सुगन्ध पनि हो जिन्दगि
काँडा मात्रै हैन है जिन्दगी फुल पनि हो जिन्दगी
गंदगी मात्रै हैन जिन्दगी सुगन्ध पनि हो जिन्दगी |
आफ्नाले मात्रै आहा राम्रो मान्छे भने त के भने
पराइ मान्छेहरु सबैले मन पारे पो त जिन्दगी |
मरेर माटोमा मिल्ने शरीर भन्दैमा निरास किन
छाती तानेर शिर उचो भएर बाच्नु पो जिन्दगी |
कालले लैजान्छु भन्दैमा किन लाग्ने त्यसको पछी
कालसंग लडेरै पछारि बाच्न सके पो जिन्दगी |
कठिन हुन्छ हो लाछी र हुतिहारा भएरै बाच्नलाइ
जानेरै यी कुरा कसले पो भन्छ हारेको जिन्दगी |
काँडा मात्रै हैन है जिन्दगी फुल पनि हो जिन्दगी
गंदगी मात्रै हैन जिन्दगी सुगन्ध पनि हो जिन्दगी |
१०/२८/२०१६