समय अन्तहीन बगिरहेछ
हाम्रा हातहरुबाट
समय निरन्तर चलिरहेछ
हाम्रा सासहरुबाट
समय ओझेल परिरहेछ
हाम्रा आँखाहरुबाट
समय दिन र रात संगै
हाम्रा उमेर खाइरहेछ |
समय फक्रेका फुल संगै
रंगहिन भै मुर्झाइरहेछ् |
अवसर समयसंगै आउने गर्छ |
समय संग संगै जाने पनि गर्छ |
समयले दिन खोजिरहन्छ हामीलाई
हामि ढोका बन्द गरी मागीरहेछौ
हामि अवसरको दाबि गरिराछौ |
के गर्नु समय !
म संगै मेरो समय समाप्त हुने छ |
तर
समय निरन्तर बगिरहेने छ
अन्तहीन भएर !
फुत्किरहने छ हाम्रा हातहरुबाट
ओझेर पर्ने छ हाम्रा आँखाहरुबाट
निरन्तर बढने छ हाम्रा जिन्दगीबाट
०८/०५/२०१६