प्रितम शहर बजारमा हुर्के पनि गाउका बस्तिहरुमा जादा रमाउने गर्दथ्यो | गाउमा खेतीपाती, शहरमा घर बन्द ब्यापार थिए | शदरमुकाम र काठमांडूमा गएर उसले कलेज पढेको थियो | उसको पढाइ भ्यौदा नभ्यौदै घर फर्क्यो | घरमा सबै दाजुभाइको अंशबन्डा गरि सकेको भएकोले गाउमै बाबा आमासंगे बस्न थाल्यो | गाउको स्कुल मास्टर नभएर हडताल चलिराखेको रहेछ | उ विज्ञानको विध्दार्थी थियो | स्कुलका हेडमास्टर र गाउका अध्यक्ष्य भएर उनलाई त्यो स्कुलमा पढाउँन लगाएका थिए | उसले केहि महिना आफैले कखरा पढेको स्कुलमा पढाउन पाएर उ त खुशी नै थियो | उसले केहि महिना बेतलवी भएर पनि पढायो | तर एक दिन उसलाइ एउटा खाममा पैसा राखी त्यस स्कुलबाट बिदा गरियो | थापेको पहिलो तलब आफ्नो बुढाबाको हातमा राख्दै बा सायद यो तलब मेरोलागि पहिलो र अन्तिम हो भनेको थियो | किनभने यो स्कुलमा अध्यक्षको आफ्नो मान्छे मेरो ठाउमा राखिने भो ! मैले मेरा बिध्दार्थिहरुलाइ एसएलसी तयारि गराई राखेको थिए | मैले मेरो बिषयमा सबैलाई पास बनाउने छु भनि बिश्वास पनि गराएको थिए | बिचमा स्कुल प्रशासनले गरेको निर्णयले मैले अब जागिर खादिन होला | त्यसैले यो मेरो अन्तिम र पहिलो तलब हुन् सक्छ भन्दै आफ्नो बाबालाइ भन्यो |
जागिर नखाएर उसले के गर्ने भन्ने कुरा अन्योल नै थियो | घरमा बुढा भएका बाबाले प्रितमको बिबाह गरि दिने कुरा गर्नु भयो | प्रितमलाइ भने आफ्नो खुट्टामा नउभिई बिबाह बन्धन बाधिन मन थिएन | तर परिस्थिति यस्तो बन्यो कि उसले बिबाह गर्ने पर्ने भयो | खेतीपाती राम्रै भए पनि शहरकी केटि बित्र्याएर परिबारलाइ अरु संकट पर्ने सम्भावना प्रितमले देख्यो | उसलाई शहर बजारका धनी मानिले छोरी दिन प्रस्ताव पनि ल्याएका थिए | दाइजोको पनि लोभ देखाएका थिए | शहरमै घर बनाइ दिने, ब्यापारमा पनि सहयोग गरिदिने भन्ने सम्मका कुरा ल्याएका थिए |
तर प्रितम भने भिन्न बिचार राख्दथ्यो | हामीले त्यस्ता कुप्रथालाइ अनुसरण गरे भने यो समाज कहिले परिवर्तन हुन्छ ? भन्दै आफ्ना मान्छेहरुलाई सोझै इन्कार गर्दथ्यो | उसले आफ्नो घरसँग आर्थिक स्थिति र संस्कार मिल्ने मात्रै भए हुन्छ | बस उसलाई साथ दिने केटि मात्रै चाहिएको थियो | यसैक्रममा बाबा र इष्टमित्रले भनेको साधारण परिबारकि गाउकी कन्या संग बिबाह हुन् पुग्यो |
प्रितमले महसुस गरिसकेको थियो कि अबका दिनमा मलाइ धेरै गारो हुने छ | बाबा आमाले काम गर्न सक्नु हुन्न | खेत जमिन घर राम्रै भए पनि नगद पैसा थिएन | कमाइ गर्ने दाइ भाइहरु अलग भैसकेका थिए | पत्नीसंगको हातेमालोले उसको समस्या समाधान हुदै पनि गयो | उसले कर्म गरेका धेरै जसो सफल भएका थिए | एकाएक प्रितमलाई अमेरिका जाने लहड चल्यो | वास्तबमा उसको अमेरिका बस्ने उसको योजना नै थिएन | उसकी पत्नी गरिमाका साथ अमेरिका पुग्यो | क्रमश : छोरा छोरी अमेरिका आएर सपरिवार बस्न थालेका थिए | छोरा छोरी कलेजमा पढन भर्ना भएका थिए | प्रितमका आमा बुबा बितिसक्नु भएको थियो |
