३ . हिन्दु धर्म
“बैदिक सनातन धर्म” कसरी हिन्दु धर्मको नाममा स्थापित हुन् पुग्यो ? वास्तबमा हाम्रो धर्म हिन्दु होइन । हाम्रो धर्म भनेको बैदिक सनातन धर्म नै हो । जुन बेला यस धरतीमा बेद भन्दा पुरानो कुनै पनी धर्मको पुस्तक थिएन । बेदलाई सामन्यकरण गर्दै बेदबाट कयौ उपनिसद्को रचना भए । त्यसैले हामीले मान्ने धर्म भनेको बैदिक धर्म नै हो । जुन मान्दै आइरहेको हुनाले यसलाई सनातन भनियो । यो हाम्रो धर्म यो धर्तीमा सबभन्दा पुरानो हो । यस धर्तीमा मानवको पदार्पण भएपछी सर्ब प्रथम स्थापित भएको धर्म नै बैदिक सनातन धर्म हो । त्यसैले यस धर्मलाइ हामीले बैदिक सनातन धर्म माने पनी अरु धर्मालम्बिले (जो हजारौ बर्ष पछि स्थापित भएका धर्म) यसलाई सनातन धर्म वा बैदिक धर्मको नामले चिन्दैनन ।
बिश्व साँघुरिदै जाने क्रममा हाम्रो रिलिजन के हो ? भन्दा हिन्दु नलेखीकन सुखै पाउदैनौ । हाम्रा शास्त्रहरुले धर्मको व्याख्यामा मानिसको दान, जप तप क्षमा कृपा भक्ति आराधना, काम क्रोध लोभको निग्रहलाइ धारण गर्ने आचरण अनुशासनलाइ धर्म हो भनेर ब्याख्या गरिएको छ । हाम्रो बैदिक सनातनमा सम्पूर्ण कथित धर्म समाहित छ भनेर भन्न सकिन्छ त्यसैले बैदिक सनातन समुन्द्र हो भने अन्य धर्म नदि नाला खोला खहरे हुन जो जसरि पनी समुन्द्रमा नै मिसिन जान्छ । हामीले आफ्नो धर्म प्रचारको लागी सुको खर्च गरेका छैनौ । तर पनी बिभिन्न धर्ममा बाधिएका महन्तहरु धर्मको मूलउद्गम स्थल अर्थात सबै धर्मको मूल धर्म बैदिक सनातन हो भन्ने मान्यता राखेर हाम्रो धर्मलाइ अनुसरण गरेर अनुसन्धान गरिरहेका छन ।
लाखौ मानिसहरु यस धर्ममा आबध्द भैरहेका छन । सबै धार्मिक सम्प्रदायमा रहेका प्रबुध्द सन्त ज्ञानीजनहरु धर्म र इश्वरको सामिप्य अर्थात इश्वर प्राप्तिको अभिलाषा राख्ने र सो सम्प्रदायमा अस्पष्ट र अधुरो भएको देख्दछन त्यस्ता धर्मको प्यासा व्यक्ति हाम्रो यस बैदिक सनातन धर्म अर्थात पुर्बिय दर्शनको अध्ययन र अनुसरण नगरी सुखै पाउदैनन । त्यो धर्म र इश्वरको प्यास मेटन यस धर्म बिज्ञानमा नआइ सुख पाउदैन । ति व्यक्तिहरुले यसै भन्दछन । संसारमा अन्य भएका धर्मलाई रिलिजन भनिन्छ । चभष्निष्यल को अर्थ ः( तजभ दभष्भिा ष्ल बलम धयचकजष्उ या ब कगउभचजगmबल अयलतचयििष्लन उयधभच, भकउभअष्बििथ ब उभचकयलब िन्यम यच नयमक. त्यसैले यी सबै धर्महरु धार्मिक सम्प्रदाय हुन् । जुन सम्प्रदायमा आफ्नो बिश्वास गरिएको इश्वरलाई पुजा गरिन्छ ।
