विदेश  भन्दैमा कहा रुखमा पैसा पाइन्छ र

नेपालमा गरे झैँ फट्याई याँ कहा पाइञ्छ र

 

झण्डा बोकी उद्योगधन्दा बन्द गराई हिडियो

देशमा जस्तो हडताल गर्न याँ कहा पाइञ्छ र

 

मन्त्रि भए उनीहरु तलब खान्छन रे ढुकुटीबाट  

झोले भै हिडियो उनको, सुख कहा पाइञ्छ र

 

सम्ब्रिध्दिको नारा दिई कडकिएका छन उनि

घुस नदिई काम हुन्न न्याय कहा पाइञ्छ र

 

अपराधिलाइ लुकाउन पुलिसका राइफल

तस्करलाई छुन हुन्न न्याय कहा पाइञ्छ र

 

सेन्डीकेटलाई मास्न हुन्न, तस्करलाइ छुन

ल भन्नुस अब यो देशमा सम्ब्रिधि पाइञ्छ र

 

कुराले हुने भए  रेल र पानीजहाजमा  सरर

झोले भै हिडियो उनको, सुख कहा पाइञ्छ र

Leave a Reply