अध्यात्मको बाटोमा १३। …

FacebookTwitterGoogle+Share

अध्यात्मको बाटोमा …१३

मृत्यु, पुनर्जन्म र मुक्ति

भाका, भुल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनि मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँचि सबै दुरुस्त नबुझि बिर्सेर हान्दैन त्यो ।१।
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,

(कविवर लेखनाथ पौडेलको यो कालजयी कविता “ काल महिमा”को यो अंश हो )
कविवरले काल अर्थात मृत्युको बारेमा लेखिएको कविताले पनि सारान्षामा धेरै कुरा भनेको छ ।

मृत्यु अर्थात मरण, जगतका प्राणिहरुमा लागेको लाहाछाप हो । यो कुनै हालतमा फेरबदल हुन सक्दैन । मानिसको मृत्यु सुनिश्चित छ । लाल मोहर लागेको छ । अबस्यै सबैको मृत्यु हुन्छ । तर कसरि कहा किन, के कारण आदि इत्यादि भन्ने मात्रै हुन । हरेक मनुष्यले आफुले प्रारब्धमा ल्याएको आयु बाच्दछ, दुख सुख रोग ब्यादी नभोगेर सुखै पाउदैन ति फल भोग्दछ र पुनर्जन्मका लागि पनि उसले केहि नाफा घाटाका कर्महरु उसले गर्न पुग्दछ । उसका आसक्ति इच्छाहरु हुदा हुदै उसको मरण हुन् पुग्दछ । यहि आसक्ति इच्छा, बदलाका भावसहित मृत्यु हुन् गएको मनुस्यले उसको सत्कर्म वा दुष्कर्मको फल भोग्नको लाइ नै जन्मनु पर्दछ । ज्ञानिहरु मृत्युलाई पुराना कपडा उतारेको भनेर मान्दछन । पुनरजन्म र पुनर मरण अर्थात जन्म मरनको यस चक्रबाट मुक्ति पाइदैन ।
यथार्थ जिबनमा समाजबाद दिवा स्वप्न हो रहेछ । यी कुरा केहि राजनीति कर्मीले मनुस्यलाई झुक्याउने कुरा मात्रै रहेछ । तर मृत्यु भन्ने कुरामा धनि गरिब राजा रन्क सबै बराबर छन् । यहा परमात्माले socialism अर्थात समाजबाद कायम गरेका छन । जब मान्छेको मृत्यु हुन् पुग्दछ सबै ति मान्छेहरुलाइ लाशको संज्ञा दिइन्छ । मरेको मान्छेलाइ मन्त्रीजी, सभापतिजी, माननीयजी, करोडपति जी र गरिबजी पनि भनिदैन । सबै dead body लाश हुन, हामि सबैको अन्तिम गन्तब्य मृत्यु हो । हामीसंग जे जति भौतिक सम्पति छन चाहे धेरैलाई ठगेर जमा गरेका छौ वा कसैलाई रुवाएर जमा गरेका अथाह भौतिक सम्पत्ती छोडेर नै जाने हो । असल कर्मले जमा रहन गएको सम्पतीले त सत कर्म र पात्रमा खर्च हुने सक्ने संभावना हुन्छ नै, तर कुकर्मले एकठ्ठा गरेको सम्पत्तिले सन्तत्तिको मति भ्रष्ट गर्नुको साथै तेस्ता सम्पत्तिको नाश भएको देख्न पाउदछौ । सबै मनुष्यले हरेक पलमा मृत्युको सामना गर्नु नै पर्दछ । बिभिन्न बहाना बनाएर मृत्युबरण गर्नु नै पर्दछ यो सबैको अनिबार्यता हो । यसलाई हामि कसैले