५. आत्माको बारेमा ?
संसारमा दुइ किसिमका मान्छेहरु छन् । ति हुन एउटा भौतिकवादी र अर्का हुन् आध्यात्मवादी । यहाँ आत्माको बारेमा केहि लेख्नु भन्दा अगाडी भौतिकबादिका बिचारलाइ पनी जान्न आबस्याक छ । भौतिकबादीले मान्छे जन्मेर यही जीवनमा जे गर्न सकिन्छ यही नै गर्ने हो । आफुले गरेको कुकर्म सुकर्मको फल अर्को जन्ममा पाइन्छ भन्ने कुरा गलत हो मरेपछी सबै कुरा सकिन्छ । भन्ने मान्यता राख्दछन भने आध्यामिक मान्छेले आत्मा परमात्मा, जन्म पुनर्जन्म र कर्मफल भोग्न बाध्यकारी हुन्छ भन्ने मान्यता राख्दछन । मान्छे मरेपछि सकियो । न मरेको मान्छे फेरी जन्मेर आउछ, न कसैले देखेको छ, न पहिला जन्ममा म यस्तो थिए र यो जन्ममा यहाँ जन्मन पुगे भनेर नै पुष्टि गरेको पाइन्छ ।
यदि कसैले भन्यो पनी कसैले मान्ने पक्षमा छैनन् । चार्वाक ( नास्तिक दर्शनका प्रवर्तक) का अनुयायीहरुले आत्मा र पुनर्जन्ममा बिश्वास गर्दैनन् । उनीहरुलाई आत्मा र पुनर्जन्म र कर्मफलका कुराले छुदैन । उनीहरुको लागी यो संस्कृतको श्लोकले निक्कै बल पुर्याउछ ।
न स्वर्गो नाक्पवार्गश्च आत्मा नो पारलौकिकः ।
यावज्जीवं सुखं जीवेद् ऋणं कृत्वा घृतं पिवेत् ।।
माथीको श्लोकको अर्थ यस्तो छ ः “ न स्वर्ग छ , न मोक्ष छ, परलोकमा जाने आत्माको पनी कुनै अस्तित्व छैन त्यसैले मान्छे बाचुन्जेल सुख भोग्नु पर्दछ, सुखले बाच्नु पर्दछ, ऋण गरेर भएपनी घ्यु खानु पर्दछ” भन्ने भनाइ हो । पहिलेका नास्तिकहरुले कमसे कम ऋण गरेर घिउ खाने कुरा गर्थे र घिउले शारीरिक रुपमा तिनलाई त फाइदा गर्थ्यो । तर आधुनिक नास्तिकले त “खाओ पिओ मोज गरो” भन्छन रक्सि सुरा सुन्दरीमा लिप्त भै क्षणिक आनन्दको लोभले सरिर क्षीण बनाइरहेका छन । धन प्राप्तिको लागि जतिसुकै कुकर्म गर्न पनी पछी पर्दैनन । पाप धर्मको कुनै चिन्ता छैन ।
यहि कारणले अहिलेको दुनियामा भ्रष्टाचार, व्यभिचार, अन्याय र लुटतन्त्र मचाउन कोइ पछि पर्दैनन् । एक चोटी पोलिएर नास भएको सरिर वा सरिरसंग नास भएको आत्मा कसरि फर्कन सक्छ ? आधुनिक बुद्धिजीवि भन्नेले भनेकै छन तर पनी थुप्रै बैज्ञानिकहरुले भौतिक जड पदार्थ भन्दा माथी पराभौतिक तत्व छ भन्ने अनुभूति गरेका छन । कयौ यस्ता डाक्टरहरु छन उनीहरुले सरिरको अबस्था सबै ठिक भएका मान्छेलाइ अप्रेसनपछि बाच्न नसकेको र कुनै पनी हालतमा बाच्दैनन भन्ने बिमारी मान्छे बाँची राखेको देखेका छन् । प्रत्येक क्षण डाक्टरले नयाँ रोग र नयाँ चुनौतीको सामना गर्न परिरहेको छ । नयाँ समस्याहरुलाई समाधान गर्न सक्ने क्षमता कसले प्रदान गर्छ । त्यहि कुरा अलौकिक छ । संगीतको आत्मा संगीत नै हुन् सक्छ ! बाद्ययन्त्र संगीतको साधन मात्रै हो । जबसम्म साधकले यी यन्त्रबाट संगीतको सृजना गर्दैन । तवसम्म यी यन्त्रहरु मृत समान छन । जसरि संगीतलाइ दर्शाउन बाद्ययन्त्र चाहिन्छ त्यसै गरि आत्मालाइ सरिरको आबस्याकता हुन्छ । हामीहरुले आत्माको अनुभुती बिना अन्जानमै सरिरको रचना गरिरहेका छौ । हाम्रा शास्त्रहरुमा आत्माको बारेमा यसरी संस्कृत श्लोक लेखिएको छ ।
