६. परमात्माको बारेमा !
जबसम्म आत्मा के हो भन्ने बुझिदैन तबसम्म परमात्मा बुझ्न सकिदैन । मैले जति बुझ्न सके त्यो मैले आत्माको बारेमा प्रष्ट पार्न खोजेको छु ।आत्माको बारेमा संक्षिप्त बुझ्न तल उल्लेखित श्लोकले निर्दृष्ट गर्दछ।
न प्राणेन नाक्पानेन मृत्योर्जीवती कश्चन ।
इतरेण तु जीवन्ति यस्मीन्नेतावुपाश्रितौ ।।
“जीवन न त प्राणको आश्रय हो न अपानको, यो त अर्कै बस्तुको आश्रय हो, जसमाथी प्राण र अपान आफ्नो अस्तित्वको लागी आश्रित छन्” ।
नैनं छिन्दन्ति शास्त्रानी नैनं दहती पावक ः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२३।।
भागवत गीता अध्याय २ श्लोक २३
अर्थः “आत्मालाई कुनै शास्त्रले काटन सक्दैन,त्यसरी नै अग्निले जलाउन सक्दैन ्र यसलाई पानीले भिजाउन, बगाउन, डुवाउन न त हावाले सुकाउन नै सक्छ ्र आत्मा मर्दैन, स्थुल सरिर नासवान छ” ।
यी माथिका श्लोकले आत्मा भनेको जीवको मालीक हुन अर्थात जीवलाई संचालन गर्ने शक्तिमान तत्व हो भनेर बुझ्न सकिन्छ । परमात्मा ब्रमाण्डको संचालक सर्बशक्तिमान तत्व हो ्र
परमात्मा शब्द आत्मासंग जोडिएर बनेको शब्द हो । परम ंआत्मा . परमात्मा, यसलाई व्याख्या गर्दा परम भनेको सर्बोत्तम र सर्बोच्च हो । परमात्मा भनेको सर्बोच्च आत्मा भन्ने अर्थ लगाइन्छ । आत्मा परमात्माको आंशिक तत्व हो भने परमात्मा सम्पूर्ण ब्रमाण्डीय सामर्थ तत्वको आत्मा हो । अर्थात अंग्रेजीमा आत्मालाइ कयग िभनिन्छ भने परमात्मालाई अयकmष्अ कयग िभनिन्छ । आत्माको पनी आत्मा नै परमात्मा हो ।
“अतीव शुक्ष्मं परमात्मतत्वं न स्थूल दृष्टया प्रतिपत्तुमर्हति”
अर्थ ः परमात्मा तत्व अन्त्यन्त शुक्ष्म छ । स्थूल दृष्टिव्दारा उसलाई कसैले देख्न सक्दैन र प्राप्त पनी हुदैन ।
परमात्मा निराकार, निरन्जन, सर्वव्यापी, शुक्ष्ममा अती शुक्ष्म, अविनाशिनी र सम्पूर्ण ब्रमाण्डमा रहेका दृष्टित वा अदृष्य सम्पूर्ण ग्रहहरु, ताराहरु, जड, किटपतंग, बनस्पति र जीवात्मा समेतलाई प्रकृतिको नियमनमा बाधेर संचालन गर्ने सर्बशक्तिमान तत्वलाइ नै परमात्म भन्न सक्दछौ ।
सम्पूर्ण ब्रमाण्डमा रहेका जड जीवात्मा भित्र लुकेर बसेको चैतन्य शक्तिको नाम नै परमात्मा हो । हामीभित्र रहेको तत्व परमात्माको शुक्ष्म तत्व हो अर्थात एउटा सानो बिन्दु मात्रै हो । त्यसैले आत्मा परमात्माको अंश मानिएको छ । हामी भित्र भएको आत्मा स्वरुपलाई हाम्रा इन्द्रियाहरुले चिन्न सक्दैनन । यदि हामी भित्र भएको बुध्दिमत्ताले आत्मबोध भयो भने आत्माको उपस्थितिको आभास पाउने छौ । जडमा रहेको परमात्मा तत्व सुसुप्त हुन्छ भने जीवात्मा भएको परमात्मा तत्व सुसुप्त नै हो तर हामी भित्र भएको बोध र बुध्दिमा भने अलिकती जागृत भएको अबस्था पनी हुन् सक्दछ। जुनदिन हामी बुध्दत्व प्रात गर्दछौ त्यतिखेर हाम्रो जागृत अबस्था हुने छ । संक्षिप्तमा भन्ने हो भने परमात्मा कुनै व्यक्ति होइन, परमात्मा भनेको यस जगतको नेपथ्यमा रहेको बुद्दिमत्ता अपारशक्तिको केन्द्र हो ।
