रमेश गाउको हाइस्कुल पास गरेपछि कलेजको पढाइ कै लागि काठमाण्ठु हानिएको थियो |उ सानै छदादेखि काठमांडू पढने धोको थियो | पढनमा पनि चतुर थियो | काठमांडूको त्रिचंद्र कलेजमा उसले भर्ना पाउछ पनि, एउटा गाउमा हुर्के बढेको मान्छे शहर बजारको तौर तरिकाबाट उ अनविज्ञ नै थियो |उसका आफन्ती मान्छेहरु त थिए उनीहरु केहि महिना आफुले राखेर उसलाई डिल्लीबजारमा कलेजका साथि संग बस्न बन्दोबस्त मिलाई दिएका थिए |आफन्त पर्ने काकाले सहयोग नगरेर कोठाको बन्दोबस्त गरेका हुन् भन्ने लागिरहन्थ्यो | घरबाट पैसा पठाए पनि सित्तै खाएजस्तो गरेका हुन्थे तर पछी भने उसलाई पनि ठिकै लाग्यो |उसलाई कहिले काही झोक पनि चल्थ्यो | मैले पैसा तिरेरै खाएको छु भनेर तर उसले कहिले पनि मुख फोरेर भनेन | सायद आफन्तका छोरा छोरीलाई मन परेको थिएन होला ! तर आफन्त पर्ने काकाको लागि भने घरखर्चमा सहुलियत भएको होला उनले पनि माया नै गर्थे | उ स्वतन्त्र भएर बस्न पाएर एक किसिमको शुखानिभुत गर्न पाएको थियो | कलेजको दोश्रो बर्षमा प्रवेश गरे लगतै रमेश बिधार्थी राजनीतिमा अग्रसर हुन् थालेको थियो | युनियनको चुनाबमा नजिक आइरहेको थियो | उ हेर्दा राम्रो सरिर पनि मिलेको हेन्डसम थियो | अर्को उ इमान्दार र पढने खाले केटो थियो | कलेजका केटीहरुको पनि आकर्षक बनेको थियो | आखिरकार उसलाई साथीहरुलाई युनियनमा उठाएरै छोडे | लैला पहिलो बर्षमा भर्खर कलेज भर्ना भएर आइकी थिइ | मन मनै लैलालाइ उसको आकर्षण व्यक्तित्वले तानेको रहेछ | लैला हरतरहले रमेशको नजिक हुन् चाहन्थी | रमेश सिनियर भएकोले त्यति नजिक हुन् सजिलो थिएन, एकै क्लास भएको भए जति सजिलो हुने थियो त्यति नभए पनि बिधार्थी चुनाब भएकोले लैलालाइ नजिक हुन् सजिलो भएको थियो | अब त उसको प्रचारमा समेत भरपुर लागेकी थिइ | यसरी रमेश र लैलाको घनिष्ठता बढ्दै जान थाल्यो | सजोगले लैलाको घर पनि दिल्ली बजारमा मै थियो | कलेज जाने आउने समेत संगै हुन् थाल्यो उनीहरुको, लैलाका आमा बाउ काठमांडूका पुराना मान्छे थिए | लैलाका एक दाजु थिए उनको नाम गोकर्ण थियो | एक छोरा एक छोरी लैलाको घरपरिवार शुखी परिवारमा गनिन्थ्यो | बाबुको मन्त्रालयमा अधिकृतको जागिर थियो |
बिस्तारै रमेश उनको परिवारमा समेत घुलमिल हुन थालेको थियो | लैलाका बाबु अचानक बिरामी परे, उनलाई कलोन क्यान्सर भएको रहेछ | कलोन क्यान्सरको उपचार तेसै पनि महँगो उपचार हो | मन्त्रालयबाट भुतपुर्ब नेता र बहाल वाला नेतालाइ लाखौ करोडौ रकम निकासा आफ्नै हातले गरेका थिए | मुख्य सचिबले उनको उपचार खर्चको लागि पनि प्रधानमन्त्रिसंग भन सुन गरेका थिए | तर त्यो त नेता लाइ रहेछ उनलाई त्यो सहुलियत दिएनन | उनि विदेश उपचार गर्न जाने त् कुरै भएन देशमा भएको सुविधा समेत पाउन पनि धेरै रकम लाग्दथ्यो | बिस्तारै बाबु अफिस जान नसक्ने भए | उंनको आर्थिक स्थिति पनि कम्जोर हुदै गयो | उपचारमा उंनको सम्पुर्ण संचयकोषको