५०० बर्ष इशापुर्ब इजराइलीका पुर्बजले एकल इश्वर मान्ने धर्म बिकशित गरेका थिए । जसलाई (जुडाईज्म) जुइस धर्म भनिन्छ । जिससको मृत्यु पश्चात पहिलो शताब्दीमा इशाई धर्मको प्रारम्भ भयो । जिसस जुइस शिक्षक अनी हिलर(उपचार कर्मी) पनी थिए । जसले संसारलाइ इश्वरको साम्राज्य घोषणा गरेका थिए । उनलाई सन् ३०( ३३ को बिचमा सुलीमा चढाएर मारिएको थियो । उनी सो भन्दा अगाडी जुइस नै थिए ।
इश्लाम धर्म सातौ सताब्दी ६०० बर्ष इशापुर्ब मक्का मदिनाबाट प्रारम्भ भएको मानिन्छ । ६१० इशापुर्बमा कुरान लेखिएको थियो । देबदुत गेब्रिएल प्रकट भै मोहम्मदलाइ कुरान धर्मग्रन्थ सुनाएका थिए ्र यसरी सरसर्ती हेर्दा जुइस धर्मको आधारित भएर नै इशाई र मुश्लिम धर्म बिस्तार भएको रहेछ भन्न सकिन्छ । कालान्तरमा यी धर्ममा पनी विभाजन हुदै गयो । अर्थोडिक्स जुडाईज्म(जुइस) र कन्जरभेटिभ जुडाईज्म हुन् गए । त्यस्तै इशाईमा पनि प्रोस्टेस्टेंटिज्म, अर्थोडक्सी र अन्य भएर विभाजित भए । त्यस्तै मुस्लिममा पनी सिया र सुन्नी भएर विभाजित भएका छन् । त्यस्तै हाम्रो बैदिक धर्मको नजिक भएका सयौ सम्प्रदाय छन, बौध्द, जैन, बैश्नव, सैभीज्म , बौध्द जैन र बैष्णवमा पनी बिभिन्न हाँगा छन्
हाम्रा पूर्वजले हजारौ बर्ष अगाडिबाट यो विश्वलाई आफ्नै परिबार मान्दै आएका थिए ।
अयं निजः परो वेति गणना लघु चेतसाम् ्र उदारचरितानां तु वसुधैव कुटुम्बकम् ्र
अर्थातः यो मेरो हो, यो उसको हो, यस्तो किसिमको संकुचित चित्त भएका व्यक्तिहरु हुन्छन । त्यस्तै यसको बिपरित उदार चित्त भएका व्यक्तिहरु पनी हुन्छन जसले सम्पूर्ण धरती नै एक परिबार हो, भन्दछन ।
अहिले आएर सबैले बिश्व एउटा ग्लोबल भिलेज हो भनेर स्वीकारेका छन् । अलि पछी गएर सबै मान्छेले यो पृथ्वी सबैको साझा हो पनी भन्ने छन । एउटा मान्छे वा प्राणीले यो मेरो पृथ्वी हो भन्ने अधिकार छ भन्ने मेरो बिश्वास हो ।
धारणात् धर्म इत्याहुः धर्मों धारयति प्रजाः।
यः स्यात् धारणसंयुक्तः स धर्म इति निश्चयः।।
‘जसले द्रोह नगर्ने, लोभ लालच नगर्ने, इन्द्रियलाइ वशमा गर्ने, ब्रह्मचार्य नियमन गर्ने, प्राणीजगतलाइ दयागर्ने, जपतप आराधना भक्ति गर्ने र सत्यमार्गमा हुने र दयाकृपा क्षमा भावलाइ धारणा गर्नु धर्म हो, जसले यी भावलाई धारण गर्दछ, आफुमा समाहित गर्दछ, रक्षा गर्दछ, पालन, पोषण गर्दछ । यस्तो धर्मले बिना भेदभाव आफ्ना प्रजालाई पनी धारण गर्दछ । आफ्ना प्रजालाई एकसुत्रमा बाँधेर राख्न क्षमता राख्दछ निश्चय नै त्यहि धर्म हो । धर्मको ब्याख्या यसरि गरेको छ हाम्रो शास्त्रले ।
