अध्याय १६ श्लोक १ देखि ५ सम्म
भगवानुवाच
अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थित : ।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम् ।।१॥
अहिंसा सत्यमक्रोधस्त्याग: शान्तिरपैसुनम् ।
दया भुतेष्वलोलुप्त्वं मार्दवं ह्रिरचापलम् ।।२॥
तेज: क्षमा धृति: शौच मद्रोहोनातिमानिता ।
भवन्ति सम्पदं दैविमभिजातस्य भारत ।।३॥
दम्भो दर्पोअभिमान्श्च क्रोध : पारुष्यमेव च ।
अज्ञानं चाभिजातस्य पार्थ संपादमासुरीम् ।।४॥
दैवीसम्पद्विमोक्षाय निबन्धायासुरी मता ।
मा शुच: सम्पदं दैवीमभिजातोअसी पाण्डव ।।५॥
भावार्थ : भगवानले भन्नुहुन्छ, निर्भयता, अन्त:स्करणको निर्मलता,शुध्दता,पवित्रता तत्वज्ञानका लागि निरन्तर लागिरहनु दृढस्थित भैरहनु सात्विक दान दिनु इन्द्रियलाई वशमा राखी, भगवान र गुरुजनहरुको पुजा आजा कर्म गर्नु, वेदादी शास्त्रहरूको स्वाध्यायन तपस्या र सरलता व्यवहार यी सबै दैविसंपद हुन् । प्राणीहरुको हत्या नगर्नु, अरुलाई कष्ट र पिडा नदिनु, सत्य बोल्नु, क्रोध नगर्नु, नरिसाउनु , अभिमान र आसक्तिको त्याग गर्नु, चित्त ब्रितिलाई स्थिर गर्नु, शान्त हुनु, अरुको निन्दा नगर्नु र चुक्लिखोर नहुनु, प्राणी हरुमा दया भाव राख्नु, बिशयाभोगमा नलोभिनु, मृदुस्बभावको कोमल हुनु, चंचल भै व्यर्थ चेष्टा नगर्नु र शास्त्र बिरुध्द आचरणमा लज्जा हुनु- यी सबै दैवी संपाद हुन। तेज, क्षमा, धर्य, पवित्रता कसै प्रती द्रोह शत्रुभाव नभएको,र आफ्नो प्रतिष्ठा र सम्मानप्रति अभिमान नहुनु । ति सबै दैवी गुण लक्षणहरु हुन् र दैवी सम्पत्ति लिएर जन्मेका मनुष्यमा यी लक्षण पाइन्छन ।हे अर्जुन ! धार्मिक पाखण्डी तथा ढोंङ्ग घमण्ड अभिमान क्रोध तथा कठोर रुखो बोलीबचन कठोरिपना र अज्ञान यी सबै दुर्गुणहरु हुन् । यी सब आसुरी सम्पदा लिएर जन्मेका मनुष्यको लक्षण हुन । दैवी सम्पत्ति (सदगुण) मोक्षका लागि उपयोगी हुन्छन भने आसुरी सम्पदा दुर्गुण बन्धनका लागि कारकतत्व मानिएका छन् । त्यसैले हे अर्जुन ! तिमि दैविक सम्पदा लिएर जन्मेका छौ, यिनिहरुकालागी शोक पनि नगर र दुखि पनि नबन ।
अध्याय १६ श्लोक ६ देखि १० सम्म
द्वौ भुतासर्गी लोकेअस्मिन्दैव आसुर एव च ।
दैवो विस्तरश: प्रोक्त आसुरं पार्थ मे शृनु ।।६॥
प्रवृत्तीं च निवृत्तीं च जना न विदुरासुरा : ।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ।।७॥
असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम् ।
अपरस्परसम्भूतं किमन्यत्कामहैतुकम् ।।८॥
एता दृष्टिमवष्टभ्य नष्टात्मानोअल्पबुध्दय: ।
प्रभवन्त्युग्रकर्माण : क्षयाय जगतोअहिता:।।९॥
काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विता : ।
मोहद् गृहित्वासदग्राहान्प्रवर्तन्तेअशुचिव्रता: ।।१०॥
