उ आएर मिठो कुरा बोलेर गयो

उ आएर के के कुन्नी लिएर गयो

 

नाता छोरी र बेटी लगाएर भन्थ्यो

सम्बृध्दी  बिकासे कुरा गरेर गयो

 

म तिम्रो साख्खै नाता हो भन्थ्यो

के हो कुन्निमा सहि गराएर गयो

 

मुसुक्क  हासी उ सुटुक्क बोलेर

दिल खोलेको नाटक गरेर गयो

 

हामि भाइभाइ हौ बारबार भन्थ्यो

राम राम भनि छुरा चलाएर गयो

 

उ आएर मिठो कुरा बोलेर गयो

उ आएर के के कुन्नी लिएर गयो

Leave a Reply