४. मानवता र मानव धर्म
मानिसमा हुने प्राकृतिक गुणवत्ता दया, माया, करुणा, परोपकारी भावनात्मक सम्बेदनशिलतालाइ नै मानवता भन्दछौ । आज संसारमा अनेकौ धर्म छन र ति सबै आफ्नै धर्म सर्बश्रेष्ठ हो भन्दछन । उनीहरुले आफु भन्दा भिन्न धर्मको बिरुध्द वा जातको बिरुध्द अथवा अनुयायीको बिरुध्द आततायी ब्यबहार गरिरहेका कयौ परिघटनाहरु हाम्रा अगाडी छन । जब मानिसहरु धर्मका पाखंडबाट माथी उठेर सम्पूर्ण मानवलाई एक स्वरुप देख्दछ र उनीहरु प्रती बिना पूर्वाग्रह समान रुपले दया माया करुणा दर्शाउन र परोपकार गर्न सक्दछ र उसलाई बिना शर्त सेवा गर्न सक्दछ भने त्यो नै मानव सेवा हो । त्यो नै मानवता हो ।
त्यसैलाई मानव धर्म पनी भन्न सकिन्छ । युनानी दार्शनिक पाइथागोरसले भनेका छन् ः सम्पूर्ण बस्तुहरुको मापदण्ड नै मानिस हो । अर्थात बौध्दिक जगतको केन्द्र मनुष्य नै हो । संसारका कुनै पनी दार्शनिकहरुमा मानवता छैन भने दार्शनिकको कुनै अर्थ छैन। फ्रंसिली क्रान्ति भन्दा अगाडी जुन विचारधारा चल्यो, त्यसमा मानवतामा बढी जोड दिन थालिएको थियो । फ्रान्सेली दार्शनिक अगस्त कोम्तेले आफ्नो उयकष्तष्खभ उजथष्यिकयउजथ नामक ग्रन्थमा मानवता धर्मको बारेमा बिबेचना गरेर मानवतालाइ धर्मको रुपमा लिन थालिएको थियो । जसमा उनीले भनेका छन सृष्टिको मूल तत्व खोजिरहेर केहि लाभ छैन, त्यो अगम्य छ, बुझिसाध्य छैन । यसैको आधारमा आदिम मान्छेले सरल हिसाबले आफ्ना सामुन्ने देखिने रुख, पहाड, आगो बतास पानीलाई देवता मान्न थालेका थिए । यस बिचारलाई तजभययिनष्अब िभन्दछन । तर पछि यो कुरा बाट सन्तोष नभएपछी जुनसुकै पदार्थमा कुनै न कुनै अलौकिक तत्व छ भन्ने मान्यता यसलाई उनले mभतबउजथकष्अब िबिचार भन्दछन । उनले सबै दृष्टिकोणबाट समाजको अध्ययन गरेर समाजशास्त्र रचना गरे र निष्कर्ष पुगे कि समस्त मानव(जातीप्रति प्रेमभाव राखेर उसको कल्याणका लागी सदैब प्रयन्त गर्नु नै मनुष्यको परम धर्म हो ।
मानवताबादीहरुले कुनै पनी धर्म भन्दा मानवतालाइ महत्व दिएका हुन्छन । मानवहरुको बाच्नकोलागी चाहिने न्युनतम आधारभूत आबस्याकता उनीहरुको इक्षा परिपूर्ति गर्नु पर्दछ र गरिनु पर्छ । मानवतावादिहरुले मात्र मानव जीबनलाइ खुसहाली बनाउने तरिका खोजिरहेका हुन्छन । मानवतवादीहरुले कुनै अलौकिक कुरा र इश्वरीय अस्तित्वलाई र पुनर्जन्मप्रती बिश्वाश नगरे पनी मानव सेवालाइ धर्मको रुपमा स्विकार्नु सकारात्मक मान्न सकिन्छ ।
संसारका नामी दार्शनिकहरु प्लेटो, एरीस्तोटल, सुकरात, भोल्टेयर, मार्क्स एंगेल, कन्फुयास, लाओजि, चाहे बुध्दिज्म होस् वा बिभिन्न राजनीतिका दर्शन प्रजातन्त्र, लोकतन्त्र वा समाजवादी ब्यबस्थाको खोज गरेका छन । अर्थात जति पनी बैज्ञानिक अनुसन्धानबाट प्राप्त उपलब्धिहरु छन ति सबै मानवको सुख सुबिधाको लागी भनेरै गरिएको हो । तर पनी मानवता मानव धर्मको रुपमा स्थापित हुन् सकेन । आजको दुनियामा ठुला राज्यहरुका शाशकहरुको अहंकारले गर्दा ससाना मुलुकका गरिव जनताले युध्दको विभीषिका व्यहोर्न बाध्य छन ।
