देख्न सक्छु ?
मायाको संसार श्रीष्टि गर्ने, मन थियो तिमीसंग
तिमिलाई यो मनबाट कहाँ, मैले फ्याक्न सक्छु ?
सक्छु म तिम्रो पिडामा, छटपटिन यो जीवनभर
सक्दिन तडपिएको तिमि, कहा पिडा देख्न सक्छु ?
०४/०२/२०१९