८८८ संसारमा धर्मको नाममा जुन दंगा फसाद चलिराखेको छ । त्यसको दोषी धर्म होइन । धर्मको सहाराले आफ्नो राजनीतिलाइ बलियो बनाइ रहने परिपंच मात्रै हो । धर्मको नाममा आफु ठुलो हौ भन्ने अभिमान गर्ने पाखंडीहरुले चलाएको दुश्चक्र मात्रै हो । भन्ने मेरो मत हो ।
यतो अभ्युदय निः श्रेयस सिद्धिः स्ः धर्म्ः
अर्थात, यस जिबनमा अभ्युदय ( उन्नति) र भावी जीवनमा मोक्ष सिध्दी प्राप्त होस । त्यो नै धर्म हो ।
८८८८उन्नति प्रगति भनेको नै बिज्ञान हो भने मोक्षको लक्ष्य धर्म हो । माथिको श्लोकले बिज्ञान र धर्मलाई संतुलन गरेर लैजान सक्यो भने मानव जीवन उन्नत बन्न सक्दछ । मानिसलाई संसारमा बचाउने र राख्ने काम विज्ञानले गर्दछ भने मान्छेलाई संसारमा राख्ने वा नराख्ने काम उसको कर्म र धर्मले गर्दछ । त्यसैले मानिसले आफ्नो जीवनमा सुख सन्तोष र आनन्द बाच्नको लागी उत्तम उपाए भनेको संसारमा रहेर पनी नरहनुलाइ मान्नु पर्ने छ । भन्ने मेरो मत हो ।
अब हाम्रो बैदिक धर्म कसरी हिन्दु धर्म हुन पुग्यो ?
कसले दियो हिन्दुको नाम ?
अरबीहरुले परापुर्ब कालदेखि इन्डियासंग ब्यापार गर्दै आएका थिए । उनीहरुले इन्डियाबाट जरिबुटि मर मसाला हीरामोती लत्ता कपडा, छाला, सिल्क, सुन चांदी लैजान्थे । सिन्दूघांटी हुदै युरोपमा लगेर ब्यापार गर्दथे । उनीहरुले युरोपियनलाई कहाँबाट ल्याएको भनेर भन्दैनथे । इन्डियनलाई आफ्नै देशको नाम समेत यो हो भन्ने थाहा थिएन । भारतबर्षमा हालको इन्डियाका सयौ राज्य, पाकिस्तान, बंगालादेश र नेपाल समेतमा थिए । सिन्दू नदिको उदगम स्थल अरबी भित्रिने नाका सिन्दू भएकोले सिन्दुको देश मान्दथे । पछि गएर सिन्दू शब्दबाट अपभ्रमित भै हिन्दु हुन गयो भनिन्छ । यसरी अरबीहरुले हिन्दु देश भन्ने गर्दथे । युरोपियन र अंग्रेजले हिन्दु प्रोनाउन्स गर्दा इंडू भन्दथे । त्यसपछि यस देशलाई उनिहरुले इन्डिया भन्न थाले । व्यापारको सिलासिलामा नै आएर इन्डियामा नै सयौ बर्ष मुस्लिम मुगलहरुले शासनसत्ता चलाए । यसलाइ हिन्दुहरुको देश भएकोले हिन्दुस्तान नामाकरण गरे । इन्डियामा मुगलले शासन गर्दा हेय दृष्टिले हेरिने शब्द थियो हिन्दु र यसको अर्थ निच्याएर भनिने शब्द थियो । अंग्रेजले इन्डियन भनेको हेप्ने शब्द थियो । अंग्रेजले इष्ट इन्डिया कम्पनी कै नामले करिब २०० बर्ष राज्य गर्यो । तत्कालिन इहायचम म्ष्अतष्यलबचथ ( ज्ञढण्ण् अभलतगचथ ( एबनभ लय. ठडढ, मा “क्ष्लमष्ब“ धयचम mभबलक “एययच ( इमि ाबकजष्यलभम ( ऋचष्mष्लब िउभयउभि“. भनेर लेखिएको थियो । तर अब त्यो सच्याएका छन । यसरी हाम्रो धर्मलाई अरबीहरुले नामाकरण गरेको हो भन्ने तर्क पनी गरिन्छ । तत्कालिन बैदिक सनातन धर्म मान्नेहरुको कुनै बिरोध भएन । यो स्वत ः मुस्लिम र इशाई धर्म बाहेकका भारतबर्षका जनता हिन्दु धर्मको नाममा स्थापित हुन पुगे । हुनतः इन्डियाका एक व्यक्ति स्वतन्त्र सावकरले हिन्दु नामाकरण गर्ने श्रेय लिएका छन । उनले संस्कृतमा यस्तो श्लोक समेत लेखेको भेटिन्छ ।