न प्राणेन नाक्पानेन मृत्योर्जीवती कश्चन ।
इतरेण तु जीवन्ति यस्मीन्नेतावुपाश्रितौ ।।
“जीवन न त प्राणको आश्रय हो न अपानको, यो त अर्कै बस्तुको आश्रय हो, जसमाथी प्राण र अपान आफ्नो अस्तित्वको लागी आश्रित छन्” ।
माथिको श्लोकले मान्छेको सरीर त्यो आत्माको आश्रय स्थल हो, जहाँ जीवतत्व आत्मामा आफ्नो अस्तित्व कायम राख्न प्राण र वायु आश्रीत छन । भन्न खोजिएको छ । यदि मानिसले आफुलाई म को हुँ भनेर चिन्दैन भने, जिबनको स्वरुप बुझ्दैन भने, उसले आफ्नो आदर्श उदेश्य के हो भनेर बुझेन भने जीवनको संचालकको बारेमा जान्ने कुरै आउदैन । अज्ञान स्वरुपमा गरिएको कर्मबाट तृप्ति कसरि हुन् सक्छ ? बास्तवमा प्रकृति नै मानवजगतको ज्ञानको क्षेत्र हो र परमात्माको रचना पनी हो । मानिसको इन्द्रियाव्दारा उत्पन्न बुध्दि ज्ञानबाटै नै सम्पूर्ण नयाँ आविष्कार र नयाँ बस्तुको निर्माण भएको हो । हामीले अरुको बारेमा धेरै ज्ञान बटुल्ने गर्दछौ, तर आफुले आफैको बारेमा के हो ? भन्ने पटक्कै जान्दैनौ । जुन मानिस अध्यात्मबाट अभिप्रेरित भएको हुन्छ । त्यहि व्यक्तिले मात्रै आत्म, परमात्म, लौकिक, अलौकिक, जन्म पुनर्जन्म र मृत्युको बारेमा खोज गर्न आतुर हुन्छ । उसैले म को हुँ ? भनेर आफुले आफैलाई सोध्न पुग्दछ । म को हुँ भन्ने प्रश्नको उत्तरको रुपमा आत्मा परमात्मा हाम्रा अगाडी आउदछन । मानवको सरिर र मानवमा भएको कर्मेंद्रिय र इन्द्रियहरुको संचालन कसले गरिरहेको छ ? को बाट संचालित छ ? कुनै पनी परिस्थितिलाई कसरी सामना गर्ने भन्ने कुरा सुझाब मन भित्रैबाट कसले भनिरहेको छ । यी सारा बोध हुनु भनेको आत्मबोध हो र मानवलाइ सहि वा गलत बाटोमा निर्दृष्ट र संचालन गर्ने तत्व भनेको आत्मा हो । भन्ने कुरा प्रामाणित गर्न सकिन्छ ।
बैज्ञानिकहरुले हालै सोफिया नामक रोबोटको निर्माण गरे । सोफियाले दुनियाको बारेमा बोल्न सक्ने मान्छेलाई देख्न सक्ने कुरा गर्न सक्ने पुस्तक पढन सक्ने समेत बनाएर संसारलाई चकित बनाए । ति सोफिया भीत्र प्रोग्रामिङ्ग गरेका कुरा भन्दा बाहिरका कुरा आउने बित्तिकै अवाक हुन्छिन । यसो हेर्दा मानब जस्तै बोल्छिन हिडन सक्छिन, देख्न सक्छिन, साच्चै भन्ने हो मान्छे जस्तै धेरै कुरा गर्न सक्छिन । तर उनि भित्र राखिएको प्रोग्राम भन्दा बाहिर जान सक्दिनन, उनमा गति दिनको लागी पावर अर्थात करेन्ट अफ गरियो भने उनि निस्क्रिय हुन्छिन । करेन्ट त अदृश्य छ । सोफिया भित्र जीव छैन न त जीवत्व छ, उनी आत्मा बिहिन मेसिन मात्र हुन । मानौ ः मान्छे आफैमा सुपर कम्युटर हो । जीवलाई परमात्माव्दारा स्त्रीपुरुषबाट घटित संगम गराइएर जन्माइएको हो भने मानवभित्र रहेको प्रोग्रामर यसको आत्मा हो । आत्माले मदरबोर्डमा प्रोग्रामिङ्ग गरेर स्वचालित बनाइएको हुन्छ । बेग्लै परिस्थिति आउने बित्तीकै प्रोग्राम बदल्न सक्छ, तुरुन्त नयाँ बनाउन सक्छ ।
