बाची रहन कै लाइ मैले मर्ने डर छोडी  दिए

खुशी जीवनका लागी मैले मर्ने डर छोडी दिए

 

माया गर्छु जगतलाई माया छर्छु  संसारमा

प्रेम गर्छु सबैलाई त्यै भएर इर्श्या छोडी दिए

 

धन भएर के गर्नु, न माया छ न मन छ भित्र

लोभले छोडेन कैले र त कमाउन छोडी दिए

 

यहा धनले बनायो बैगुनी कहिँ माया बैगुनी

खुशी राजि बाच्नलाइ ति बैगुनी छोडी दिए

 

बैभवले पुगेन बाचिन्जेल   भरिएन मृगतृष्णा

बैरागी भयो मन त्यै भएर विलास छोडि दिए

 

अरुसंग दाज्ने बानीले बनाएछ मलाइ दुखि

सुखी हुन अचेल मैले प्रतिस्पर्दा छोडी दिए

 

अमुल्य छ यो मानव जिबन बाचौ प्रेम भावले

खुशी खुशी बाच्नलाई मैले मर्ने डर छोडी दिए

 

८/१०/२०१८

 

Leave a Reply