भावार्थ : हे अर्जुन ! यस संसारमा एउटा दैविस्वाभाववाला र अर्काथरी आसुरी प्रकृति भएका दुइ प्रकारका मनुस्य हुन्छन जसमा दैवीप्रकृतिवालाको बारेमा बिस्तृत रुपमा तिमिलाई बताए हे अर्जुन अब आसुरी प्रवृति मनुष्यजन समुदायको बारेमा सुन भनेर भगवान भन्नुहुन्छ । आसुरी प्रकृतिका मानिसहरु कर्तब्य कर्म (प्रवृति) वा अनर्थ कर्म (निबृति), गर्न हुने काम र गर्न नहुने कामको बारेमा न जान्दछन न जानकार हुन् इच्छुक हुन्छन । न त शुध्दता न सदाचार न त् सत्य बचन नै हुन्छ । यिनमा । आसुरी प्रकृति भएका मानिसहरुले भन्दछन कि यो जगत असत्य छ, आश्रयरहित र निराधार र इश्वरहिन छ, यो संसार स्त्री पुरुषको समागमले गर्दा उत्पन्न भएको हो र यो जगतको श्रीष्टि नारि र पुरुषको कामबासनाकै कारणले हो । यो भन्दा अरु कुनै छैन भनेर भन्दछन । यस्तो मिथ्या ज्ञानको अबलम्ब गरेर जसले आफ्नो स्वभाव नष्ट गरेको छ र यिनको बुध्दि भ्रष्ट भै अल्प मन्दबुध्दी भएका उग्रले कठोर भै जगत्कै अहित र अपकार कर्म गर्दछन र दुनियाकै बिनासको लागि उत्पन्न भएका हुन्छन । कहिले पुरा नहुने अपार कामना लिएर भोगासक्त भै घमण्ड, दम्भ, मान र मदले भरिएको अपवित्र भ्रष्ट आचरण भएका व्यक्तिहरु मोह अज्ञानबाट मिथ्या हठ आग्रह लिएर जगतमा विचरण गरिरहेका हुन्छन ।
अध्याय १६ श्लोक ११ देखि १५ सम्म
चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिता :।
कामोपभोगपरमा एतावदिति निश्चिता : ।।११॥
आशापाशशतैर्बध्दा कामक्रोधपरायणा: ।
ईहन्ते कामभोगार्थमन्यायेनार्थसन्चयान् ।।१२॥
इदमद्य माया लाब्धमिमं प्राप्स्ये मनोरथम् ।
इदमस्तीदमपि मे भविष्यति पुनर्धनम् ।।१३।\
असौ मया हत: शत्रुर्हनिष्ये चापरानपि ।
ईश्वरोअहमहं भोगी सिध्दोअहं बलवान्सुखी ।।१४॥
आढ़योअभिजनवानस्मि कोअन्योअस्ति सदृशो मया ।
यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिता ।।१५॥
भावार्थ :अपार चिन्ता नमरुन्जेलसम्म धारण गरेर बिषयबासनाको भोगमा तल्लिन भैरहने व्यक्तिहरु यहि नै सुख हो भनि मान्नेवाला हुन्छन । हजारौ आशा र आकांक्षामा बाधिएर कामक्रोध परायण भै मानिसहरु बिषयभोगको तृप्तिलागि अन्यायपूर्ण धन सम्पत्ति संग्रह गर्नको लागि उद्दत हुन्छन । तिनीहरुले सोच्ने गर्दछन कि आज मैले यो पनि प्राप्त गरे र अब मैले यो चिताएको कुरा पनि पुरा गर्नेछु । मसंग यति धन सम्पति छ र अरु पनि यो धन मेरै हुने छ । त्यो सत्रु मबाट मारियो र अरु सत्रुलाई पनि मैले नै मार्नेवाला छु । म नै इश्वर हुँ, म नै ऐश्वर्य भोगनेवाला हुँ, म सब सिद्धिप्राप्त परिपूर्ण छु, बलवान छु, शक्तिशाली र सुखी छु । म धेरै धनाढ्य छु, ठुलो घरानियाको हुँ ,मेरो बराबर को अरु को छ ? म नै यज्ञ गर्छु, दान दिन्छु, मोजगर्छु र खुशी हुन्छु । भन्नेहरु घोर नरकमा पर्दछन ।
अध्याय १६ श्लोक १६ देखि २० सम्म
अनेकचित्तविभ्रान्ता मोहजालसमावृता : ।
