न्याय खोज्दै न्यायधिश भिक मागीरहेछन देशमा ।
अदालतमा न्यायमूर्ति होइन बुच्चर छन रे देशमा ।।

न्याय माग्न डन या नेता कहा जान पर्छ रे ।
सधै जसो कानुनको रेटेर हलाल गर्दछन रे देशमा ।।

बाच्नलाइ नेताको फोटो राखी, पुजा गर्न पर्छ रे ।
तल लडाएर माथि मिलिभगतमा लुटछन रे देशमा ।।

दिनहु युवा लखटि बिदेशमा, दलालले राज गर्छन रे ।
चोर पुरष्कृत र साधुलाई सुली चढाउछन रे देशमा ।।

टका शेर भाजी टकाशेर भेल इमान लिलाम छ रे
ठग, भष्ट्राचारिको बिगबिगी चलेको छ रे देशमा ।।

Leave a Reply