पुण्डरी अर्याल
पुण्डरी अर्याल

अध्यात्मको बाटोमा -८ (शिबलिंग कथन,भ्रम र सत्यता)

हिन्दु धर्मालम्बीहरुका लागि शिबलिंगसंग अपार आस्था र बिश्वास छ | जसरी इसाईहरुले क्रसलाई आफ्नो ICON मानेका छन् । हिन्दुहरुको ICON को रुपमा ओम र शिबलिङ्गलाई मान्दछन । शिबलिंगको अर्थ के हो ? शिबलिंगलाइ किन पुजा गरिरहेका छौ ? लिंगको पुजा किन ? सिधै शिवलाई पुजा किन नगर्ने ? धेरै जिज्ञासा छन म भित्र पनि ! शिव लिंग नै शिवको प्रतिमूर्ति हो भने शिवले शिवलिंग अगाडी राखेर ध्यान गरेका पौराणिक तस्विरहरु देखिन्छन किन ? यो अध्यात्मको बाटोमा लागेपछि यसको बारेमा चिन्तन अध्ययन गर्न मन लाग्यो | हुन् त साधारणतया शिबलिंगको अर्थ शिवको जनइन्द्रिय नै लाग्छ | अनि हामीले शिवलाई पुजन नगरी उनको लिंगलाई किन पुजा गरिराखेका छौ ? यसको रहस्य पनि कुनै पुजारीले दिदैनन | भन्दैनन् | उनीहरु शिब लिङ्ग  सर्बशक्तिमान छन,  त्यसैले पुजा गरेको भन्ने मात्र उत्तर आउछ | बढी खोज गर्न खोज्यो भने नस्तिकहरुले अनेक प्रश्न गरेर हैरान गर्छन भनेर उम्कन खोज्छन | आखिर यति धेरै हिन्दुहरुले शिबलिंगलाई हजारौ साल देखि कुनै प्रतिक्रिया नदीइकन भजी राखेका छन ? आखिर शिबलिंगलाई यसरी बढो आस्था बिश्वासकासाथ पुजा गरिरहेका छन् बुझेर हो कि नबुझिकन ? यदि कुनै लोग्ने मान्छे लिंग देखाएर बाटोमा हिड्यो भने उसलाई समातेर पुलिसको जिम्मा लगाउनै पर्ने हुन्छ ! यसले समाजमा उछरिंगखलता ल्याउछ भनेर हामी  सतर्क भैरहंछौ | आफुले मानेको देवताको सबै अंगअंगलाई जल चढाई चढाई जल खान हामी आदि काल देखि तयार छौ यो रित अझै चली राखेको छ | कुनै पनि कुरालाई आफ्नो मन मस्तिष्कले चित्त बुझाएर त्यसको वास्तविक ज्ञान नभैकन सो कार्यगर्नु भनेको आफु भेडो सरह हुनु हो | हामीलाई कसैले शिबलीङ्गलाइ किन जल चढाई पुजा गर्नु हुन्छ भन्दा सबैले यसै गर्छन मैले पनि गरेको भनेर उम्केका छौ | पौराणिक किम्बदन्ती के हो, शास्त्रहरुमा के रहेछ ? धर्म मान्नेले  के भन्छन ? नमान्नेले के भन्छन ? खोज्ने क्रममा केहि यहा उल्लेख गरेको छु |
बास्तबमा शिबलिंग के हो ? किन पुजा गरिन्छ ? लिंग भनिरहदा अश्लिल भन्छौ हामी  तर हाम्रा आमा दिदि बैनी सामन्ने शिब लिंगलाई पुजा गर र दर्शन ढोग गर भनिरहेका छौ यतिखेर भने अश्लिल हुदैन र धार्मिक हुन्छ ? त्यसैले पनि यसको अर्थ र परिचय हिन्दु धर्मालम्बिले जान्न आबस्यक छ ?

१ . संस्कृतमा लिंगको अर्थ चिन्ह वा प्रतिक हुने रहेछ | म संस्कृतको ज्ञाता नभएको र यसको अर्थ यहि नै हो भन्न ठोकुवा लगाउन त सक्दिन | कहिँ कहिँ यसको अर्थ चिन्ह वा प्रतिक हो भनेर लेखेको देखे | लिंगलाइ अंग्रेजीमा (gender) पनि भनिन्छ | यसको अर्थ पुरुष  वा स्त्री छुट्याउन राखिएको शब्द अथवा प्रश्न हो । भने यसलाई लिंग के हो भनि चिन्ह वा प्रतिक लेख्न को लागि राखिएको प्रश्न रहेछ भनि बुझेका छौ | (gender लिंग  मात्र भन्दा पुरुष जनन्द्रिय वा लिंग भनिएको होइन | यसरी मान्ने हो भने शिवलिंगलाइ शिवको प्रतिक मात्र मान्न सकिन्छ |