टारेर टार्न सक्दैनौ । विज्ञानले सरिरका अंगलाइ मर्मत र अंग प्रत्यारोपण त गर्न सक्यो तर प्राण र आत्मा भर्न सकेन । मान्छेलाई अमर बनाउन पनि सकेन । त्यसैले संसारका हरेक प्राणीहरु, पदार्थहरु, र ग्रहहरुको पनि नाश अबस्यम्भावी छ भनेर बिज्ञानले समेत स्विकारेको छ । त्यसैले बैज्ञानिकहरु पृथ्वीको पनि एक दिन नास हुने छ भनि अरु ग्रह गोचरमा मान्छेलाई अवतरण गराएर मानव लाइ ब्रम्हाण्डमा स्थापित गराउन तल्लिन छन ।
मानिसको जिबनमा जन्मदेखि मरण सम्मका मांगलिक सस्कारहरु हुन्छन । जन्मसंगै छैटी, नामाकरण, ब्रतबन्ध, बैबाहिकबन्धन यी सबैलाई मांगलिक शुभ कर्म भनिन्छ । आफ्नो पुरा आयु बाचेर पनि मान्छेलाई केहि दिन अरु बाच्ने लालसा लागिरहन्छ । आफ्नो जिर्ण सरिर भएर पनि आफ्नो पद प्रतिष्ठामा रही रहने, सम्पत्ति आर्जनको लालच गरिरहेर मरणलाइ दुखि बनाइरहेको छौ र देखेका छौ । मृत्यु देखि भयभित भएको अनुभव हामि सबैमा छ । हामीले अबसम्म प्राप्त गरेको आनन्दले नपुगेर, अरु केहि दिनको सुख खोज्छौ । यसले हामीलाई अरु दुखि बनाउन पुग्दछ । असक्त सरिर हाडछालामा पनि बाच्ने लोभले नछोडेको आभास हुन्छ मान्छेमा । यसरी आफ्नो जिबन पर्यन्त बाचेर पनि अरु बाच्ने इच्छा राख्ने प्रवृतिले मनुष्यको आत्मा पनि दुखि बनाउछ । तसर्थ आफुले गरेका कर्म कर्मबन्धन भित्र नरुमिल्लिएर मृत्युलाई मांगलिक बनाउनु नै जिबन सार्थक हुने छ । कल्पना गरौ यदि मनुस्यको मृत्यु नहुने हो भने यो संसार नै कति बिभत्स हुने थियो ? यो संसार नै कुरुप हुने थियो । त्यसैले आफ्नो मुढ भौतिक सरिर राखी राख्ने सोच्नु भन्दा पनि आफ्ना सत्कर्म जीवित रहने कर्म गरेर मृत्युलाई मांगलिक गराउन सकिन्छ ।
आत्मा मर्दैन तर स्थुल सरिर नाशवान छ । भन्ने दृष्टान्त भागवत गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ |
नैनं छिन्दन्ति शास्त्रानी नैनं दहती पावक : । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२३॥
भागवतगीता अध्याय २ श्लोक २३
अर्थ: आत्मालाई कुनै शास्त्रले काटन सक्दैन,त्यसरी नै अग्निले जलाउन सक्दैन | यसलाई पानीले भिजाउन, बगाउन, डुवाउन न त हावाले सुकाउन नै सक्छ |