प्रितम र गरिमाले अमेरिका बसेर छोरा छोरीलाई राम्रो कलेजमा पढाएका थिए | अचानक प्रितम बेहोस भएर अस्पतालको बेडमा पुग्यो | धेरै कोशिस गरे पनी अस्पतालले होसमा उसलाई ल्याउन सकेन | प्रितम बिस्तारै कोमामा गयो | अस्पतालले जानकारी दियो | कोमाबाट बाहिर आउन धेरै कठिन छ | यो कुरा सुनेर गरिमा बेहोस हुन् पुगिन | तर पनि उनले हिम्मत हारिनन | उनले आफ्ना इष्टदेवसंग पुकारा गर्न छोडीनन | उनि सधै अस्पतालमा पुगेर आफ्नो पतिको अनुहार हेरेर फर्किन्थिन | सवै साथीभाईहरुले समेत आश मारिसकेका थिए | छोरा छोरीले पालोगरी अस्पताल पुगीरहंथे | उसको मुटु र कलेजोमा समस्या रहेछ | उसका आन्तरिक रक्तश्रव भै कोमामा पुगेको र कोमा बाहिर आउन नै मुस्किल त थिदै थियो | होस आएपनि प्रितमको यादास्त हराउने कुरा डाक्टरले भनेका थिए | यसरी प्रितम एउटा सपना बोकेर आएको अमेरिकामा सपना संगै ढलेको थियो |
सबैले प्रितम मर्छ भने पनि इश्वरले हात थापेपछि कसको के लाग्छ र ! प्रितम महिनौ दिन पछी अन्तत: कोमाबाट बाहिर निस्कियो | गरिमा उसकी पत्नी जसको संसार नै प्रितम थियो | प्रितम छोरा छोरीको भविष्यको लागि नै अमेरिका आएको थियो | प्रितम र गरिमाका बिचार मिल्दथे | मेहनती र इमान्दार दुवै थिए | कोमाबाट बाहिरआइसकेपछि गरिमाले प्रितामका ति कमजोर हात खुट्टालाई तेल लगाएर टेकाउन कोशिश गरिरहन्छिन | कतिखेर रुदै कतिखेर हास्तै प्रितमको स्याहारमा जुट्दै थिइन् | केहिदिन पछी अस्पतालले डिस्चार्ज गर्यो | घरमा उनले तेत्तिकै मेहनत गरेर स्याहार गरिरहीन | प्रितम थला परिसकेपछि घर खर्च चलाउन भन्ने कुरा चानचुने कुरा थिएन | घरखर्च चलाइ रहन पनि गारो थियो | छोरा छोरीले पार्टटाइम काम गरेर आमालाई सघाउने गर्दथे | अमेरिकाको ठाउ त्यसमा पनि ठुलो सिटि, साथीभाई पनि मुखले त ठिक्क पार्थे तर उसलाई अर्थले सहयोग र सापटी दिने कोइ थिएनन | न त नेपालबाट आफन्तबाट सर सहयोग पाउने आशा नै थियो | प्रितमलाइ भने उसलाई सपना जस्तो लागीरहन्थ्यो | उसले यो कसरि भयो ? मलाइ पहिला केहि आभास भएको थिएन भन्छ उसको मनले | मान्छेका दुख र आपत बाजा बजाएर आउंदैन भन्दथे बुज्रुकहरू ! साच्चई रहेछ | उसको सारीरिक कमजोरबाट बाहिर ल्याउन गरिमाले धेरै मेहनत गरिकी छिन | प्रितमलाइ ज्वरो छ कि छैन भनि हातले निधारमा छामिरहन्थिन | भान्छामा काम गरिरहे पनि नजर प्रितम तर्फ रहन्थ्यो | नुवाई दिने देखि हरेक व्यक्तिगत कामलाई उनले सघाउथिन |
