७. म को हुँ ?
म को हुँ ? यो प्रश्नले लगभग सबै मानिसहरुलाई सताएकै छ । यहि प्रश्न असाध्यै कठिन पनि छ र सरल पनी छ । सरल यस अर्थमा छ कि म स्वयं हुँ, मैले म को हुम भनेर नजाने कसले जान्दछ ? अनि मैले अरु कसलाई चिन्न सक्छु ? मलाइ पनि म ससानो हुदा म को हुँ ? भनेर कहिले काही मनमा आइराक्थ्यो । पछि गएर संसारिक बन्धनमा परिसकेपछि यी प्रश्नको न उत्तर नै न खोज्न थालियो न त चिन्तन नै गरियो ।
समयसंगै बिचार र प्रसंग फेरिदै जाने रहेछ । म एउटा भौतिकबादी चिन्तन बोकेको मान्छे । जिबनको उत्तरार्ध जब म ४५ बर्षको हुदा कजेको रोग (ष्खिभच अष्चचजयकष्क) को प्रभावले बेहोस हुन पुगे र करिब सात दिनको कोमाबाट म जागे । डाक्टरले समेत माया मारेको म किन जागे भन्ने प्रश्न मेरो मनमा उब्जिन थाल्यो ! यो रोगले मेरो कलेजो पुरै बिग्रिसकेको थियो र उपचारको वाबजुद पनी एक आध बर्षमा प्रत्यारोपण गर्न नसके मर्ने समेत डाक्टरले बताएका थिए ।
प्रत्यारोपणका लागि प्रयास गरिएका कथा र सन्दर्भहरु मेरो” कलेजो फेरेका मान्छे” पुस्तकमा समाबेश भएका छन । यहाँ उल्लेख गरिरहनु नपर्ला । म कोमाबाट बाच्नुको अर्थ मैले यस संसारबाट लिन पर्ने र दिन पर्ने धेर थोर हिसाब किताब बाँकी छन् भन्ने कुरा मेरो अन्तरमनमा लागी रह्यो । मेरो कलेजोको प्रत्यारोपण हुन्छ र म फेरि पनि यो संसारमा बाच्ने कुरामा मेरो धारणा बलियो हुन थाल्यो । यो आत्मबलको श्रोत पनी त्यहि कुरा थियो । मलाइ मेरो भान्जीले प्रभुपादले ब्याख्या गरेको भागवतगीताको पुस्तक उपहारको रुपमा पठाईदीइकी थिइन । संस्कृत र अंग्रेजी दुवै भाषाको अल्पज्ञानले राम्ररी बुझ कठिन भयो, मलाइ । नेपालीको भाषा टिका समेतको भागवतगीता लिएर पढन र बुझ्न कोशिश गरे । अर्गन ट्रान्सप्लान्ट गरेको मान्छेलाई यसै पनी सम्झने शक्तिमा ह्रास आउछ । आत्मपरक मनोदशामा बाच्न परिरहेको हुन्छ । अझ नयाँ बिषय र भाषाको ज्ञानआर्जन गर्न अझ झन गाह्रो चिज हो ।
के म बाबु हुँ ? के म पति हुँ ? के म छोरा हुँ ? यी नाता सम्बंधका कुरा भए डाक्टरले पेसेंट भन्छ । बसमा चढ्यो पेसेन्जर भन्छ । ससुरालमा ज्वाई । कहिँ मामा, कहिँ भान्जा , डाक्टरको कामगरे डाक्टर । इन्जिनियरको काम गरे इन्जिनियर, । छोराछोरी भएपछी म बाबु हुँ । यसै गरि जहा जे रुपमा जे देख्छन अरुले त्यहि भन्छन । त्यसमाथी आफ्नो नामत छदै छ, उपनाम पनि छ । यति धेरै परिचयमा आखिर म को हुँ त ?