प्रसक्ता: कामभोगेषु पतन्ति नरकेअशुचौ ।।१६॥
आत्मसंभाविता: स्तब्धा धनमानमदान्विता : ।
यजन्ते नामयज्ञैस्ते दम्भेनाविधिपूर्वकम् ।।१७॥
अहङ्कारं बलं दर्पं कामक्रोधं च संश्रिता:।
मामात्मपरदेहेषु प्रद्विषन्तोअभ्यसूयका : ।।१८॥
तानहं द्विषत: क्रुरान्संसारेषु नराधमान् ।
क्षिपाम्यजस्त्रमशुभानासुरीष्वेव योनिषु ।।१९ ।।
आसुरीं योनिमापन्ना मुढा जन्मनि जन्मनि ।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ।।२०॥
भावार्थ : यस प्रकारले विचारका अज्ञानबाट चित्त भ्रमित भएका मोहरुप जालमा फसेका,बिषयभोगमा आसक्तहुनेहरु आसुरी प्रवृतिका मनुष्य घोर नरकमा पर्दछन । आफुले आफैलाई ठुलो ठान्ने, ठाडो स्वाभाव भएको घमण्डी ब्यक्तिहरु धन र मानको मदले मैमत्त भएर पाखंडिपनाले शास्त्रीय विधि नपुर्याई नाम मात्रको यज्ञ गर्दछन । अहंकार, बल, घमण्ड, कामना र वासना क्रोधलाई अंगालेका अर्काको निन्दा गर्ने व्यक्ति आफ्नो र अरुको शरीरमा विराजमान म अन्तर्यामी परमात्मालाइ व्देष गरिरहेका हुन्छन । परमात्माको निन्दा गर्ने ति क्रुरकर्मि, पापाचारि, र नराधमहरुलाई मैले आसुरी योनिमा नै बारम्बार फ्याकिदिन्छु । हे अर्जुन! आसुरी योनिमा जन्मलिन पुगेका मूढ प्राणीहरुले जन्मजन्मान्तर पनि मलाइ अर्थात परमात्मा लाइ पाउन सक्दैनन् । फेरिपनि अरु निच गतिमा पुग्दछन अर्थात घोर नरकमा पुग्दछन ।
अध्याय १६ श्लोक २१ देखि २४ सम्म
त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मन: ।
काम: क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत्।।२१॥
एतैर्विमुक्त: कौन्तय तमोद्वारैस्त्रीभिर्नर :।
आचारत्यात्मन : श्रेयस्ततो याति परां गतिम् ।।२२॥
य: शास्त्रविधिमुत्सृज्य वर्तते कामकारत : ।
न स सिध्दिमवाप्नोति न सुखं न परां गतिम् ।।२३॥
तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।
ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि ।।२४॥
भावार्थ : आत्मालाई नाश गर्नको लागि तिन प्रकारका ढोका छन्, ति हुन् काम क्रोध र लोभ । त्यसैले यी तिन चिजलाई त्याग गर्न पर्दछ । हे अर्जुन ! अन्धकार तर्फ लैजाने नरकका यी तिन द्वारबाट मुक्त भएका मनुष्यले आफ्नो कल्याण हुने आचरण गर्दछन र त्यसैबाट उनीहरु परमगतिलाई प्राप्त गर्दछन । जो व्यक्ति शास्त्रविधि र नियमलाई छाडेर आफ्नो इच्छा अनुसार मनोमानी ढंगले कार्य गर्दछ त्यसले न सिध्दी प्राप्त गर्न गर्दछ , न सुख, न त परम गति नै प्राप्त गर्न सक्दछ । त्यसैले तिम्रा लागि कुन कर्तब्य र कुन अकर्तब्य हो, त्यसको प्रमाण शास्त्र नै हो भन्ने बुझ, र शास्त्रविधिले निर्धारित कर्मलाई नै पालन गर र सो गर्न योग्य छौ ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे दैवासुरसम्पव्दि भागयोगो नाम षोडशोअध्याय:।।१६ ॥