२. भगवान शिवलाई सम्पूर्ण जगतको रचना गर्ने मूल कारक शक्तिको रुपमा चित्रण गरिएको छ। शिवलिङ्गको आधारलाइ  भगवान ब्रह्मा, पिठलाइ भगवान बिष्णु र स्तम्भलाइ भगवान शिवको प्रतीकको रुपमा पनी व्याख्या गरेको  पाइञ्छ  ।

३. शिवजीलाई अर्ध नारिस्वरुपमा पनि देख्न सकिन्छ।सम्पूर्ण शिवलिंगमा पुरुष र नारी दुबैको यौनिक अंग समाबेश गरेर सिम्बोलिक सृष्टिकर्ताको रुपमा व्याख्या गरिएको पनी हुन सक्छ। यो नै सृष्टिको  आधार हो ।शिबशक्तिको अलौकिक बलबाट यो संसार सृष्टि र बिनास हुने गरेको सम्पूर्ण हिन्दुहरुले बिश्वास गर्छन ।

३. शिवपुराणमा सुतजी भन्नु हुन्छ “जुन अदृश्य छ त्यो शिव हो त्यही दृश्य नै प्रपन्च लिंग को मूल हो | शिवलाई अलिंग भनिएको छ र अव्यक्त प्रकृतिलाइ लिंग भएको छ | गन्ध रस वर्ण र शब्द स्पर्श भनौ वा जगत पाँच भुत स्थुल र सुक्ष्म जगतको स्वरूप सवै अलिंग शिवबाट उत्पन्न भएको हुन्छ |”

४. यहा नेर जो निराकार निरन्जन छ | अदृश्य छ त्यो तत्व भनेको शिब हो | शिवलाई अलिंग पनि भनिएको छ | शिवलाई आदिशक्ति स्वरूप पनि भनिएको छ | प्रकृति र पुरुषको संगम स्वरूप पनि मानिएको छ | त्यसैले कतै कतै शिब र शक्ति अर्थात पार्बतिसंग अर्ध नारि स्वरुपको तस्विर देख्न पाइन्छ | सम्पूर्ण शिबलिंग हेर्दा सतहमा रहेको नारीको जनन्द्रिया(योनी) आकारमा लिंग ठडिएको देखिन्छ | यसले पनि शिवलाई अर्ध नारिश्वरको रुप हो भन्न सकिन्छ |

५. शिबलिंगमा तिन भाग समाबेस भएको छ | जसमा आधार तल्लो भागमा ब्रह्म पिठ, मध्यमा बिष्णु पिठ, सबभन्दा माथिल्लो भागमा शिब पिठ समाबेस भएको र शिबलिंगलाइ शिवको उत्पादकत्व शक्तिको चिन्हको रुपमा पनि व्याख्या गरिन्छ |

६. कतै यस्तो व्याख्या गरिएको छ | शिबको तेजमय लिंग बारेमा समस्त ब्रामाण्डमा चर्चा भयो | भगवान विष्णुले आफुलाई श्रेष्ठ हुँ भन्ने घमण्ड त थियो नै यो कुरा शिवलाई पचेको थिएन | उनले बिष्णुको घमण्डलाइ चुर गर्नको आफ्नो तेज रुपी लिंगको फेद र टुप्पो फेला पारेर देखाउ अनि म संग आउ र मैले तिमीलाई सर्ब श्रेष्ठ भगवान मान्ने छु भने | अब विष्णुलाई आपत पर्यो सबैले बिष्णु भगवानले यति सानो कुरो पनि गर्न नसक्ने कुरै भएन भने पछी विष्णुले सुर्रिएर शिवको तेजोमय लिंगमा चढी त्यसको फेद र टुप्पो पता लगाउन थाले जति माथि गए पनि टुप्पो फेला पार्न सकेनन् | अब माथि गएर भएन भनि तल फेद पत्ता लगाउन खोज्दछन जति तल गएपनि उनले फेद पत्ता लगाउन सक्दैनन र अन्तमा हार खाएर शिबसंग तपाइनै देवा देव अर्थात देवता को पनि देव हो भनि सर्बशक्तिमान मान्न बाध्य भए | आफुलाइ पनि शिबसंगै नजोडीयो भने आफुलाइ भगवान नमान्ने भएकोले यो कुरा स्विकार गरिएको भनाइ पनि रहेछ |