यी सबै आर्जन गरेका नाता, सम्बन्ध, शिक्षा, बिध्याबारिधि, धन, सम्पत्ति , पद र सम्मानित नामहरुलाई एकातिर थन्क्याएर एउटा नाङ्गो शरीर लिएर जीवित उम्भिरहदा, मलाइ वा उसलाई वा तपाइलाइ अरुले के भन्छन ? कसैले नाङ्गो मान्छे, कसैले मान्छे भन्ला ! त्यहि मान्छेले सास फेर्न छोडेपछि सवैले मलाइ, उसलाई वा तपाइलाइ लास भन्ने छन । जस्तो सुकै सुटेट बुटेट भए पनि, राजा महाराज भएपनि , जुनसुकै पोष्ट मानको, जतिसुकै पढेको ज्ञानी भए पनि उ लाश हुन्छ । श्वासप्रश्वास क्रम छुटेको अबस्थालाइ नै मरण भनिन्छ र मरेपछि सकेसम्म चाडै हाम्रा मृत सरिर बाँधेर घाटमा लगी जलाएर बिलिन गराइन्छ । यो संसारको नियति हो । यहि क्रममा चलेको छ यो मानब श्रीष्टिको लिला ? फेरी पनि हाम्रा अहं यथावत छन, लोभपाप, इर्श्या, प्रतिस्पर्दा यथावत छन् । यसैमा अल्झिएर न हामीले आफुलाइ चिन्दछौ न त अरुलाई चिन्दछौ ! सम्बन्ध भर्सेसका नाता(सम्बन्धका नाम, काम बिशेषका नाम र ज्ञान शिक्षा विशेषका नाम के तपाइँ, हामी हौ त ? यी नाता र नामहरु समय सन्दर्भ स्थानमा फरक फरक ढंग र नामले विभूषित भए पनी आखिरमा म को हुँ ? भन्ने प्रश्नले हामी सबैका सामुन्ने तेर्सिनु स्वभाविक हो । अमेरिका आफ्नै साथीले अर्को साथीलाइ हे वडी, व्हाट आर डुइंग (जभष् दयमथ धजबत थयग बचभ मयष्लन) ? भन्ने गर्छन, साच्चै तिनले ठिकै भनेका रहेछन जस्तो लाग्यो ! यसमा नामले भन्न पर्दैन ।
जब हामीले आफुलाई मानिस हौ भन्दछौ भने । हाम्रो सरिरलाई हामीले सुक्ष्म रुपले हेर्नु पर्दछ । मानिशको सरिर पांच आयामले बनेको पाउदछौ । पहिलो सरिर अन्नमय कोष , दोश्रो सरिर मनोमय कोष र अर्को सरिर प्राणमय कोष गरी हाम्रो यी तिन सरिर लाइ स्थुलसरीर भनिन्छ भने अर्को दुइ सरिर पनी हुन्छ ति मानसिक सरिर र उर्जा सरिर हुन् । ति तिन तत्व मिलेको सरिरलाई भौतिक प्रकृतिका सरिर भनिन्छ । यी सबै जीवनका भौतिक आयामहरु हुन् । अरु दुइ सरिर मानसिक र उर्जा सरिर पनी छन जसलाई बिज्ञानमय कोष र आनन्दमय कोष समेत गरेर मानव जीवनका पांच आयामले सरिरको निर्माण भएको हुन्छ । बिज्ञानमय कोष अभौतिक जस्तो देखिए पनी भौतिक सरिरसंगको सामजस्य मिलेको हुन्छ भने आनन्दमय कोष पूर्णरुपले अभौतिक हो । भौतिक सरिर नास भएर गएपनी बिज्ञानमय र आनन्दमय सरिर नास हुदैन । यो सरिर कर्मसंग आकर्षित हुन्छ र कर्मको सम्बन्ध आत्मासंग हुन्छ । यदि कर्म शेष रहेन भने त्यस मनुष्यको मुक्ति भएर आत्मा बिलिन हुन् पुग्दछ । यस जगतमा जन्मेका मनुष्यले कर्म नगरिकन बस्ने सक्दैन । त्यहि कर्मको फल भोग्नकै लागी फेरी जन्मन पर्ने हुन्छ ।