पनि रकम शिध्दियो | लैलाको बिबाहको लागि राखेको जगेडा पैसा पनि उपचारमा सिध्दी सकेको थियो | रमेस यी सबै अवस्थालाई मुक दर्शक भै हेरिरहेको थियो | यो सब अबस्थालाई देखेर लैलाले आफै रमेसलाइ बिबाहको प्रस्ताब राखिकी थिइन् | उनले रमेशलाई भनिन हेर रमेश हाम्रो घरको अबस्था धेरै नाजुक भैसकेको छ | बुबाले मलाइ हेरेर रोइरहनु भएको छ | सायद अब बुबा धेरै बाच्नु हुन्न होला | यो कुरा सुनेर रमेश पनि भाबुक भयो | उसले लैलालाइ साचो प्रेम गर्दथ्यो | तर पनि रमेशले एक पटक घरमा आमा बाबुलाई सोध्न चाहन्थ्यो | तर लैलालाइ त्यो समय थिएन | उसले महसुस गर्यो कि क्यान्सरबाट पिडित भएर मृत्युको नजिक पुगेको बाबुको लागि छोरीको बिबाह बन्धनमा बाधिएको देख्न पाउनु पनि सन्तोषको कुरा थियो | सायद बाबुको रज्जा गज्ज भएको बेलामा रमेशले लैलाको हात मागेको भए उसले लैलालाई सायद पाउने पनि थिएन होला ! तर समय अर्कै भैसकेको थियो | लैलाको दाजु गोकर्नाले पनि उनीहरुको विवाहलाई सहज बनाइ दिएको थियो | एक सरो लुगामा मन्दिरमा गइ बिबाहको गर्ने
कार्यक्रम भयो र बिबाह सम्पन्न भयो | रमेश साथीहरु संगै बसेको थियो उसले रमेशले ग्राजुएट सिध्दाएको पनि थिएन | लैला आफ्नै बाबु आमाकोमा बस्दै आफ्नो पढाइ गरिराखिन रमेश पनि नजिक डेरा लिई उनीहरुलाई सरसहयोग गरि ग्राजुएट सिध्दाए | रमेशले बैकमा जागिर पायो | यता लैलाको बुबा पनि बित्नु भयो | आमालाइ ठुलो शोक पर्यो | गोकर्णको बिबाह भयो | आमा दाइ भाउजु घरमा बस्न थाले | रमेशको काम पाटनमा थियो | रमेश पनि छुट्टीको दिन पारेर ससुराल जाने गर्दछ | आफ्नो जेठान संग पनि सुमधुर सम्बन्ध छ |कहिले काही गोकर्ण पनि बैनी ज्वाईको जाने आउने गरिरहन्थे | समय गुज्रिदै गयो | गोकर्णको पनि छोरा छोरी भए | रमेशका २ सन्तान भए | लैलाले स्कुलमा पढाउथिन | एउटा राम्रो घर भाडामा लिई एउटा ब्यबस्थित जिन्दगि बिताइरहेका थिए | लैलाकि आमा एक्लो छोरा गोकर्णसंग खुस थिइन् | अझ नाति नातिना भए पछी त उनलाई दिन बिताउन पनि सजिलो भएको थियो | एक दिन रमेशलाई सपरिवार फेमिली पार्टी गर्ने भनि गोकर्नले बोलाए | दुवै परिबार साँझको घरायसी भोजमा सरिक भए, त्यहि भोजमा गोकर्नले रमेश, लैला र आमालाइ स्तब्द बनाइ दिने कुरा सुनाए | गोकर्णले परिबार सहित अमेरिका जाने कुरा सुनाए पछी रमेश, लैला र आमा अवाक बने | गोकर्नले आफ्नी बैनी र ज्वाईलाई आमालाई राखेर हेरिदिने प्रस्ताब राखे | गोकर्णले दिल्ली बजारमा भएको बुढोघर बिक्रि गरेर अमेरिका सेटल हुने कुरा बताए | रमेशलाई अचानक गोकर्णले राखेको प्रस्ताबले चिन्तित बनायो | आफु दुइजनाले जागिर गरेर छोरा छोरीलाइ पढाउन सकेका थिए | त्यसमा सासुमालाइ घरमा राख्न परेपछि हरेक कुरा अफ्ठ्यारो पर्ने कुरा उनले महसुस गरिसकेका थिए | गोकर्णले आउने हप्तामा अमेरिका जाने कुरा गर्यो | त्यसपछि दुइ दिनपछि उसले बैनी लैलाकोमा आमा र उनको बिस्तारा बेडिंग कसेर पुर्याउन गयो |
