हिजो अस्ति भनेका कुरा आज आएर  लाग्छ

भन्छन एउटा गर्छन् अर्कै आज आएर लाग्छ

 

कसम खाएर हात उठाई उनले भनेका थिए

सत्य होला कि भन्थे झुठो आज आएर लाग्छ

 

सम्बृध्दी सुख सन्तोष बेलाको आगमन भन्थे

झुठो रैछ सबै तिन्का कुरा आज आएर लाग्छ

 

न्याय खोजीमा निर्मलाहरुको आत्मा रोएको छ

साचो रहेछ नामर्द सरकार आज आएर लाग्छ

 

हिँसा बलात्कार, भ्रष्टाचार हुन्छ सबै सरकारमा

जनता कै भने नि उस्तै रैछ आज आएर लाग्छ

 

Leave a Reply