प्रशंसित बन्दै ‘कलेजो फेरेको मान्छे’

आइतवार, चैत्र ७, २०७२
नरेश के.सी, भैरहवा, चैत्र ७ । ‘कलेजो फेरेको मान्छे’ का कृतिकार पुण्डरी अर्यालको भैरहवामा प्रशंसा भएको छ ।सिद्धार्थ साहित्य परिषद्को १८४ औँ नियमित संगम कलेजो फेरेको मान्छे विशेषको रुपमा मनाउँदै वरिष्ठ साहित्यकारहरुले उनको लेखनकला र जीवन जिउने कलाको प्रशंसा गरेका हुन् ।