जीन्दगी खहरे नभै नदि भै दिए हुन्थ्यो
जिन्दगी टेडो नभै सोझो भै दिए हुन्थ्यो

कठोर बांगा टिंगा उकालो उरालो हुदा
जीन्दगीका मोड सजिलो भै दिए हुन्थ्यो

दिनहरुले झेल्ली गरिरहदा मनले भन्छ
जीन्दगी मेरो यहा सरल भैदिए हुन्थ्यो

अफ्ठारो पारीदिने परिस्थितिहरु लाइ
अब जिन्दगिले सजिलो पारी दिए हुन्थ्यो

कतिसम्म कष्ट भुक्तान भोगिरहने हो र
अब जिन्दगिले सहज पारी दिए हुन्थ्यो

९/२२/२०१६

Leave a Reply