पुण्डरी अर्याल
पुण्डरी अर्याल

अध्यात्मको बाटोमा ७ (अर्थपूर्ण जीबन)

जिबनलाइ अर्थपूर्ण बनाउने सकिन्छ ?

के हामीले जिबन बेअर्थमा जिइ रहेका त छैनौ ? जीबन बिना अर्थमा बाचिरहनु, अथवा बिना अर्थमा बाचिरहेको भन्ने कुरा थाहा नपाउनु आफुलाई मुढ बनाउदै जानु हो | जीवनलाई बिना अर्थको यथास्थानमा राखेर मुढ भै बाचिरहन पर्यो भने कती सम्भव होला र ! जब बाच्नुको कुनै अर्थ छैन वा जिबनको मुल्यहिन सम्भावना भएको कुराको ज्ञान हुन गयो भने जीबन निरासाको पराकाष्टामा गइ नरकको मार्गतर्फ अर्थात बिनासको मार्गमा उत्सर्ग हुन पुग्ने छ | जो जस्तो अबस्थामा बाचेको छ र त्यसैमा रमाएर भोग गरिरहे त केहि भन्नु छैन | उसलाई त अगाडिको मार्गमा जान आबस्याकता नै छैन |
मानिस बेअर्थी जिबन ठान्दछ भने, नकारात्मक सोच बृध्दि हुदै जान्छ र निरासाको चरम बिन्दुमा पुगेर जीवन नष्ट गर्ने अबस्थामा पुग्ने गर्छ | जीवन बेअर्थीमा पुगे पछी निरासाबाट मुक्ति हुदै अर्थपूर्ण जीवनको लागि प्रयत्न गर्नु सकारात्मक प्रयन्त हो, जगत र जीवनको भन्दा पर अगाडीको बाटो तय गर्न आबस्याक छ |
प्राणी मध्येमा मानिसमात्र सबभन्दा चेतनशील प्राणि हो | सम्भाबनाको खोजि मानिसले अन्तिम समयसम्म नहारिकन खोजिरहन पर्दछ | उसले मन्जिल प्राप्त पनि गर्न सक्दछ | प्राणिहरुमा मानिसले मात्र गर्न सक्दछ | भौतिक सुखसयल कायम राख्नको लागी मानिसले आफ्नो सम्पूर्ण आयु खर्च गरेर जुटाउन कोशिस गर्दछ, जो नासवान छ | जो बाहिरी  आबरणको अस्तित्व जोगाउन मानिस जस्तो सुकै कुकर्म गर्न समेत पछी पर्दैनन , जुन सुकै स्तरमा गिर्न पनि तयार हुन्छ र गिर्छ पनि, जो व्यक्तिलाई तपाइँ हामीले महान देखिरहेका छौ, जो देश र जनताको लागि मसिहा हो भन्दै उसैको पछी दौडिरहेका छौ तिनै व्यक्ति सत्ता र सम्पतिको लागि हदै सम्मको निच भएको देखिरहेकै छौ | ती दुखि आत्माहरुले कहिले मुक्ति पाउने छैनन जसले  व्यक्तिगत फाइदाको लागी  जे पनि गर्न पछी परेनन ! ती दुखि र दरिद्र आत्माहरु त्यसैमा रमाउने छन् | रंगमंचको शान शौकतको जिबनबाट जब तल झर्छन | तिनीहरुको जिबन नर्क सरह हुने छ वा जीवन निरासामय भै अवसानको मार्गमा पुग्दछ |
मानिसले अर्थहिन जीवनवाट नै माथि उठेर परमात्माको खोजि गर्न र उसको साधिन्य प्राप्त गरेर जीवनलाई गरिमामय र अर्थपूर्ण जीवन बनाउन कोशिस गर्नु पर्दछ | बिनाअर्थी भै निरासा भएर जिबनलाइ अवसान अबस्थामा पुग्न खोजेका हुन्छन | तर यो अबस्थाबाट मुक्ति पाउन जनहरुले यो एउटा सम्भावना र चुनौती हो, यो महत्वपूर्ण अवसर पनि हो भनेर बुझ्नु पर्दछ | जब सम्म हामीले आफुलाई ब्रमाण्डको बिराट अस्तित्वको एउटा अंशको रुपमा ठान्दैनौ, तबसम्म हामि मुढ नै बनिरखेका हुन्छौ | जबसम्म हामीले आत्मा परमात्माको निकटबाट परिचित हुन सक्दैनौ, तबसम्म बिराट अस्तित्व अनुभूति नहुन पनि सक्दछ | यसर्थ मानिसले यस अस्तित्वको खोजि गर्न आबस्याक छ, यहि बिराट स्वरूप अस्तित्वबोधको लागि कयौ योगीहरुले बर्सौ लगाएर जिबन समाप्त गरेर उपलब्धि पाएका छन |
जसले आफुलाई चिन्न र खोज्न सक्दैन, उसले कसैलाई चिन्दा पनि चिन्दैन, न त चिन्न खोज्दछ | उसले बाहिरी  आबरणलाई मात्र सत्य ठानिराखेको हुन्छ | हरेक चिजको आवरणमा एक चिज हुन्छ भने भित्र अर्कै चिज हुन्छ यो सत्य हो | जो मान्छे अति नास्तिक हुन्छ, त्यो मानिसको अन्तरात्मामा भरपुर आस्तिक हुन सक्दछ | जसले अस्तित्वलाई स्विकारदैन, त्यहा अस्तित्वको प्रमाण भएको हुन्छ | नास्तिक व्यक्तिको आवरण कडा देखिन्छ, वास्तविक उ आस्तिक रहेको हुन्छ | क्रोध भित्र पनि करुणाको सागर बिध्यमान हुन सक्दछ | यो संसारलाइ प्रेमको उपहार ठानेर प्रेमलाई रोपौ भने प्रेमनै फल्छ | प्रेम नै सबभन्दा सत मार्ग हो | यहि लगावले मात्र हामी  त्यस मन्जिलमा पुग्न सक्दछौ | इश्वरको खोजि गर्न सक्दछौ | बिराट अस्तित्वको अनुभव गर्न सक्दछौ , परमात्माको नजिक पुग्न सक्दछौ | जिबनलाई अर्थपूर्ण बनाउन सक्दछौ | त्यो ज्ञान नभएसम्म हामीले एक अर्कालाई ठुलो सानो उच निच आदि बाहिरी आबरण अस्तित्वलाइ नै प्राथमिकता दिई राख्ने छौ | सम भाव, हामीमा आउन सक्ने छैन, डर त्रास, भय, इर्श्या, आदिमा बाचिराख्ने छौ, उन्मुक्त भएर बाच्न सक्ने छैनौ | उन्मुक्ति, भयरहित, परमात्मा समिप हुनको लागि योग साधना र ध्यानबाट सो अबस्थामा पुग्न सकिन्छ | जसले जिबनलाई अर्थपूर्ण, उन्मुक्त र सफल बनाउने छ |

१२/२७/२०१५

Leave a Reply