७. शिबपुराण र हिन्दु शास्त्र अनुसार शिबलिंगलाई ब्रमान्डको प्रकाशमय ज्योतिमयको स्तम्भ रुपमा व्याख्या पाइन्छ | जसको दुरी कसैलाई थाहा छैन | यहि प्रकाशमय सर्बशक्तिमान स्तम्भलाइ मियो मानेर समस्त ब्रमान्डहरु यसैको वरिपरी घुमिरहेका छन् भन्ने कुराको पुष्टि गरेका छन् | आकाशगंगामा भएका सम्पुर्ण ब्रमाण्डहरुको दुरी नाप गर्न नसकेर बैज्ञानिकहरुले पनि प्रकाशिय दुरी प्रयोग गरेका छन |

८. शब्दलाइ बिश्लेष्ण गर्ने हो भने लिङ्गोबाट लिंग बनेको हो | दाइ गर्दा बिचमा लिङ्गो अर्थात मियो गाडिन्छ | कसै कसैले त्यही मियोलाई लिङ्गो पनि भन्दछन | यहि मियोको परिक्रमा गरिरहदा अन्न बालि स्याहार्न सजिलो हुन्छ | मियोको वरिपरी घुमिरहदा शक्ति उत्पति हुन्छ अर्थात उर्जा प्राप्ति हुन्छ | मियो भएन भने छताछुल्ल हुन्छ | शक्ति क्षण भै नास हुन्छ | शिबलाई लिङ्गो अर्थात मियो ठानेर सर्बशक्तिमान भगवानको रुपमा संसारले मानेको भनाइ छ |

९. योग ध्यान साधनामा निधारको बिचोबिच बिन्दु बीच भागमा आज्ञा चक्र भएको मान्दछौ | जसलाई हामीले तेश्रो नेत्र भन्दछौ | शिवका तस्विरहरुमा निधारको ठिक बिचमा तेश्रो नेत्र राखिएको हुन्छ | मानिसको मिड ब्रेनमा (pineal gland)ग्लांड हुन्छ | पिनिल ग्ल्याण्डलाइ पिनिल वडी पनि भनिन्छ | सरिरलाई चाहिने महत्व पूर्ण इन्ड़ोक्राइन ग्ल्यांड हर्मोन मेलाटोनिन उत्पादन गर्दछ | यसको मुख्य काम स्लिप र वेक sleep/wake  सुब्यबस्थित गर्ने काम गर्दछ र सुर्य प्रकाशप्रति प्रतिक्रिया (response) दिने काम गर्छ | यसले उत्पादन गरेको हर्मन सरिरमा स्वत संचालित हाम्रा इन्द्रियहरुलाई र उत्पादकत्व क्षमतालाई समेत ब्यबस्थित गर्दछ | यो मष्तिस्कको मध्य भागमा अबस्थित हुन्छ | आठ एमएम जति लामो मांस पिण्ड छ यसले प्रकाशलाइ रेस्पोंसे गर्ने भनेको आँखाबाट रेटिनामा गइ यस ग्रन्थीले सम्पूर्ण स्नायु प्रणालीलाई सक्रिय बनाउछ | यसैको एक्टिविटिले हाम्रो मस्तिस्कलाइ संचालन गर्दछ | हाम्रो दृष्टि गोचरलाइ कायम गर्दछ | मेलाटोनिन हर्मोनले सरिर्को सम्पूर्ण रक्तकोष र अन्य कोषहरुलाई सन्तुलन गर्दछ | योग गुरुहरुले यो बैज्ञानिक कुराको व्याख्या नगरेपनि यो ग्ल्यांडलाइ आज्ञा चक्रको रुपमा लिएका छन् | यो ग्ल्यांड नै आज्ञा चक्र हो | योग साधनाबाट प्राप्त हुने दुइ पातको बिचमा गोल आकार भित्र देखिने आकार नै शिबलिंग हो त्यही नै ज्योतिर्लिंग हो भन्ने मेरो ठम्याई पनि छ | कुण्डलिनी जागृत बनाएर त्यो ज्योतिर्मयलिंगमा प्रवेस गरेर घन्टौ त्यसमा स्वत ध्यानमाग्न भएर बस्न सकिन्छ |

अन्तत: जसले जे भने पनि सर्ब सक्तिमान शिब शंकरले पनि त्यही आज्ञा चक्रमा रहेको लिंग रुपज्योतिको आराधाना गरेको कुरा पुष्टि हुन्छ | शंकरको तस्विरमा सदा ध्यानमग्न भैरहेको देख्दछु | यो ज्योतिर्रूप लिंगलाइ शिबसंग जोडेर राखिएको हो | यो असाध्य शक्ति शाली छ | त्यसैको प्रतिरुप दर्शन गरेर पनि मान्छेले शक्ति प्राप्त गर्न सक्दछ | यो ग्ल्यांडलाइ सक्रिय बनाएर एक किसिमको सिध्दी प्राप्त गर्न सकिन्छ | मानब सरिर भित्र भएको यो तन्तुलाइ शिबलिंग मानिएको हो भन्ने मेरो ठम्याई छ |

