देशघाती अपराधीलाइ ठेडको लगाए हुन्थ्यो |
भोट माग्न आउदा तिनलाई गलहत्याए हुन्थ्यो |

चुनावमा पैसा बाड्दै हिन्दा तिनीलाई समातेर
झेको झारी जनतामाझ मोसोदली नग्याए हुन्थ्यो |

देश बिग्रियो भन्दै हिड्नु भन्दा राम्ररी चिनेर
जनताको भलो गर्ने प्रतिनिधि ल्याई दिए हुन्थ्यो |

जनताले चिल्लो चाप्लो कुरा र पैसामा नबिकी
इमान्दार र कर्मठ राष्ट्रबादी नेता चुने हुन्थ्यो |

राजनीति गर्दै भ्रष्टाचार गरि कमाएको धन
सर्वस्व गरि जनताले कार्वाही गरि दिए हुन्थ्यो |

देशघाती अपराधीलाइ ठेडको लगाए हुन्थ्यो
भोट माग्न आउदा तिनलाई गल हत्याए हुन्थ्यो |

१०/२८/२०१६

Leave a Reply