कुनै पनि बस्तुको बिजले आफ्नो स्वरुप के बन्ने हो भन्ने पूर्ण रुपले जान्दछ । त्यो बिजले कस्तो र के फल दिलाउने भन्ने कुरा उसले भालिभाती जानेको हुन्छ । उसको पात हरियो की रातो बनाउने अथवा उसको हाँगा कति माथी पुर्याउने अथवा जरालाई कति जमिन भित्र पुर्याउने ताकि उसले आफ्नो जीवन बचाउन सकियोस । कस्तो फल फलाउने हो तितो मिठो भन्ने कुरा बिजलाई थाहा छ । त्यो बिजको बुद्दिमता हो । त्यो तत्व नै परमात्मा तत्व हो । । जगतको सारा जड, बनस्पति र जीवको अस्तित्व प्रारम्भमा स्थित बिजको बुद्दिमत्ताले भरिएको छ । संवेदना छ, चेतना छ, बन्नस्पतिमा पनी छ भने ढुंगा माटोमा पनी त्यस्तै सबेदना र चेतना भएको प्रमाणित गर्न सकिने छ । परमात्माको अर्थ सारा जगत संबेदनशिल छ । संबेदनहिनता हुनै सक्दैन । यस जगतको पछाडी एक बुद्दिमता छ, जसको कारणले यो सम्पुर्ण कुराको नियन्त्रण र नियोजन गर्दछ ।
कर्म आफैले फल दिने होइन, यस जगतको बुद्दिमत्ताले फल प्रदान गर्ने हो । प्रत्येक कर्मको पुरस्कार र दण्ड जगतको बुद्दिमत्ताले दिने हो । हामीले यस जगतप्रति गरेको जस्तो कर्म गर्दछौ, त्यसै अनुसारको कर्म जगतले हामीलाई प्रदान गर्दछ । संसारमा भलाइ गर्यो भने जगतले तपाइ हाम्रो जीवनमा पनी भलाइ नै गर्दछ । तर कहिले काँही भलाइ गर्ने क्रममा परिणाम स्वरुप नोक्सान भएको पनी हुन् सक्छ ? यहाँ कर्म को नियतमा पनी भर पर्दछ । नियत राम्रो राखेर गरिएको कर्मको फलले आफुलाई राम्रो फल नदिए पनी नोक्सान गर्दैन । नोक्सान गर्न गरिएको कर्ममा कसैलाई भलाइ भएको हुन् सक्छ ? तर त्यसको नियत भने खराब थियो । त्यस्तो अबस्थामा जगतको बुद्दिमताले फल दिने हो ।
यदि हामीले मुर्ख घमण्डीलाइ भलाइ गर्न खोज्यो भने उसले आफुलाई अपमानीत गराउन गरिएको भन्ने अर्थ लगाउन पुग्छ र उल्टो तपाइँ हामी माथी समस्या आउन पनि सक्छ तर बुध्दिमान मानिसमा राम्रो ब्यबहार गर्यौ भने असल परिमाण पाउन सकिन्छ । यदि संसार यदि जड मात्रै हो भने कुनै अस्तित्व नहुने भने त्यसको पछाडी कुनै बुद्दिमत्ता नहुने हो भने कर्मको फल कुनै हालतमा प्राप्त हुने थिएन ।
कहिले काँही आफुले भलो गरेको तर फल भने नराम्रो प्राप्त गरेको भन्ने धेरै सुनिन्छ । तर हामीलाई लागेको हुन सक्छ भलो गरेको तर त्यो आफ्नो अहम र स्वार्थको लागी गरिएको हुन् सक्छ ? हामीले आफुलाई लागेर होइन, त्यो जगतको बुद्दिमत्ता परमात्मालाई लागेको हुन पर्दछ । त्यसैले कर्मफलको बारेमा भागवत गीतामा श्री कृष्णले भन्नु भएको छ ।
कर्मन्येवाधिकारस्ते मा फलेषु कदाचन ्र
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोक्स्त्वकर्मणि ।। अध्याय २ ्र्र४७्र्र
अर्थः तिम्रो कर्म गर्ने मात्र अधिकार हो फलको लागि कदापि होइन अर्थात फल तिम्रो हातमा छैन, त्यसैले फलको आश, कामना र वासनायुक्त नभैकन आफ्नो कर्म र कर्तब्य गर ्र यसको अभिप्राय के पनी हुन् सक्छ भने यदि हामीले फलको आशाको कल्पना गर्दै कुनै काम गर्यौ भने कामबाट ध्यान अनेत्र गइ काम बिग्रन पनी सक्छ र त्यसको फल आशातित नपाइन पनी सक्दछ । अतयव आफ्नो पूर्ण दक्षताका साथ कुनै वासनायुक्त नभई ध्यान दिएर गरेको कामले फल अबस्यै दिन्छ भन्ने अर्थ लगाउन पनि सकिन्छ ।
