फुल फुलिरन्छन सिउडिको काँडामा पनी

प्रतिभा जन्मिरन्छन पहाडको डांडामा पनी

 

बुध्दु भएर बहादुर भएको हो भन्ने जवाफमा

प्रतिभा लेखाकाछन गिनिजका पानामा पनी

 

इमान्दार नेता नपाएर मात्र हो यहा के छैन र

जनताले परिबर्तन दे  थे यिनैका हातमा पनी

 

विकास गर्न  मेनपावर चाहिन्छ भन्छन बेत्ताहरु

मेनलाइ बेचेर पावर आफै लिन्छन साथमा पनी

 

उद्योग बेचेर, ब्यापार उन्को चलाउने देशैभरि

कंहा भा थ्यो  बिकाश र सम्बृध्दि नारामा पनी  

 

जनतासंग भोट माग्छन र कुरा अर्कैको मान्छन

राष्ट्रबादी बनेकाछन तिनी उन्को इ शारामा पनी

 

Leave a Reply