आजको दुनिया मानवताको पक्षधरमा कोइ छैन । इज्म अर्थात वादको बन्धनमा फसेको छ । जब मान्छे वाद र सिध्दान्तमा फस्दछ, त्यस वादको नाममा गरिने सम्पूर्ण अपवित्र र दुष्कर्मको पनी स्वतः भागिदार बन्न पुग्दछ । मान्छे राजनैतिक दल संगठनबाट बाहिरिने डरले सत्य कुरा बोल्न सक्दैन न त खराब कर्मको बिरोध नै गर्न सक्दछ । त्यसलाई स्वीकार्नुको अर्थ हुन्छ आफ्नो स्वतन्त्र बिचारलाइ बन्धनमा पार्नु । त्यस वादको नाममा गरिने सम्पूर्ण अपराध अपवित्र अमानवीय दुश्चक्र समेतलाइ स्विकार्नु पनी हो ।
यसरी मानिसहरु वादको पछि लागेर आफु दाश भएका छन । मानिसहरुको लोभ, पाप र डरले कुनै न कुनै वाद वा कथित सिध्दान्तमा नबाधिइकन बस्ने आँटै गर्न सक्दैन । आफ्नो स्वतन्त्रता आफ्नो स्वतन्त्र अभिव्यक्ति वादरुपी पिन्जरा भित्र समर्पण गर्न पुग्दछन । कुनै पनी धर्म, सम्प्रदाय किन नहोस, न राजनैतिक पार्टी किन नहोस । राजनैतिक पार्टी वा धार्मिक सम्प्रदायहरूले मानिसहरुलाई बिभिन्न बिचार र सिध्दान्तको वाद लादेर मान्छेका स्वतन्त्र स्वच्छ प्राकृतिक भावनालाई अधिनस्थ बनाउने संस्था मात्र बनेका छन ।
यी संस्थाहरुले मानवहरुमा जाती धर्म र वादका नाममा फुट कलह इर्श्या सिर्जना गराएर एक आपसमा लडाएर छिन्न भिन्न गराउदै केहि सिमित बर्गको सुख सुविधाकोलागी सम्पत्ति आर्जन गर्ने क्रियास्थल बनाएका छन । जसले फाइदा लिई राखेको छन । उसलाइ यो कुरा थाहा छ तर जसले फाइदा लिन सकेको छैन मात्रै, तिनीहरुको लठैत बनेका छन । उसले एक मिनेट शान्त भएर मनन गरेकै छैन । हावैमा पिछलग्गु भई हिडेको छ ।
यसरी मानवता भन्ने कुरा मानिस मानिस बीच हराउदै गैरहेको छ । संसारमा आज कुनै यस्तो देश छैन, जहाँ धर्म र वाद बिचमा झगडा नभएको होस् । यसरी एक अर्कामा धर्म र वादका बिबादले मर्न र मार्न तम्तयार छन । धर्म र वादहरु कमाइ खाने पाखन्डीहरुले साधन बनाएका छन । मानवता भन्ने कुरालाई सबैले तिलाञ्जली दिएका छन । आजको विश्वमा मानव अधिकारको कुरा दरिलो हिसाबले उठिरहेको छ । तर त्यहि मानवाधिकार संघ संस्था नै सरकार र राजनैतिक पार्टीको स्वार्थ पूर्ति गर्ने अखाडा बनिराखेको छ । मानवाधिकारले अपराध हुन बाट कसरी जोगाउने भन्ने भन्दा पनी अपराधीलाई कसरी सुबिधा दिने कुरामा रुचि राखेको देखिन्छ । ति संस्था ठुला बडालाई उम्काउने र जोगाउने काम गरेको मससुस हुन्छ । जब न्यायालयहरु पैसामा बिकेर अपराधीलाइ उन्मुक्ति दिन्छन भने मानवता त्यो क्षेत्रमा समेत अभाव भरहेको छ ।