हाम्रो अस्तित्व जिउदो रहदासम्म मात्र हो । सबै जिउदा मान्छे वडी र मरेका डेड वडी ? यहि सत्य हो । जब शरीर म हैन भने, यसले सिध्द गर्छ कि यो नाशवान शरीरलाई चलाउने शरीरभित्र कोइ अरु चिज छ । त्यो सरिर भित्रको तत्व म हो कि अर्कै ? मैले चलाएको हो कि ? अर्कैले ? बिज्ञानले खोज गरेकै छ , गरिरहेको छ । पत्ता लगाएको पनि छ । फिजिक्स भन्दा पर मेटाफिजिक्स बारेका बिषयबस्तु स्विकारेको पनी छ ।
म को हुँ भन्ने प्रश्नको उत्तर शरीर हो कि ! आफ्नो नाम हो की ? मन हो कि ! मश्तिश्क हो कि ! बुध्दि हो ! यसरि ब्याख्या गरिएको पनि पाइन्छ यी सबैलाई नियन्त्रण र परिचालन गर्ने अर्को सुप्रिम पावर वा सर्वशक्तिमान भनेको अविनाशिनी अब्यय अपरिबर्तनिय आत्मा हो, जो मनुष्यको प्राण अन्तर्गत अबस्थित छ । आत्मा अविछिन्न अजर अमर छ भन्ने कुरा भागवतगीतामा यसरी भनिएको छ ।
नैनं छिन्दन्ति शस्त्रानी नैनं दहती पावक ः ।
चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२३।।
भागवतगीता अध्याय २ श्लोक २३
अर्थः आत्मालाई कुनै शस्त्रले काटन सक्दैन। त्यसरी नै अग्निले जलाउन सक्दैन ्र यसलाई पानीले भिजाउन, बगाउन, डुवाउन न त हावाले सुकाउन नै सक्छ ्र गीतामा आत्माको बारेमा यसरि व्याख्या गरिएको छ ्र आत्मा कहिल्यै मर्दैन, अविनासिनी, नित्य, अजन्मा, अब्यय, अपरिबर्तनीय छ ्र त्यसैले आत्मा मर्दैन र न त जन्मन्छ नै ्र हामीले मरेको भन्ने मान्नलाइ हाम्रो शरीरबाट जीवात्माले शरीर छोडेर जानुलाई नै भनिएको छ ्र मान्छे आफ्नो प्रारब्धमा रहेको आयु बाचेर स्थुल शरिरको मृत्यु भै अदृश्य जीवात्मामा परिणत हुन्छ ्र आत्माले कर्मबंधंका कारणले उक्त जीवात्मले पुन अर्को शरीर ग्रहण गर्दाको अबस्थामा पुनर्जन्म भएको मानिन्छ अथवा जन्म भएको मानिन्छ ्र
त्यसैले हामी भित्र भएको जीवात्मा न त जन्मेको हो न त मरेकै हो ्र हरेक जीवात्मा फरक फरक हुन शर्वशक्तिमान परमेश्वरले प्रत्येक जीवात्मालाइ भिन्न भिन्न रुपमा प्रदान गर्नु भएको छ । त्यति मात्रै होइन प्रत्येकको म्ल्ब् र ँक्ष्ल्न्भ्च् एच्क्ष्ल्त् समेत छुट्टै छन । एक आपसमा मिल्दैनन । एउटै आमा बाबुबाट जन्मेका छोरा छोरीमा समेत रुप रंग स्वभाव र सरिर समेत फरक पाउदछौ । आमा बाबुको कोषीका त एउटै थियो किन एक समान भएनन ? उनका सन्तानहरु । यसको उत्तर के भने प्रत्येकको आत्मा फरक छन । फरक फरक आत्माहरुले उनको गर्भमा बास पाएको हुनाले फरक स्वभाव, फरक रुप रंग सरिर पाएका हुन । त्यसैले म भनेको तपाइले देख्नु भएको शरीर होइन । ती आत्मा हुन ।
