जिम्माल बा, आमाको कत्रो इज्जत प्रतिष्ठा थियो, गाउमा | गाउलेहरु उनीहरुको अगाडी झुकेर मात्रै कुरा गर्थे | मान सम्मान गर्थे | पहाडमा जिम्माली सिध्दियो, देशको राजनीति परिवर्तनका पछिका दिनमा त्यहा त्यतिका इज्जत हुन् छोडेको थियो | आफूमात्रै राजाकोपार्टीमा बसेका थिए | राजाको सक्रियता हुन् पर्छ | भन्ने उनको पुरानो मान्यता यथापी थिदै थियो | २०४६ सालको प्रजातन्त्र आएपछि, उनले पहाड छोडने निधो गरेका थिए | घरखेतको खासै मुल्य नपरेपनि सर सापट लिएरै उनि तराइको शहरमा एउटा घर लिएर बस्न थालेका थिए | जिम्माल भएकै कारणले पनि आफुले छोरा छोरीलाई राम्रै स्कुल कलेज पढाएका थिए | उनले मात्रै घर किनी दिएका थिए शहरमा, दैनिक खर्च पानि छोराले चलाउने भएपछी जिम्माल बा आमा, कहिले देउघाट, कहिले भारतका तिर्थ ब्रत गर्न थालेका थिए | समयको गति राम्ररी बुझेका जिम्मालले सबै परिस्थितिलाई राम्ररि आफ्नो अनुकुल बनाउन सकेका थिए | तर जिम्माली आमालाई भने छटपटी थियो | जिम्मालनी भएर गाउलेको सम्मानलाई अंगाली थिइन् | उनि मदेश आएपछि, उनको मान मर्यादा नभएको राम्रै संग अनुभब गरेकी थिइन् | अझ छोराको बिहे पछी, आएका बुहारी शहरी चाल चलन उनीहरुको आधुनिकता, उनलाई पच्न सकेको थिएन | जिम्म्मलनी हुदा आफुले खाइनखाई जोगाएको प्याओ पैसा समेत शहरमा घर किन्दा जिम्माल र आफ्नै छोराले रित्याइदिएका थिए | अब यसो छोरिलाई टिका लगाएर दिनको लागि पनि छोरा कै अगाडी हात फैलाउन परेपछि, जिम्मालनी पुरै तनावमा थिइन् | कति पटक त उनले आफ्नो माइतीले दिएको प्याओ र आफुले संगाली राखेको पैसा मलाइ देउ भनेर लोग्ने र छोरासंग नभनिकी पनि होईनन | तर उनको पैसा कसैले दिएनन | आमाका कुरा छोराहरुले पनि सुनेनन | उनलाई अधिकार बिहिन र नमासेर समालेको आफ्नै लागि खर्च तिर्थ ब्रत गर्नको जमा गरेको प्याओ रकम हिना बिना गरेकोमा आफ्नै सन्तानसंग चित्त दुखेको थियो | छोराहरुले फिर्ता गर्दिन्छन न आत्तिउ भनेर जिम्मालले कति सम्झाएका पनि हुन् | उनले बिस्तारै दिन्छन भनेर सम्झाएका थिए |
यस पटकको ठुला एकादशीमा नुहाउन शहरबाट महिला टोलि देउघाट जाने रहेछन | जिम्माललाइ अलि संचो थिएन | जिम्मालनी आमाले म तिर्थमा नुहाउन जान्छु, भन्दै कपडाको पोको बोकेर हिडिन | जिम्माल संगै जान सकेनन | बुटबलबाट नारायणघत हुदै देउघाट पुग्नु पर्ने थियो | बाटामा केहि खाने कुरा भएन, आज एकादशी त्यसमा पनि ठुली एकादशी | बसमा भजन किर्तन नाच गान गर्दै देव घाट पुगेका थिए | सबैबी तिरबाट भक्तजन गण्डकी नुहाउन आएका थिए | नुहाउने घाट भरि भराउ थियो | एकापसमा ठेलमठेल गरेर भए पनि गंगाजिमा नुहाउने गरिरहेका थिए भक्तजन हरु, नुहाएर बाहिर आइ पुजा पाठ र मन्दिरको दर्शन गर्ने काम सकेर बसमा फर्कने पर्ने थियो | उपाबास भएकोले सबैले केहिना केहि फलफुल र पानि खाए | केहि कन्याहरु ब्राह्मणहरुलाई टिका लगाएर दक्षिणा फूलपाती सकेर बसमा आए, सबै आफ्नै सुरमा थिए | जिम्मालनीसंग घरका आफ्नै मान्छे कोइ आएका थिएनन | उनको खोजि खास भएन | बस घर फर्कियो | साबि तिर्थालु आफ्ना आफ्ना घर गए | जिम्मालनी घर पुगिनन | रात अबेरसम्म जिम्मालनी घर नआएपछी जिम्माल बा ले छोरालाइ बोलाएर आमा खोइ भनेर सोधे ? छोरा पनि अवाक भए | एकादशी नुहाउन जानु भएको आमा घर फर्कनु भएन | रात भरि त्यस टोलबाट को को एकादशी नुहान गएको हो | कुन गाडीमा गएको हो ? को फर्क्यो को फर्केन | \यावत कुरा बुझ धेरै राति भैसकेकोले सकिएन |