आसिन्धु(सिन्धु पर्यन्ता यस्य भारत भूमिका।
पितृ भूः पुन्यभूशचैव स वै हिन्दुरितिस्मृतः।।
(स्वतन्त्रवीर सावरकर ( मे ५, १८८३( फरवरी २६, १९६६)
भारतका स्वतन्त्र सेनानी, राजनीतिज्ञ, कवि, लेखक, नाटककार, वकिल थिए । हाम्रो बैदिक सनातन धर्मलाई हिन्दुको नामाकरण गर्ने श्रेय यिनले लिएका छन । राजनीतिमा हिन्दुत्व उपयोगितावाद, तर्कबाद, सकारात्मकवाद, मानवतावाद, सार्भौमिकता, ब्यावहारिकता र यथार्थवादको समुल तत्व हिन्दुत्व समाबेस छन भन्ने उनको बिश्वास हो । उनको पुरा नाम स्वतन्त्रवीर विनायक दामोदर सावरकर हो ।
माथीको श्लोकले सिन्धु नदीको उद्गमस्थलबाट अर्थात हिमालयदेखि हिन्द महासागर सम्मको भूमि जसलाई बैदिककालको भारतबर्ष भनिथ्यो, त्यस भूमिलाई पितृ भूमी तथा पुन्य भूमि मान्दछन, त्यहा बसोबास गर्नेलाइ हिन्दु भनिन्छ ।
अब आएर बास्तबिक कथित हिन्दु धर्ममा सार तत्व के छ ? यसरी व्याख्या गरेको पाउदछौ ।
खोज्नु आबस्याक छ ।
हिन्दु धर्मलाइ सारांशमा के छ त ?
हिन्दु धर्ममा चार चतुश्क अर्थात चार स्तम्भ छन जसलाई चार अनुष्ठान पनी भन्दछन ।
१. पुरुषार्थ २. आश्रम ब्यबस्था ३. वर्ण ब्यबस्था ४. ऋण ब्यवस्था यी बाहेक
चार बेद
यजुर्वेद (( धनुर्वेद,
सामबेद( गन्धर्व ,
ऋग्वेद(आयुर्वेद ,
अथर्ववेद( स्थापत्य
चार अन्तस्करण
१.मन, २.बुध्दी, ३.चित्त ४.अहंकार) हरु हुन ।
यी ब्यबस्थालाइ उल्लेखित अनुसार व्याख्या गरेको पाइन्छ ।
१. पुरुषार्थः
चार किसिमका हुन्छन । धर्म, अर्थ , काम, मोक्ष यी चारलाइ दुइ भागमा बाँडिएको छ । पहिलो धर्म र अर्थ, दोश्रोमा काम र मोक्ष
क) धर्म ः आफ्नो स्वभाव, स्वधर्म र स्वकर्मलाइ जानेर कर्तव्यको पालन गर्दै मोक्षको मार्ग प्रसस्त गर्नु । यम, नियम आसन प्राणायाम र प्रत्याहारको पालन गर्दै निरन्जन निराकार परमेश्वको प्रार्थना र ध्यान गर्नुलाई धर्म भनिन्छ । धर्म प्राप्त गर्नु पनी एक किसिमको पुरुषार्थ हो ।
ख) अर्थः दुखबाट मुक्ति पाउन भौतिक सुख आबस्याक हुन्छ । यस्तो कर्म गरौ जसले गर्दा अर्थोपार्जन होस र सुख सम्ब्रिधि सिध्दी प्राप्त गर्न सकियोस । जीवन धान्न कै लागि पनी अर्थ आबस्याक हुन्छ । अर्थ प्राप्त गर्नु पनी एक किसिमको पुरुषार्थ हो ।