घरका नाति नातिनीसंग हजुर आमाको कत्रो ममता थियो कस्तो प्यार थियो | उनलाई छोरा संग भन्दा पनि नाति नातिनाको मायाले गर्दा उनि अन्त्यन्त दुखि थिइन् | अर्को कुरा उनको पुर्खेली घर छोराले बेचेर उनलाई घर बिहिन बनाउने छोरा देखि कम्ता रिस उठीराखेको थियो | उनले आफ्नो श्रीमान्संग त्यो घर सम्भार गर्न कति दुख गरिकी थिइन् | त्यहि छोरालाई राम्रो स्कुल पढाउन खाइ नखाई गरि स्कुलको र कलेजको फिस भरिकी थिइन् | पतिको उपचारमा माइतीबाट ल्याएको धन सम्पत्तिपनि सबै रित्तिसकेको थियो | उनले पतिवियोगलाइ पनि छोराको मुख हेरेर सहेकी थिइन | उनले छोराले यति ठुलो निर्णय गर्दा पनि एक आखर सोधेन सोच्दा सोच्दै उनको टाउको भाउन्न भयो | भित्र भित्र गुम्सित भैइन | छोरिकहा आइसकेपछि यहि पिरले उनको मानसिक स्थितिमा बहुत ठुलो शक् पर्यो | उनि रात भर जाग्न थालिन | घरि घरि बडबडाउथिन | छोरीलाई उनले केहि दिन पाईकी पनि थिइनन् | उनको हातमा भएको सबै छोरा चोरीको पढाइ र पतिको उपचारमा खर्चिएर रित्तो भैसकिकी यहि कुराले उनलाई पिरोली रहन्थ्यो | उनलाई मानसिक शक् भएर उनि धेरै बिरामी भईन | उनको उपचारमा धेरै खर्च गर्न पर्ने भयो | उनि जतिखेर पनि गोकर्ण भनेर चिच्याउने, खुस्बु,छोटु भन्दै रुने गर्दथिन |आमालाइ लाग्ने सबै खर्च पठाइदिने छु , उसले बैनी ज्वाईलाइ भनेको थियो |
महिनौ बिते गोकर्ण गए देखि उसले न त फोन गर्यो न त नै चिठ्ठी पठायो | यता रमेश परेशान भैरहेको थियो | सासुमा थपिएपछि घरको बातावरण नै फेरिएको थियो | अब छोरा छोरीको कोठामा आमाको बिस्तारा लगाइएको थियो | घरमा एक जना थपिएपछी घरको माहौल फेरिएको थियो | बिहानको नास्ता लैलाले सबभन्दा पहिले आमालाई बिस्तारैमा लगेर ख्वाथिन, त्यसपछि आफ्ना छोरा छोरीलाई अनि बल्ल रमेशको पालो आउथ्यो | पहिले रमेशका कपडाहरुलाई धुएर आइरन गरि आफ्नो ठाउमा राखिखी हुन्थिन | बिहान उठी नुहाई धुवाईगरि डाइनिंग टेबुलमा छोराछोरीसँग नास्ता खाइ रहेका हुन्थे तर अब हुन् छाड्यो | लिला पनि धेरै व्यस्त बनिकी छिन | उनि स्कुलमा पढाउन पनि समयमा जानु पर्थ्यो | घरमा बच्चाको टिफिन देखि लिएर होमवर्क समेतमा उनको हात हुन्थ्यो | वास्तबमा लैला सार्है कामकाजी र मायालु श्रीमती हुन् | उनलाई मैले पाउनु मेरो भाग्य नै हो भन्दा पनि हुन्छ यस्तै सोच्दथ्यो रमेशले |
लैला काठमांडूमा बढे हुर्केकी यति सार्है ब्यबहारिक हुन् सक्छिन भनेर मै सोचेको पनि थिइन | हाम्रो घर स्वर्गसरि भएको मैले महसुस गरेको थिए | उनी गाउमा गएर पनि आमा बाको मन जित्न सफल भैकी थिइन् | उनको सुन्दरता देखेर म उनिसंग आकर्षित भएको थिए | तर आज जेठानको यो निर्णयले आफ्नो घरमा भुइचालो आए जस्तो लाग्थ्यो | रमेश लैलासंग चीडीन थालेका थिए | उनि ओफिसबाट आउदा लैला कहिले आमालाई डाक्टरकहा लागेकी हुन्थिन | कहिले आमा घर बाहिर निस्किएकी भनेर खोज्न जान्थिन | सासुमाको बिस्तारै सुध्दी हराउन