परमात्मालाइ परमेश्वर पनी भनिन्छ । परमात्मा परमेश्वरलाइ निराकार, निरन्जन, सर्वव्यापी, शुक्ष्ममा अती शुक्ष्म, अविनाशिनी, र अदृश्य हुनुको साथै यस ब्रमाण्डको शृष्टि कर्ता मानिन्छ । परमात्मा परमेश्वरलाई न आजसम्म न कसैले देखेको छ, न त कसैले यो नै परमात्मा परमेश्वर हो भनेर प्रमाणित नै गर्न सक्दछ । त्यसैले मलाइ लाग्दछ परमात्मा निराकार, निरन्जन, सर्वव्यापी, शुक्ष्ममा अती शुक्ष्म, अविनाशिनी र अदृश्य र यस ब्रमाण्डको शृष्टि कर्ता हुनुको साथै एक रहस्यात्मक अलौकिक दिव्य शक्तिपुञ्ज हुन । जसले यो ब्रमाण्डमा व्याप्त सृष्टि र प्रकृतिलाइ आफ्नो नियन्त्रणमा सन्तुलन राखेर संचालन गरिराखेको अनुभूति गर्न सकिन्छ ।
मानवजातीले मानी राखेका धर्म इशाई, इश्लाम, यहुदी र हिन्दु र हिन्दुधर्मका अनेक शाखामा मानिने भगवान, देवी, देवता, यशु , मोहम्मद, बुध्द, राम कृष्ण जति पनी मानिराखेका छौ । काँही न काँही सर्बसाधारण मानिसमा भन्दा परमेश्वर परमात्माको अंश केहि बढी भएकोले हामीले देवता मानिराखेका छौ । येशुले आफुलाई परमेश्वरको पुत्र बताउनु भएको छ । इश्लामहरुले पनी अल्लाहलाई परमेश्वर मानेका छन् र मोहम्मदलाई अल्लाहका दुतको रुपमा मान्दछन ।
ईश्वरः सर्वभुतानां हृद्देशे अर्जुन तिष्ठति ।
भ्रामयन्सर्वभुतानि यन्त्रारुढानि मायया ।।६१।।
तमेव शरणं गच्छ सर्वभावेन भारत ।
तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसी शाश्वतम् ।।६२।।
भागवत गीता १८र ६१(६२
भावार्थ ः “परमात्मा परमेश्वर शरिररूप यन्त्रमा आरुढ़ भएका सम्पूर्ण प्राणीहरुमा आफ्नो मायारूप शक्तिले घुमिरहेर सबै प्राणीहरुको हृदयमा निवास गर्नुहुन्छ । हे अर्जुन ! तिमि सम्पूर्ण भावले परमेश्वकै शरणमा पर । उही परमात्माको कृपाले परम शान्ति र सनातन परमधाम प्राप्त हुन्छ” ।
सर्वयोनिषु कौन्तेय मुर्तयः सम्भवन्ति याः ।
तासां ब्रह्म महद्योनिरहं बिजप्रद ः पिता ।।४।।
भागवत गीता अध्याय १४र ४
अर्थः “ हे कुन्ती पुत्र समग्र योनीमा जति स्वरुपको प्राणीहरु उत्पन्न हुन्छन ति सबैको प्रकृति गर्भाधार्ण गर्ने आमा हुन र म परमेश्वर बिज स्थापना गर्ने पिता हुम “।
तर भगवान श्रीकृष्णले भागवत गीता अध्याय १४ को श्लोक ४ भने आफुलाई नै परमात्मा परमेश्वरको रुपमा मान्न भन्नु भएको छ । साँचो हो भने श्री कृष्णको जन्म मायावी तरिकाका अवतरण भएको थियो यात कृष्णका भक्तहरु ( प्रत्यक्ष्य दर्शी संजय) ले अतिरन्जित व्याख्या गरेका हुन ? श्री कृष्ण इश्वर र देवताको रुपमा सर्ब स्विकार्य त हुदै हुनुहुन्छ । भगवान र देवता समेत परमात्मा परमेश्वरको इक्ष्याले मात्र यस धर्तीमा अवतरण हुन पाउदछन । परमात्मा परमेश्वर इक्षा मुताबिकको यो संसारलाइ पथ प्रदर्शन गरेको अनुभूति गर्न सकिन्छ ।
संसारमा यस्ता थुप्रै बस्तुहरु छन जो अन्त्यन्त महत्वपूर्ण र सुक्ष्म छन् जसलाई हामीले देख्न सक्दैनौ । तर त्यो नभए प्राणी र बनस्पति र संसारको कल्पनासम्म गर्न सक्दैनौ । उदारहणको लागि हावालाइ लिउ । जुन हावामा हामीलाई चाहिने प्राण वायु अक्सिजन हुन्छ । यो बिना जीवनको कल्पना पनी गर्न सकिदैन । कार्बनडाइअक्साइड बनस्पतिलाइ नभई नहुने हुन्छ । यसैको सहारा लिएर बनस्पतिले सुर्यको प्रकाशसंग फोटोसेन्थेसीस गरि आफ्नो खाना बनाउछ र मानिसलाई चाहिने अक्सिजन उत्पादन गर्दछ । हामीले आफ्नै आँखा अगाडी भएको बस्तुलाई त देख्न सक्दैनौ भने परमात्मा परमेश्वरलाई कसरि देख्न सकिन्छ ? हामीले संसार देख्ने आफ्नै आँखा पनी आफैले देख्न सक्दैनौ । त्यसको लागी त ऐनाको सहयोग चाहिन्छ भने अझं मान्छेको मन, बुद्धि, आत्मालाई कसरि देख्न सकिन्छ ?