ग) कामः मान्छेले प्राप्त गरिने जुनसुकै सुख पनी कामको अन्तर्गत नै आउछ । जुन सुखले मानिसको शारीरिक र मानसिक पतन हुन्छ अर्थात जसले गर्दा परिबार र समाजमा बाधा गर्दछ । यस्तो सुखलाई बर्जित मानिएको छ । यो काम पुरुषार्थ होइन । अर्थको उपयोग शरीर, मन, मानवता, समाज र राष्ट्रको लागी हुनु पर्दछ । अत्यधिक भोग र सम्भोगले शरीरलाई जिर्ण बनाउदै रोगले ग्रस्त पार्दछ त्यसैले यसलाई अनुशासित नियमन आबस्याक छ ।
घ) मोक्ष ः यसको अर्थ पदार्थबाट मुक्ति, यसैलाई योगमा समाधि भन्दछन । यहि ब्रह्मज्ञान हो र यहि आत्मज्ञान पनि हो । यस्तो मोक्ष प्राप्त व्यक्तिलाई इश्वर, बौध्द, निर्वाण र समाधि भन्दछन ।

२.आश्रम ब्यबस्था ः
शास्त्र अनुसार मानिसको आयु सयबर्ष बाच्न पाउने ऋषीजनबाट आशिर्बाद पाएका छन् । “ जिवेम शरदः शतम” यो आशिर्बाद सय बर्ष बाचेस भनेर दिइएको आशिर्बाद हो । त्यहि १०० बर्षलाइ चार भागमा गरी २५र२५ बर्षको एक आश्रमको ब्यबस्था गरिएको पाइन्छ । जुन यस प्रकार छ । ब्रह्मचर्य, गृहस्त, वान प्रस्थान, सन्यास
१. ब्रह्मचर्याश्रमः ब्रह्मचर्यको अर्थ ब्रह्ममा चरन गर्ने अर्थात ब्रह्मलाइ जान्ने, बिध्या आर्जन गर्न सात बर्षमा यज्ञोपवित धारण गरे पछि गुरुकुलमा गएर जीवन उपयोगी शिक्षा आर्जन गरि जीवनका लागी बल, बुध्दी, बिध्या आर्जन गर्ने २५ बर्ष सम्मको आयुलाइ ब्रह्मचर्य आश्रम भनिन्छ । जसमा ब्राह्मणलाइ वेद, धार्मिक बिध्या, उपनिषद्को शिक्षा दिइन्थ्यो भने क्षत्रियालाई शास्त्र बिज्ञान, राजनीति शास्त्रको शिक्षा दिइन्थ्यो । बिषयलाई ब्यापार, ब्यबसाय सम्बन्धि शिक्षा दिइन्थ्यो । भने सुद्रको लागी ब्रह्मचर्य आश्रम अनिवार्य गरिएको पाइदैन । तर उनीहरुको लागि कलाकारिता, बाध्य बादन, संगीत, सिपमुलक, काष्ठ कला र धातुसंबंधी ज्ञानको तालिम दिइन्थ्यो । संक्षिप्तमा भन्ने हो भने मानिसको २५ बर्शसम्म ज्ञान आर्जन गर्ने बिध्यार्थी जीवन हो । यो आश्रममा धर्मशास्त्र ज्ञान धर्म पुरुषार्थ प्राप्त गर्न सकिन्छ । पुर्बिय दर्शन अनुसार गुरुकुलमा उनीहरुको दक्षता अनुसार चार भागमा बाडेर ब्राह्मण क्षत्रिय बिषय र सुद्र बनाइएको हो । भन्ने पनी भेटिन्छ । यो ब्रह्मचर्यमा प्राप्त ज्ञानको प्रमाण पत्र थियो । तर पछि यहि योग्यता प्राप्त गर्नेको सन्तानलाई जन्मको आधारमा जातमा परिणत भएको भनाइ पनी छ ।
२. गृहस्त आश्रमः जब कुनै बालक ब्रह्मचार्य आश्रम पार गरेर गुरु दक्षिणा दिएर घर फर्किन्छ । बिहेबारी गरि सन्तानको सृजना र पालन पोषण नोकरी उद्योग ब्यबसाय गरि धार्मिक मान्यता अनुसार आफुले निर्बाह गर्न पर्ने जिम्मेबारीलाई पुरा गर्दै माथि उल्लेख भए अनुसारको पुरुषार्थ अर्थ र काम लाइ भोग गर्दछन ।