थालेको थियो | उनि छोरो आयो भनि घरबाट बाहिरिन थालिकी थिइन् | कयौ पटक छोपेर ल्याएका थिए | एकदिनको कुरा हो आमालाइ लिएर हस्पिटल जादा जादै कारबाट सासुमाले गोकर्ण, बुहारी र नाति नातिनीलाई देखिछिन | चिच्याउदै गाडी रोकाएर सडकमा दौडिन पुगिन | उनलाइ रमेश र लैलाले समातेर फेरी गाडीमा चढाए | उनीहरुले यताउति खोज्दा पनि गोकरणलाई देखेनन् | उनीहरुले आमालाइ भ्रम भए होला भन्ने सोचे | आमाले भन्दै हुनुहुन्थ्यो, एकदम साचो हो मैले देखेकै हो | कुनै सपना होइन, उ यहि काठमांडूमा छ, उसले मलाइ घाडो बनाएर छोरीकोमा ल्याएर आफु उम्किन खोजेको हो | मलाइ पुरा बिश्बास छ | उसले मेरो नामको घर बेचेर शहरको पर गइ आफ्नोघर बनाएर आआफ्नो परिवारसंग बसे होला ! उ अमेरिका गएको भए त उसले फोन गर्थ्यो होला | पैसा पनि पठाउथ्यो होला | सासुमाले त्यो दिनदेखि आफुलाई अन्त्यन्तै दुखि बनाइ रात दिन रोयर बिताउनु भएको थियो | लैलाले छोरा छोरीलाई समय दिन सकिकी छैनन् | उनीहरुको होमवर्क, स्कुल टाइम ड्रेस अस्तव्यस्त भैरहेको छ |
सासुमालाइ गोकर्णले आफ्नो घरमा ल्याए पछी लैला र रमेशको कयौ दिन बोलचाल पनि हुदैनथ्यो | रमेशको परिवारमा सासुको आगमनसंगे कलहको बिउ भैरहेको थियो | तर लैलाले आमालाई गरेको सुसार देखेर एउटी आमाले छोरीलाई गरेको स्याहार जस्तो गरिरहिकी छिन | आफ्नै छोरा छोरीले समेत कयौ पटक रमेशसंग गुनासो गरेका थिए | हेर्नुस न ममीले हजुर आमाको मात्रै ख्याल गर्नुहुन्छ | हामीलाई दिने समय जति वहालाई दिए पछी हामीलाई कस्तो बोर भैराखेको छ | यो गुनासा उसले धेरै पटक सुनेको हो | रमेशले पनि भोगेकै छ | सासुमा आए देखि लैलासंग कम समय पाउछ पाईहालेपनी सासु मा कै कुरा हुन्थ्यो | रमेश पाटनमा अफिस र डेरा भएकोले उ काठमान्डू कमै आउथ्यो | एक दिन उसले साच्चैनै रत्न पार्कमा गोकर्णलाइ देख्यो | उसले गोकर्णलाई पछ्याएर भेटन खोज्यो | तर उसले गोकर्नलाई भेटन समात्न सकेनन | अब उसलाई सासुमाले गोकर्नलाई साच्चै देखेको कुरा प्रमाणित भयो | रमेश आफ्नो जेठान गोकर्णसंग असाध्यै रिस पनि उठ्यो र उस पट्टि मन भित्रै बाट घृणा जाग्यो | उसले दिन भरि केहि सोच्न सकेनन आफ्नी ति सासुमा प्रति टिठ लागेर आयो | सासुमाले छोरा छोरीलाइ आफ्नो सम्पूर्ण शक्ति लगाएर पढाइ र उनिहरु परवरिस गर्न सम्पूर्ण जीवन बिताइकी थिइन् | रमेश घर गएर गोकर्णलाई देखेको र भेटन नसकेको कुरा लैलालाइ सुनाए | लैलाले यो कुरा सुनेपछी उनि अन्त्यन्तै दुखि भइन र आफ्नो दाजुले यति झुट बोलेर आमालाई मेरो हिल्ला लगाएर आफ्नो जिम्मेवारीबाट भागेर जाने र आमाको सम्पूर्ण सम्पत्तिलाइ बेचबिखन गरि आमालाई लावारिस बनाउन किन्चित दुख नमान्ने दाजु प्रति अति घृणा जागेर आयो | दाजु नेपालमै भएर उनीसंग बर्षौसम्म भेट नगरी लुकेर उही शहरमा बस्नुको नियतप्रति अति दया लागेर आयो र दुखिभइन | यहि कुराले आमाप्रति अरु करुणा जागेर आयो | यिनै आमाले दाइको लागि के के