तिमि खास छौ र त मैले प्रेम गर्छु तिमीलाई

हजारौमा प्रियतम लाग्छ प्रेम गर्छु तिमीलाई

 

रुप मात्रै होइन  प्रिय मन सुन्दर चाहिन्छ नी  

मनका सुन्दर भावहरुमा प्रेम गर्छु तिमीलाई

 

रुप भन्दा मनमा खोज्छु सुन्दरता तिमीसंग

त्यै भएर सधै सधै  मैले प्रेम गर्छु तिमीलाई

 

बोली अनी हेराइमा अपनत्व के थियो कुन्नी

खोजिरहेछु ती पल मैले प्रेम गर्छु तिमीलाई

 

तिम्रै खातिर बाचिरहेछु जिन्दगी ऐले सम्म

बाचेन्जेल सदा सदा मैले प्रेम गर्छु तिमीलाई

 

Leave a Reply