आत्मा मर्दैन, स्थुल सरिर नासवान छ । त्यसैले आत्माको यात्रा जन्म र मरणको निरन्तरता भैरहेको छ भन्ने हाम्रा शास्त्रले भनेका छन् । मान्छे मरेपछि पुनर्जन्म अथवा नया जन्म हुन्छ कि हुदैन, बिज्ञान ले पुष्टि नगरे पनि अध्यात्ममा यसको चर्चा छ | हिन्दु, जैन र बौध्द धर्ममा पुनरजन्म एक बास्तबिक सत्य मानिएको छ | आत्माको निरन्तरतालाई पुनर्जन्म भनिएको छ | आत्मा मर्दैन तर आत्माले ग्रहण गरेको भौतिक शरीर मर्दछ र पुन कर्म अनुसारले जन्म लिन्छ भन्ने कुरालाई पुष्टि गरेको छ | हरेक प्राणि मर्न देखि डराउछ | खतरा देखि साबधान हुन्छ, प्राणीमा मृत्युको गुप्तज्ञान उसको सुक्ष्मबुध्दिमा लुकेको हुन्छ | उ हरेक पटक सरिरलाई छोडदाको कष्ट भोगेको हुन्छ | त्यसैले मृत्युबाट बच्न प्रेरणा दिएको हुन्छ | किनभने उसलाई आत्माको निरन्तरताले उसको शुक्ष्म बुध्दी रहेको प्रभावको कारणले मृत्युको भय भएको हो भन्न सकिन्छ | मानिस अल्पज्ञ भएकोले उसको पुंनरजन्मको स्मरण भने रहन सक्दैन | अर्थ: आत्मालाई कुनै शस्त्रले काटन सक्दैन,त्यसरी नै अग्निले जलाउन सक्दैन | यसलाई पानीले भिजाउन, बगाउन, डुवाउन न त हावाले सुकाउन नै सक्छ |
गीतामा आत्माको बारेमा यसरि व्याख्या गरिएको छ | आत्मा कहिल्यै मर्दैन , अविनासिनी, नित्य, अजन्मा, अब्यय, अपरिबर्तनीय छ | त्यसैले आत्मा मर्दैन र न त जन्मंछ नै | हामीले मरेको भन्ने मान्नलाइ हाम्रो शरीरबाट जीवात्माले शरीर छोडेर जानुलाई नै भनिएको छ | मान्छे आफ्नो प्रारब्धमा रहेको आयु बाचेर स्थुल शरिरको मृत्यु भै अदृश्य जीवात्मामा परिणत हुन्छ | उक्त जीवात्मले पुन अर्को शरीर गरण गर्दाको अबस्थामा पुनर्जन्म भएको मानिन्छ अथवा जन्म भएको मानिन्छ | त्यसैले हामि भित्र भएको जीवात्मा न त जन्मेको हो न त मरेकै हो |
भगवत्गीताको १३ अध्यायको श्लोक १ मा हाम्रो शरीरलाइ भगवान श्रीकृष्णले क्षेत्र भन्नु भएको छ | अर्थात यसको सामान्य अर्थ खेत हो जमिन हो, जहा बिज छर्ने र रोप्ने गरिन्छ| सरिरलाई क्षेत्र रुपमा लिइएको छ यसमा आफुले गरेको कर्मको बिउ रोपिन्छ कर्मरुपको उत्पति स्थान नै क्षेत्र हो अर्थात शरीर हो | यहि क्षेत्रको बारेमा जानकार ब्यक्तिनै क्षेत्रग्य हो क्षेत्रको तत्वज्ञान जान्ने पुरुषलाई नै बिध्दान भनिन्छ |
मनुष्य शरीरको निर्माण ३ किसिमको तत्व सरिरबाट पूर्ण बनेको हुन्छ | यसैलाई भगवान श्रीकृष्णले क्षेत्र भन्नु भएको हो | ती सरिरलाइ यसरि व्याख्या गरिईको छ |स्वामी आत्मानन्द गिरीले आफ्नो प्रवचनमा यसलाई सबिस्तारमा व्याख्या गर्नु भएको छ |
(१) स्थुल रुप शरीरको निर्माण पाँच महाभुतले बनेको हुन्छ यसलाई पंचिकृत भनिन्छ | यी पांच तत्व आकाश , वायु, तेज ,जल र पृथ्वी हो | यो पृथ्वी प्रधान हो |