मान्छे भित्र जुन जीव तत्व छ, त्यहि नै आत्मा हो । यो आत्मा सरिरको कुन भागमा छ ? यसरि प्रश्न गर्दा यसको उत्तर यो हुन् सक्छ, जसरी परमात्माको उपस्थिती ब्रमाण्डको जड, स्थल वा प्राणीमा अर्थात सर्बब्यापी छ, त्यसैगरी यो आत्मा सरिरको जुन सुकै भागमा पनी व्याप्त छ । अनी आत्मा सरिर मर्दा संगै मर्छ ? भन्ने प्रश्नको उत्तरमा भागवतगीता अध्याय २ श्लोक २३ यस्तो भनिएको छ ।
नैनं छिन्दन्ति शास्त्रानी नैनं दहती पावक ः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।२३।।
भागवतगीता अध्याय २ श्लोक २३
अर्थः “आत्मालाई कुनै शास्त्रले काटन सक्दैन त्यसरी नै अग्निले जलाउन सक्दैन ्र यसलाई पानीले भिजाउन, बगाउन, डुवाउन न त हावाले सुकाउन नै सक्छ ्र
आत्मा मर्दैन, स्थुल सरिर नासवान छ” ।
यो नित्य स्वरुप आत्मा न उत्पन्न हुन्छ, न त मर्दछ, न कुनै कारणबाट उत्पन्न भएको छ । न आफै केहि बनेको छ ः त्यो अजन्मा नित्य, सनातन, एवं पुरातन छ, शरीर मरेर गए पनी त्यो मर्दैन । कसैले नास गर्दैमा आत्माको नास हुदैन । त्यो अणु भन्दा पनी सुक्ष्म छ, महान भन्दा पनी महान छ । त्यो तपाइँ हाम्रो भित्र छ, त्यो तपाइँ हाम्रो स्वरुप हो । त्यसैलाई हामीले चिनौ त्यसको महिमा बुझौ, हाम्रा शोक विषाद, भ्रम सबै निर्मूल हुने छन । हामीले मरेको भन्ने मान्नलाइ हाम्रो शरीरबाट जीवात्माले शरीर छोडेर जानुलाई नै भनिएको छ ्र मान्छे आफ्नो प्रारब्धमा रहेको आयु बाचेर स्थुल शरिरको मृत्यु भै अदृश्य जीवात्मामा परिणत हुन्छ ्र उक्त जीवात्मले पुन अर्को शरीर ग्रहण गर्दाको अबस्थामा पुनर्जन्म भएको मानिन्छ अथवा जन्म भएको मानिन्छ ्र त्यसैले हामी भित्र भएको जीवात्मा न त जन्मेको हो न त मरेकै हो ्र
हरेक जीवात्मा फरक फरक हुन शर्वशक्तिमान परमेश्वरले प्रत्येक जीवात्मालाइ भिन्न भिन्न रुपमा प्रदान गर्नु भएको छ । त्यति मात्रै होइन प्रत्येकको म्ल्ब् र ँक्ष्ल्न्भ्च् एच्क्ष्ल्त् समेत छुट्टै छन । एक आपसमा मिल्दैनन । एउटै आमा बाबुबाट जन्मेका छोरा छोरीमा समेत रुप रंग स्वभाव र सरिर समेत फरक पाउदछौ । त्यसैले एउटै आमा बाबुको बिर्य र गर्भासय त एउटै थियो किन एक समान भएनन । उनका सन्तानहरु ? यसको उत्तर के भने प्रत्येकको आत्मा फरक छन । उनीहरुको कर्म बन्धनबाट बाधिएर फरक फरक आत्माहरुले उनको गर्भमा बास पाएको हुनाले फरक स्वभाव, फरक रुप रंग सरिर पाएका हुन । त्यसैले म भनेको तपाइले देख्नु भएको शरीर होइन । ती आत्मा हुन । कर्मबन्धनबाट मुक्त भएपछी फेरी आत्मा मुक्त हुन गइ परमात्मा कै स्वरुपमा एक रुप हुन् पुग्दछ ।

ooooo

Leave a Reply