आत्मा परमात्मा एकै हुन कि होइनन ? आत्मा परमात्माको एउटा सुक्ष्म अंश हो । त्यसैले कोइ मानिस पनि परमात्मा होइन त्यो चाहि निश्चित हो । मानिस भित्र अबस्थित आत्माको बास कहा हुन्छ ? यो सरिरको इन्द्रियाहरुलाई कसले संचालन गरेको छ ? यो पनि प्रश्न हो । सरिर बिज्ञानले एघारवटा सरिर संचालन प्रणाली हुन्छन भनेर व्याख्या गरेको छ । ति एघार वटा सरिर संचालन प्रणालीलाई कमाण्ड गर्ने शक्ति को हो ? त्यसको जबाफ बैज्ञानिकले दिन सकेका छैनन। प्रमाण नभएसम्म उनीहरुले दिन मिल्दैन । स्वीकार गरे पनि । सरिरलाइ संचालन गर्ने तत्व भनेकै आत्मा हो पनी होइन पनी । यो शरीर म हो पनी, हैन पनी । सरिर हो भने एउटा हात काटेर फालिदिउ तर पनि म रहन्छ । अगर इन्द्रिय हो भने एउटा आँखा निकालिदिउ फेरी पनी म रहन्छ । हरेक अंग जब सम्म जीवन रहन्छ निकाल्दै जाउ तबसम्म म रहन्छ । त्यसैले म न सरिर हो न त इन्द्रिय हो भन्न सकिन्छ । हरेकको म आत्मा हो पनी, होइन पनी ।
बूँद थोपा थोपा मिलेर पानी बनेको छ, अझ त्यो भन्दा सुक्ष्म हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्दछ । यदि एक थोपा पानीले म को हुं भनेर खोज्यो भने के पाउछ ? असंख्य थोपा संकलित भएर पानी बन्छ भने त्यै पानीबाटै सागर बन्दछ । एउटा लहरले म को हुं भनेर खोज्यो भने के पाउछ ? अन्तर बिषयबस्तुबाट निस्कनको लागी म को हूँ ? भन्ने खोज गर्न आबस्याब छ । त्यो भने ध्यानबाट प्राप्त गरिने अन्त्यन्त सुक्ष्म तत्वबोधले म को झलक दिन सक्छ । त्यसपछि त र म को सिमा मेटिन्छ । जसमा समुन्द्रको लहर भित्र पानी पानी भेटिन्छ ।
त्यस्तै ध्यानबाट समाधिमा पुगे पछी म र म नै देखिन्छ । सबैतिर यी मनुष्यका आत्माहरु कुनै न कुनै रुपमा जन्मिरहेका हुन्छन । पालै पालो आफ्नो प्रारब्ध र भाग्य लिएर, परमेश्वरले हरेक आत्मालाइ ज्ञान, प्रेम, शान्ति, सुख, खुशी, पवित्रता र शक्ति प्रदान गर्नका लागि यस धर्तीमा उतार्नु भएको हो । उसको प्रारब्धमा नराम्रो कर्म भए पनि यहा सच्चिन अवसर दिएको हो । असल कर्म कठिन हुन्छ । त्यसैले मानिसहरु क्षणिक आनन्दमा प्रलोभन र गलत आचरण गरेर सुन्दर जिबन नष्ट गर्दछन । मानिस मरे पछि फेरी उसको पुनर्जन्म भएको सुनेका छौ ।
पत्र पत्रिका र मिडियामा समेत आइरहन्छन । हामीले देखेका छौ स्कुल नपुग्दै, लेख्न पढन सकेको, कुनै तालिम नलिईकन संगीतमा पारङ्गत, भएका अपत्यारिला कुरा हामी अगाडी आउछन ति सबै पुर्बजन्मको संस्कारले पाएको हो । धेरै मान्छेको कर्म अनुसारको फल यसै जन्ममा पाएको देखिन्छ । असल कर्मले मानिसलाई ठुलो स्थानमा पुर्याउछ । तिनको अहमले पाप कर्म लिप्त भए तिनलाई फेरी उधो तर्फ धकेलेर झारी दिन्छ । छली अपराधीहरुको केहि समय पछी उसको नास भएकै हुन्छ यो सर्बशाक्तिमान परमेश्वरको नियम हो । यो प्राकृतिक नियम हो भनेर मान्न सकिन्छ । म शरीरभित्र अबस्थित एक अव्दितीय आत्मारुप परमात्माको अंश हुँ भन्ने कुरामा सहमत भएको छु।
ooooo

Leave a Reply