प्रितमको बिस्तारै सरिरमा तागत भरिन थालेको थियो | उसले जहिले पनि आमालाई सपनामा देख्दथ्यो | उ सानैमा थलिदा पानि पट्टि दिएर ज्वरो निको पारेको, घरि घरि निधारमा आमाले हातले छामेको, गोडामा तेल लगाएर मालिस गरेको, अनि रातभर नसुती आफुलाई अस्पतालमा कुरेको, मिठो चोखो खुवाएर तन्ग्राउन कोशिस गरिरहेको, आमासँग गरेको भुर्याई आदि इत्यादि कुराहरु पुरै स्मरण गर्न पुग्दछ | उसले धेरै सानै हुदाको कुरा त तेती सम्झदैन तर पनि आमाले गरेको निश्वार्थ माया ममताको खानि भएको अनुमान लगाउन थाल्दछ | उसले एक्लै भएको बेला आमालाई सम्झेर डाकै छोडेर पनि रुन्छ | कतैबाट गरिमाले प्रितमका आँखाबाट आशु रसाएको देखि भने पनि उसले प्रितमलाई बच्चालाई जस्तै धाप हानेर सुताउन कोशिस गरिकी हुन्छिन | प्रितमलाइ सुप् बनाएर आफैले खुवाउन थाल्छिन | गरिमाका हरेक क्रिया कलापमा आमाको रुप देख्न थाल्दछ प्रितमले | गरिमाले गरि रहेका हरेक कामहरुलाई आमाले गरेका काम जस्तै लाग्न थालेको छ |
अब उसले गरिमा कोठामा आउने बित्तिकै झस्किने गर्दछ | आमा त आउनु भएन | यसै गरि बषौ बित्न थालिसकेको छ | छोरा छोरीको बिबाह पनि भैसक्यो | प्रितम बच्चा जस्तै भएको छ, उसले पत्नीलाई आमाको रुप देख्दछ | गरिमाले पनि प्रितमलाई हरेक पलमा कस्तो बच्चा जस्तो बानि हो भनि रहदा प्रितम आनन्दको अनुभव गर्दछ | प्रितम आमाको काखमा जसरि लुटपुटाउथ्यो उस्तै गरि गरिमाको काखमा लुटपुटाउछ |
उसले गरिमालाइ पत्नी रुपमा घरमा भित्रयाएको थियो | पत्नी प्रेमिकाको रुपमा जिबन संगिनी बनाएर जीवनका रमाइला क्षण बिताएको थियो | जीवनका सुख दुखको अबस्थालाइ सदाबहार भै बिताएका थिए | अचेल भने प्रितम स्वस्थ छ | अचेल उसलाई गरिमा पत्नी हो भन्ने लाग्दैन | गरिमालाइ उसको मनले आफ्नी पत्नीको दर्जा दिन मन लाग्दैन | किन किन गरिमामा उसले आमाको छाया देख्दछ | गरिमालाइ उसले आदर गर्छ, भलै गरिमाले पति मानेरै ब्यबहार गर्ने कोशिस गरेपनि उसले त्यसलाई मजाकमा उडादिन्छ |
प्रितम अहिले पनि गरिमाको समिपमा सुरक्षित भएको ठान्दछ, जसरि एउटा सन्तान आमाको काखमा सुरक्षित हुन्छ | प्रितमको मनोदशा परिवर्तन भै आएको देखेर उसका सन्तान पनि आश्चर्यमा परेका छन् | प्रितमको मन मस्तिष्कमा आमाको यति गहिरो छाप रहेछ कि उ अस्वस्थ भएदेखि गरिमाका सबै ब्यबहारलाइ आमा देख्दछ | प्रितमले आफुले आफै प्रश्न गर्दछ कि पत्नी गरिमालाइ मैले कसरि आमा स्वरूप मान्न सक्दछु ? पत्नीलाइ आमाको प्रतिबिम्बको रुपमा हेरिरह्दाको आमाको अनुभूति त गर्न सकुला | तर एउटा पतिको लागि पत्नी सन्तानका आमा बन्न सक्छिन | गरिमामा प्रितमले आमाको एहसास महसुस गर्दछ | जब पत्नी ममतामयी हुन्छिन तब पत्नी आमा जस्तै एहसास हुदो रहेछ | प्रितम अचेल यस्तैखाने मनोभावमा बाचिरहेछ |

०८/०३/२०१६

Leave a Reply