आज परमार्थको स्थान दम्भले, सेवाको स्थान स्वार्थ साधनले, कर्तव्यको स्थान छलकपटले , भक्तिज्ञानको स्थान आडम्बरले, दानको स्थान छोरीले, बजारको स्थान कालो बजारले, नाफाको स्थान लुटले, शुद्दताको ठाउमा मिसावटले लिएको हुनाले सम्पूर्ण मान्छेको मन पैसारुपी सैतानले लिन पुगेको छ । दिन प्रतिदिन मानिसहरुको नैतिकता पतानोन्मुख भएको छ । यसरी मानिसहरु बीच मानवताको अभाव खटकिरहेको छ । कसैलाई आपत बिपत परेको बेलामा निश्वार्थ भइ सहयोग गर्नु पर्नेमा उनीहरुको कमजोरीको फाइदा उठाएर उनीहरुलाई नै शोषण गर्दछन ।
युध्दका लागी अमेरिकाले सामरिक संसाधन र डिफेन्स डिपार्ट मेन्टलाइ प्रतिवर्ष ७०० बिलियन डलर छुट्याउने गर्दछ । अर्थात ७ खर्ब डलर यसको लगभग ८४ खर्ब नेपाली रुपिया हुन्छ । संसारमा १७ खर्ब डलर भन्दा बढी युध्दको लागी खर्च गरिन्छ । सुरक्षा र युध्द सामग्रीको संसारमा खर्चिने रकमको ४१ प्रतिशत भन्दा बढी अमेरिकाले मात्र खर्च गर्दछ । सबै संसारमा सुरक्षा र युध्द सामाग्रीको लागी यति थलो रकम गरिने खर्च गरिन्छ । तर संसारमा करोडौ मानिसहरुमा भोकमरीमा छन । भोकमरी, रोग, गरिबी, अशिक्षा, बेरोजगारी समेतका अनन्य मानवीय समस्या छन । तरपनी यस दिशा तर्फ कुनै देशका नेताहरुले सोचेको देखिदैन । सबैले आफ्नो साम्राज्य बनिरहोस भन्ने चाहन्छन ।
संसारमा युध्द हुनु हुदैन भन्ने आवाज यसरी दबेको छ की त्यो आवाज पातालमा भासिएर जादै छ । केही दार्शनिक र बिध्दान ब्यक्तित्वको आवाज मात्र बन्न पुगेको छ । आजको राजनीति साधारण जनतालाइ युध्दको त्रास देखाउदै भोट बैक बनाउने, सत्तामा आशिन हुने र राज्यको ढुकुटीमा हाली मुहाली रजाइ गर्ने सोच राखने नेता मात्रै सफल भएको देख्दछु । जात जातमा लडाउने, धर्म धर्म बिचका अनुयायी बिचमा दंगा फसाद मचाएर आफ्नो स्वार्थ सिध्दी तर्फ कयौ राष्ट्रका नेता लागेको स्पष्ट देख्न सकिन्छ । दिन प्रतिदिन प्रकृतिमाथिको दोहन अतिक्रमण र मानवहरुलाई गरिने शोषणले समस्या ग्रस्त देशहरुमा जबर्जस्ती युध्द थोपर्ने परिपाटीले संसारमा मानवता भन्ने चिज नै हराउदै गएको छ । मानवता भन्ने व्यवहार पाउने अपेक्षा अबका मानिसले कल्पना गर्न पनी नसक्ने अबस्था आइसक्यो । केहि दार्शनिकले मानवता नै मानव धर्म हो भनेर स्थापित गराउन खोजे पनी यो धर्मको स्थान लीन सकेन र सक्दैन पनी । जबसम्म संसारमा लोभ र पापको अस्तित्व रहिरहन्छ तबसम्म मानवधर्म स्थापित हुन सक्दैन ।
जबसम्म मानिसमा आध्यामिक चिन्तनको बिकाश गर्न सकिदैन अर्थात जबसम्म मान्छे आध्यामिक हुदैन त्यसले मानवसेवा गर्नै सक्दैन । बिना आध्यामिकता मानीसभित्र मानवता जाग्दैन । उ भित्र सम्बेदन शिलताको भावना जन्मिदैन ।
अयं बन्धुरयं नेति गणना लघुचेतसाम्।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।
अर्थः यो मेरो आफ्नो हो यो आफ्नो बन्धु होइन जसले भन्छ त्यो सानो चित्त भएको मानिसले गर्दछ । उदार हृदय भएको मनुष्यले यो धरतीमा भएका सबैलाई आफ्नै बन्धु हुन भन्ने मान्दछ । “वसुधैव कुटुम्बक” भावना अध्यामिक मानिसहरुको हृदयमा मात्र अबस्थित हुन्छ ।
oooo