(२) सुक्ष्म सरिर को निर्माण पनि शुक्ष्म पन्च महाभुतले नै बनेको हुन्छ | जुन आकाशतनमात्रा,वायुतनमात्रा,तेजतनमात्रा, रसद्तन मात्रा, गन्धतनमात्रा हो | हाम्रो सरिरमा ५ ग्यानेद्रिय, ५ कर्मेंन्द्रिय, ५ प्राण र ४ अन्तस्करण गरेर १९ प्रकारका सुक्ष्म सरिरसहित समाहित भएको हुन्छ |
५ ग्यानेंद्रिय:- स्वाद(रसना), दृष्टि, घ्राण(सुघ्ने), श्रव्य,त्वचा(स्पर्स चेतना)
५ कर्मेन्द्रिया:- हात, खुट्टा, बाणी(बोलि), जनिन्द्रिय, गुदा हुन् |
५ प्राण : शरीरमा ५ किसिमका प्राण हुन्छन, यी प्राणहरु सरिरको निम्न स्थानमा बसेका हुन्छन | मूल प्राण हृदय स्थानमा बस्दछ | अपान प्राण गुदामा हुन्छ, समान प्राण नाइटोमा हुन्छ, वियान (ब्यान) प्राण सरिरभरि छरिएको हुन्छ | उदान प्राण कण्ठमा समाहित भएर बसेको हुन्छ |
४ अन्तस्करण :मन, बुध्दी चित्त, अहंकार जसमा मन संकल्प र विकल्प मा हुने गर्दछन, बुध्दिले निश्चयात्मक कार्य गर्दछ ,चित्त चाहि संस्कारा त्मक हुने गर्दछ | अहंकारले इगो अभिनिभेशात्मक गर्ने गर्दछ |
(३) कारण सरिर : मूलत अज्ञान हो | क्षेत्रको बारेमा ज्ञान भएको व्यक्तिमा कारण सरिर हुदैन |
मानिसले आफुले प्रारब्धमा पाएको आयु भोग्न पाउछ | त्यो समाप्त भएपछी शुक्ष्म सरिर र कारण सरिरले स्थुल सरिरलाई छोडेर जानै पर्ने हुन्छ | रोग, दुर्घटना, हत्या, आत्महत्या चाहे जुन सुकै बहानामा होस् |अबस्य स्थुल सरिरलाई छोडन पर्ने हुन्छ | सबभन्दा पहिले कमेंद्रीय , ग्यानेंद्रिया अन्तस्करण हुदै ५ प्राणलाइ मुल प्राणमा समाहित गरेर सरिरका नौ व्दार मध्ये सुलभ व्दारबाट प्राण वायुले स्थुल सरिर छोडेर जान्छ | तत्पश्चात स्थुल सरिरको मृत्यु हुन्छ |
यो स्थुल सरिर पाँच महाभुतमा समाहित हुन्छ | आ-आफ्नो स्थानमा बिलिन हुन् पुग्दछ |
अब हाम्रो शुक्ष्म सरिर र कारण सरिर मात्रै अदृश्य रुपमा आकाशमार्गमा रहन्छ |
यहि सरिरलाई आतिवाहिक सरिर भनिन्छ | यो सरिर वायु प्रधान सरिर हो | त्यसैले सबैले यसलाई देख्न सक्दैनन् | केहि व्यक्तिले महसुस भने गर्न सक्दछन | तर आतिवायिक सरिरले सबैलाई देख्न सुन्न सक्दछ, तर यो आतिवायिक सरिरले भनेको कुरा सबैले सुन्न सक्दैनन् | यहि आतिवायिक सरिर आफ्नो ज्ञान र कर्मको फल अनुसारले अर्को जन्मको क्रममा लालायित हुन् पुग्दछ आफ्नो क्षमता ज्ञान र जागरण मुताविकको जुनीमा फर्कन प्रयास गर्दछ र उसले पुनर्जन्म लिन पुग्दछ | इक्ष्या र आकांक्षा हुदा हुदै प्राण गयो भने मान्छेको मृत्यु हुन्छ । लोभ मोह, इक्ष्या, आकांक्षा आसक्त नराखेको व्यक्तिको प्राण गयो भने उक्त व्यक्तिको मुक्ति हुन्छ ।
१०/१८/२०१७
न्यु योर्क


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273