हामि बुध्दु छौ र त बहादुर छौ, भनेका थिए कविले
हामिहरुले अरुकोलागी लड़छौ, भनेका थिए कविले

सयौ बर्ष बितेसकेछ नालापानी, अनि भोटमा लडेको
आफ्नालागि लडेको इतिहास हो, भनेका थिए कविले

आफ्नैलागि लडने भनि जनयुध्दमा होमिएका जनता
भरौटेकै लागि लडेका भए छन , भनेका थिए कविले
हामि बुध्दु छौ र त बहादुर छौ, भनेका थिए कविले

हामी बहादुरी र बल बर्गतको पसल थापेका छौ रे
देशलाइ होइन अरुकै लागी हो, भनेका थिए कविले
हामि बुध्दु छौ र त बहादुर छौ, भनेका थिए कविले

हाम्रै बहादुरीमा सामाज्य बनाएका छन् ठुला देशहरु
रगत चन्द पैसामा साटेका छन, भनेका थिए कविले

हाम्रो बहादुरी बिदेसीहरुको फौजमा छाती नापिरहेछ
बहादुरी पैसाको खोस्टोमा साटछन, भनेका थिए कविले

हाम्रो तातो रगत अरबको तातो बालुवामा पोखिएको छ
एक पेट पाल्न र चुलो बाल्न लागि, भनेका थिए कविले
हामि बुध्दु छौ र त बहादुर छौ, भनेका थिए कविले

नेता क्यारेमको गोटी भएका छन् रे मुली स्टाईगर
स्टाईगर हान्ने मान्छे अर्कै छ रे, भनेका थिए कविले
हामि बुध्दु छौ र त बहादुर छौ, भनेका थिए कविले

Leave a Reply