थुप्रै सपना बोकेर संगसंगै, देश छोडेर आए । सुखको मृगतृष्णा बोकेर , खुशी छोडेर आए ।

के थाहा मलाइ तिमि बिनाको सुख के हुन्छ । दुखि मनको बोझ बोकेर, तिमि छोडेर आए ।।

मनमा सुख नभएपछी खै के गर्छ र धनले । सुख बटुल्ने आशामा प्रियजन छोडेर आए ।।

उन्नति धेरै गर्यो भन्ने होलान साथिभाइहरुले । भने,सोचे जस्तो छैन यहा,सबै छोडेर आए ।।

अब त जुग बिते छ, न बस्न सक्छु न फर्कन । सपना बोकेर संगै, आफ्नो माटो छोडेर आए ! ।।

Leave a Reply