१०. खोज गर्दा सबैको कुरा सुन्न र पढन आबस्याक छ | त्यसैले यो किम्दन्ति यहा उल्लेख गरेको छु | मैले कतै यस्तो कुराहरु पनि लेखेको र पढेको छु र उनीहरुबाट सुनेको पनि छु | सायद देवासुर संग्राममा लेखिएको छ होला ? जसअनुसार परापुर्बमा भारत बर्षको उत्तराखण्डको कैलाशमा सबैले मान्ने प्रतावी मुखिया शिव थिए | दक्षिणको प्रतावी मुखिया बिष्णु थिए | बिष्णु अलि बाठा र जाली थिए | उनले स्वयं लाइ म इश्वर हुम भनेर घोषणा गरेका थिए | धेरै शुख सुबिधा धन सम्पत्ति भोगेर बसेका मान्छे थिए | उनका सरिरमा सुन र चादी हिराजडीत गहनाले सजिएका हुन्थे रे ! नोकर चाकर पाले पहरा राखेर सासन गरेका थिए | राजा भएका थिए | उनले घोषणा गरेका थिए यो संसारको भगवान हु | यो धर्तीमा राज गर्ने मान्छे अर्थात राजा भनेको मेरो अंश हुने छ | बिष्णुको अंश भएको मान्छे राजा हुन्छ | यसरी विष्णुले आफुलाई राजाबाट भगवान घोषणा गरेका थिए | आम जनताले यो विष्णुले हामीलाई उल्लु बनाएर आफु भगवान बन्न खोजिरहेको छ कि भन्ने भान भयो र उत्तराखण्डका शिब भोले छन् | बहादुर छन् | आफुलाई केहि नराखी आफुसंग भएको सबै सम्पति जनतालाइ बाडदिन्छन धरै बोल्देनन | गाँजा खाएर बस्छन | उनलाई सबैले भगवान जस्तै मान्छन | झुटो कुरा पनि गर्दैनन् रे | बिष्णु भगवान हो हैन भनेर उनलाई सोधेर बल्ल बिष्णुलाइ भगवान मान्न पर्छ, भनि समाजका केहि बाठा मान्छेहरु उत्तराखण्डको शिवका घरमा पुगेछन रे | शिवजी भांग धतुरो खाएर मस्त भएर बसेका रहेछन | मान्छेहरु उनको नजिक गैर हेर ए शिब हामी धेरै टाढाबाट आएका छौ, हामीले तिमीले झुटो बोल्दैनौ, सत्य कुराको लागि कसैसंग डराउदैन भनेको सुनेर हामी  एउटा ठुलो प्रश्न ल्याएका छौ | कृपया बताई दिनुस | उता विष्णुले आफु भगवान हुँम भनेर जताततै आफ्नै मुर्ति राखी हिडेको छ | साचो के हो ? शिवजी भनि सोधेछन | यो कुरा सुनेर उनलाई बहुतै रिस उठेछ र त्यो कहाको भगवान हो, भगवान सृष्टिकर्ता त यी यो हो भनेर लगुटि खोलेर देखाई दिएछन् | शिव रिसाहा छन् भन्ने कुरा सुनेका थिए | किन कसरि भयो भन्ने कुरा सोधे भने कुटने हुन् कि ? भन्दै फ़र्किएछन् | उनीहरुले लिंगरुप नै भगवान हो भनेको हो कि ? भनेर व्दिबिधामा पनि परेछन | यता विष्णुलाई शिवले लगुटी फुकाएर देखाएको कुरा थाहा पाइसकेका थिए | बिष्णु चतुर त थिदै थिए | ति मान्छे दक्षिण खण्डमा पुग्दा नपुग्दै कतै विष्णुले लिंगकै आकारमा पुजा गरेको मुर्ति बनाएछन भने कतै शिवले बिष्णुको मुर्तिलाई पुजा गरेको मुर्ति बनाएछन | र सबैलाई उनले भनेछन म भन्नु शिब हुन् र शिब भन्नु म हुम हामी  बिचमा फरक छैन भनेर सबैको चित्त बुझाएछन | त्यस पछी शिब स्वरूप मानेर लिंगआकार पुजा गरेपछि शिब प्रसन्न हुन्छन भनेर भनेका हुन् | बिष्णुलाइ आफु फटाहा हुन बाट बचाउन गरेको जुक्ति हो | त्यसपछी शिबलिंगलाइ शिब शक्ति रुपमा पुजा आराधाना चलेको हो भन्ने कथन किम्दन्ति छ |

( शिबलिंग बारेको थप भ्रम र यथार्थता बारेमा पाठकहरुलाई ज्ञान छ भने कृपया त्यसको बारेमा मलाइ लेखि पठाउन अनुरोध गर्दछु )

पुण्डरीअर्याल
०७/१२/२०१६

Leave a Reply