मात्रै गरिनन् | आज उसको दुधको मुल्य यसरि चुकाउदैछ ? जति सम्झ्यो उति दाजु प्रति घृणा बढेर आउछ, उनलाई | रमेश पनि लैलाको अबस्थामा उनि अलि भाबुक हुन् थालेछन | मलाइ अफ्ठारो भए पनि छोरा छोरीलाई साँघुरो भए पनि, केहि आर्थिकभार थपिए पनि आखिर सासुमा पनि त हाम्रै परिवारको सदस्य हुन | अगर मेरी आमालाइ लैलाले घृणा गरेर नराम्रो ब्यबहार गरेको भए मेरो मन पनि दुख्थ्यो | अनि मेरी आमाले कति चित्त दुखाउनु हुन्थ्यो होला | गोकर्णले धोका दिएकोमा सासुको कुनै दोष छैन | भलै उसको कुकर्मको सजाय आमाले भोग्न परेको छ | सासुमालाइ उसले यति धोका दिएर छोरीको बस्न पठाएको कुरा थाहा पाएपछि कति आत्म ग्लानि होला | सासुमाको बिर्सने रोग भएकोले कहिले बेसुरको कुरा पनि गर्नु हुन्थ्यो | कहिले काही राति घरबाट बाहिर निस्कनु हुन्थ्यो मेरो छोरो मेरा नाति भन्दै ! घ्वा घ्वा रुनुहुन्थ्यो | वहाको मनभरी छोरा र उनका छोरा छोरीमा चित्त घुमिरहेको हुन्थ्यो | वहालाई स्याहार्न लैलाले आफ्नै सन्तानलाइ जस्तै गरेर गरिकी छिन | उहालाई बिहानको नास्ता, खाना आफै बसेर ख्वाउछिन | उनको सरसफाई आफैले गर्दछिन | रमेशलाइ कहिले काही लाग्दथ्यो छोरी पनि आमाकी आमा बन्न सक्दछिन | हिजो जस्तो अब त रमेशका छोरा छोरीले पनि गर्दैनन् | उनिहरुले पनि बुझे, जस्तै घरको हजुरमुमा हो त्यत्तिकै आमाघरको हजुरआमा हो कत्ति पनि फरक छैन |
एकदिन सासुमा बाहिर निस्के पछी रातिसम्म फर्केर आइनन, लैलालाइ थाहा थियो आमाले पक्कै गोकर्णदाइलाई खोज्न जानुभएको हो | तर उहाले भेट्टाउने कुरै छैन | देखेपनि पक्कै दाइ भाग्नेछन | त्यसैले रमेश, लैला भएर सासुमालाई खोज्न शहरका गल्लि गल्लि पुगे | कहिँ भेटेनन | शहरको चोकमा एक जना मान्छेबाट थाहा भयो कि एक जना सेतो सारीमा भाकी बुढी आमा गोकर्ण भन्दै चिच्याउदै बाटो काटिरहिकी थिइन् | एउटा कारले ठक्कर दिएर लडायो | उनलाई अस्पतालमा भर्ना गरेको छ भन्ने कुरा सुनेको छु भन्यो | यो थाहा पाए पछी उनीहरु उतैबाट अस्पतालमा पुगे | टाउकोमा चोट लागेको थियो | बेहोस अवस्थामा थिइन् सासुमा, लैलाको आखामा अश्रुधारा बगिरहेका थिए | छोरा छोरी हजुरआमालाइ के भो भनिराखेका थिए | उनलाई आइस्यु मा राखेर औषधि चलाउन लगाए पनि सासुमालाइ बचाउन नसकिने कुरा डाक्टरले भने पछी रमेश लामो सुस्केरा हालेर बाहिरियो | उसले आफ्नी आमालाइ सम्झियो | लैला जसले आमालाई आफ्नै सन्तान जस्तै गरि आमाको स्याहार गरिन | रमेशले सासुमालाइ मुखले नभने नि मनले ठिक मानेको थिएन पहिले | उसले लैलासंग पनि चिडीईरहन्थ्यो | रमेशले उनीप्रति गरेको ब्यबहारप्रति आत्मग्लानि भएको छ | आमा त् आमा हो | चाहे मेरो या मेरी पत्नीको यदि पति पत्नीले एक अर्काका आमा प्रति कुत्सित भावना राख्नु भनेको कति दुखत कुरा हो | यो कुराले रमेशलाई पश्चाताप लागिरहेको छ | उसका आँखाबाट अनायासै आशु बगिरहेछ |
अस्तु,
पुण्डरी अर्याल
न्यु योर्क

Leave a Reply