यदि मानिसमा आत्मज्ञानको ढोका खुलेको अबस्थामा परमात्मको अनुभूति पाउन सक्छ होला ? तर त्यो सौभाग्य सबैले कहाँ पाउछन र ! परमात्माले शृष्टि गरेको कुनै एउटा पदार्थको गुण धर्म र उपयोगिता पत्ता लगाउनेलाइ हामीले बैज्ञानिक भनिराखेका छौ । मानिसहरु भन्दछन परमात्मा अस्तित्व कहाँ छ ? कसले देखाउन सक्छ ? भन्दछन । जसले आफुले प्रत्येक क्षण सास लिने प्राण वायु त देख्न र देखाउन सक्दैन भने यो ब्रमान्डको भवचक्रको ब्यबस्थापन गर्ने परमात्मालाइ कसले देख्न र देखाउन सक्छ र ?
त्यसैले आत्म ज्ञानी मानिसहरुले परमात्माको अस्तित्व स्विकार्ने हो । उसको खटनपटन मार्गदर्शन गरेको कुरा अनुसरण गर्ने हो । हामीले देखेरहेका कुराहरु सत्य नहुन पनी सक्छन, नदेखेका कतिपय कुराहरु सत्य पनी हुन्छन । यो सारा श्रीष्टि अन्त्यन्त रहस्यमय छ । यसलाई आत्मसात र आत्मज्ञान प्राप्त गर्न अन्त्यन्त कठिन छ । आत्मज्ञान र आर्जित ज्ञानको कमि भएपछि मान्छेले खान लाउनलाइ कै लागी उसले जीवन कठिन भन्दा कठिन काम गर्न पर्ने हुन्छ ।
वास्तवमा भन्ने हो भने खान त चरा मुसाले पनी खाएकै छ भन्नु हुन्थ्यो हाम्रा पिता माताले । धर्तीमा मान्छे भएर जन्मेपछी यो संसारलाई केहि न केहि दिएर जानु पर्छ अर्थात असल कर्म गरेर मात्र जानु पर्छ । खराब कर्म गरेर आफ्ना सन्ततिलाई पापको भार बोकाएर जति सम्पती जमा गरेर गए पनी सन्तानको कल्याण हुदैन भन्नु हुन्थ्यो मेरो बुवाले पनी ।
वास्तवमा हामी मानव परमेश्वरका नै सन्तान हौ । माता पिता हाम्रा माध्यम हुन । त्यसैले हामीले आफ्ना मातापितालाइ परमेश्वर कै दर्जा दिएका पनी छौ । मानिसहरुले यस धर्तिमा यो प्रकृति र समस्त प्राणीहरुको उद्दार र संरक्षण गर्दा परमात्माको अभिप्राय पुरा हुन्छ । परमात्मको शक्तिपुञ्ज शौर्य बढेर जाने छ । बिभिन्न योनीहरुलाई पारगरेका आत्माहरुलाइ मुक्ति प्रदान गर्न परमात्मा आतुर हुनुहुन्छ भन्ने आत्मज्ञानीहरुले भनेको सुनेको छु । सबैले आआफ्नो बुद्दिको क्षमता अनुसार परमात्मालाइ बुझ्ने हो । मैले परमात्मा परमेश्वरलाई यसरी बुझेको छु ।

oooooo
 

Leave a Reply