माथि पुगेर आफ्नै धरातल कतिन्जेल भुल्छौ साथी 

बेइमानिको कमाइमा राज कतिन्जेल गर्छौ  साथी 

 

आफु माथि पर्दा सबै कुरा भयो न्यायोचित भन्छौ

तल पर्नेबित्तिकै किच किच कतिन्जेल गर्छौ साथी 

 

त्यहि कुरा आफुले गर्दा ठिक ठाक छ भनिरन्छौ

अरुले सोहि कुरा गर्दा कतिन्जेल रना पर्छौ साथी 

 

गरेको ति पाप नपखालेसम्म कहा मुक्ति पाउछौ

चैन हुनेछैन अपराध साधु कतिन्जेल बन्छौ साथी 

 

समृध्दीको सपनामा यी जनतालाइ  लुटी खायौ

यसै गरि नौटंकी नाटक कतिन्जेल गर्छौ साथी 

 

Leave a Reply