गजल

FacebookTwitterGoogle+Share

छाहरीको खोजीमा उ निक्लिएको थियो

गर्मीको भुङ्ग्रोबाट उ निक्लिएको थियो

 

थुप्रै कुण्ठा मनमा , थिए मनमा राको

गुम्सिइ भित्र भित्रै उ निक्लिएको थियो

 

खुला आकाश भित्र, सितल छहारीको  

खोजीमा सदा झैँ  उ निक्लिएको थियो

 

अन्तर मन भित्रका अन्तर व्दन्दलाइ

समाधानकै लागि उ निक्लिएको थियो

 

तगाराहरु  बाधा थिए बाटाहरु  बन्द थिए,

बाटो खोल्नकै लागि उ निक्लिएको थियो

 

छाहरीको खोजीमा उ निक्लिएको थियो

गर्मीको भुङ्ग्रोबाट उ निक्लिएको थियो

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273