अर्को दिन सबेरै एकादशी नुहाउन गएका तिर्थालु संग भेट्दा हामि संगै गएको भन्ने कुरा भने तर फर्केर आउदा हामीले वहालाई देखेनौ भने | उनीहरु ड्राइभरलाई खोजि गरेर सोध पुछ गरे | सबैले हामि सबै बसमा छम सबै आयौ भने पछी मैले देबघाट लिएर आएको थिए | भनेर स्पष्टिकरण दियो | जिम्मालले छोरालाई लिएर देबधाट गए | साबै मन्दिरमा खोजे | छोराले पनि सबै भक्तिनीलाइ भेटेर अनुहार हेरे | आफ्नी आमालाई भेटन सकेनन | छोरा र जिम्माल्लाई लागिरह्यो | जिम्मालनी रिसाएर यतै आश्रममा बस्नु भयो कि भन्ने शंका लागि रह्यो ! एक आध चोटी आमाले प्याओ को पैसा मलाइ फिर्ता गर भनेर कराउनु भएको पनि थियो | दिएनौ भने म घर छोडेर जान्छु भनेर थर्काउनु पनि थियो | आमालाई सबैले माया गर्थे, वहाको सबै दुख सुखको संगै जिम्मलले पनि ख्याल गरेका थिए |
तर एकान्तमा जिम्माल्निले कहिले घर छोडेर जान्छु भनेर जिम्माल्लाई भनिकी थिइनन | वास्तबमा जिम्मालनी र जिम्मालको बुढेस कालमा पनि असाध्यै माया प्रेम थियो | कहिले काही पनि छुत्तिएर बस्ठेनन | त्यस दिन पनि जिम्मालालाई लिएर जान खोजेकी थिइन तर जिम्माललाइ संच नभएर जान सकेनन | जिम्मलालाई आत्ममा मैले गल्ति गरे भन्ने लागिरह्यो | सायद म संगै गएको भए | उनि यसरी हराउने थिइनन् | सबै पुलिस थानामा उनि हराएको रिपोर्ट गरे | कयौ दिन नारायणी नदीको किनारामा शब् भेटिन्छ कि ? भनेर खोज्न गए | खोज्न लगाए | आखिर जिम्माल्नी हराइन | उनको न सास भेटियो न त लाश भेटियो |
जिम्माल बुढालाइ पश्चाताप भैरह्यो | सायद म संगै गएको भए ! यो घटना हुने थिएन | छोरालाई सधै लागि रहन्थ्यो | सायद हामीले आमाको प्याओ पैसा नाचलाई दिएको भए आमा यसरि गायब हुनुहुन्थेन ? छोरीहरु आमा हराएकोमा धेरै दुखि थिए | बर्षौ सम्म उनको कुनै खबर आएन | खबरै नआएसम्म काज क्रिया गर्ने कुरो पनि भएन | जिम्माल बुढा पनि यहि पिरले केहि बर्षमा परलोक भए | उनको क्रियासंगै आमाको क्रिया गर्न पाए हुन्थ्यो आमा पक्कै यो संसारमा हुनु हुन्न ! भएको भए यसरि निष्ठुरी भै हामीबाट टाढा बस्ने सक्नु हुन्नथ्यो | भनेर छोराले कुरा उठाएका थिए | तर खबरै अपाए पछी काजक्रिया गर्न धर्म संगत हुदैन भनेर बा संगै क्रिया गर्न छोराले पाएनन |
यसरी जिम्माल बा बितेको पनि दशौ बर्ष भयो | आमा हराएको पन्ध्र बर्ष नाघिसकेको थियो | परदेशबाट फर्केर नेपाल पुगेको छोरोले नवल परासीमा पितृ बोलाउने मान्छे हुनुन्हुन्छ भन्ने सुनेका रहेछन | यो कुरा सुने पछी उंलाई भेटन ठाउ ठेगाना पत्ता लगाउन कोशिश गरे, अन्तमा पत्ता लगाएर उनि त्यहा पुगे | झुस्स दारी पालेका पण्डित बाहुन रहेछन | उनका अगाडी चामलको शिधा, केहि फुल र दक्षिणा राखेर उनको बाको नाम भनेर जिम्माल्का छोराले दुइ हात जोडी राखे | ति बाहुन बाजे ठ्याक्कै जिम्माल्को शोरमा छोरालाइ डहार्दै | म तिमीहरुसँग के कुरा गर्ने, तिम्री आमाले सार्है दुख पाइकी छ यहा | उसले काज क्रिया नपाएर उसका सबै ढोका बन्द छन् | मैले उसको दुख देखेर केहि गर्न सकेको छैन | पैला आमाको सतगत क्रिया गर मेरो यहि आदेश हो | भनेर कुरा बन्द गरे | उनि ति परदेशी छोरा मेरा मित्र हुन | हिजो मात्रै नेपालबाट न्यु योर्क आएका थिए | उनले नेपाल गएर आफ्नी हराएकी आमाको पितृ आत्माको आदेशबाट काजक्रिया श्राध्द् गरेर आएको कुरा सुनाए | उनि सदा भौतिक बादी थिए | पुनर्जन्म र आत्मा प्रतिको कत्ति पनि बिश्वास थिएन बिगतमा | जब उनले अपरिचित मान्छेले आफ्नै बुबाको स्वरमा बोलेको र आमाको काज क्रिया गर्न भनेका कुरामा सतप्रतिशत बिश्वाश लागेकोले उनि र उनका भाइसमेत भएर १३ औ दिनसम्म पूर्ण निष्ठाका काजक्रिया गरे | अमुर्त पर्दा पछाडिको दुनिया, पितृलोक वा मान्छे मरेपछि पुग्ने दुनिया अर्थात अदृश्य अज्ञात संसार के साँचो हो ??? यो कथा हो वा वास्तविक हो तपाइँ बिस्वास गर्न सक्नुहुन्छ वा सक्नु हुन्न ! सम्पूर्ण कुरा तपाईमा निर्भर छ | मैले त सुनेको कुरा कथामा लेखे |
०९/०४/२०१७

Leave a Reply