३. वानप्रस्थ आश्रमः जब मानिस ५० बर्ष पुग्दछ त्यसपछि सक्रिय गृहस्त जीवन भारबाट मुक्त भै जनसेवा, धर्मसेवा पुजा आजा ध्यान, बिध्यादान, तिर्थाटन, जिबनमा प्राप्त ज्ञान अनुभवलाई सामाजिक कार्यमा लगाउनु नै वानप्रस्थ आश्रम बिताउनु हो । अर्थात घर व्यवहारबाट बाहिर निस्कनुलाइ नै वानप्रस्थ भनिएको हो । यो आश्रममा ५० बर्ष पुगेर ७५ बर्ष सम्म लागु हुन्छ । जंगल नै पस्नु भनेको होइन ।
४. सन्यास आश्रमः मानिस ७५ बर्ष पुगे पछी जीवनको अन्त्य सम्म समस्त आसक्तलाइ त्याग गरेर भागवत प्राप्त गर्नको लागि सन्यास स्वरुप धारण गरी मोक्ष प्राप्त गर्न परमेश्वर शरणमा जाने अबसर हो । सन्यास आश्रम आफुलाई पूर्णरुपमा अध्यात्मिक भै परमेश्वर चरणमा समर्पित गर्नु नै सन्यास हो ।
टिप्पणीः अब हाम्रो समाजमा यी आश्रमहरु विखण्डित भैसकेका छन् । आधुनिक समाजमा गुरुकुल हैन, अंग्रेजी बोर्डिंग स्कुलमा पठाइन्छ । त्यहा गुरुजन माता पिताको आदर भाव र समाजप्रतिको उत्तरदायित्वको बारेमा सिकाइदैन । नैतिकता बिहिन पश्चिमी संस्कृतिमा हामीले हाम्रा सन्तानलाइ जबर्जस्ति धकलेका छौ । अनी हाम्रा सन्तानले हामीलाई हेरेनन । हाम्रो संस्कार भुल्यो भन्दै छौ । स्वरुप फेरे पनी मानिसको बिध्या आर्जन गरेर आफ्नो खुट्टामा उभिन सक्ने भएर बिहेवारी गर्ने चलन भने छ अहिले पनी त्यो समय भने अलिक नजिक भएको पाउदछौ ।
५० बर्षमा घर परिबारबाट अवकाश पाउनु आजको आधुनिक जिबनमा असम्भव जस्तै छ । हाम्रो परम्परा अनुसार वानप्रस्थ आश्रम इतिहास जस्तै हुन थाल्यो । तर कता कती काँही देख्न सकिन्छ । तर अहिले आधुनिक सन्यासीहरु प्रसस्त देखिएका छन् । आफुलाई बाल ब्रह्माचारी सन्यासी भन्दछन, ठुलो पन्च धातुको शिंहासनमा बस्दछन । ठुलो सम्पत्ति ओगटेर सुरक्षा गार्ड राखेर मठ संचालन गरेको देखिन्छ । सन्यास बाल ब्रह्मचारीका अनेकन सुन्दरी सेविका राखेका हुन्छन । संयासिनीको रुपमा ति महान भनिने मठाधिसलाइ सबै किसिमको सेवा प्रदान गरेको देखिएको छ र कयौ यस्ता बालब्रह्माचारी सन्यासीहरु यौन दुराचारी भै कानुनको कठघरामा उभिएर जेल समेत गएका थुप्रै उदारहण छन । यिनीहरुले गर्दा हिन्दु धर्म लाञ्छित हुन् पुगेको छ । तर मैले नेपालमा जानेको बुझेको सुनेको दुइजना खप्तड स्वामी र योगी नरहरि नाथ आदरणीय सन्यासको रुपमा लिएको छु । ति दुवै शास्त्रमा पारङ्गत, चरित्र नैतिकवान थिए । कुनै धन सम्पत्ती संग्रह नगरी मठाधिस नभएर मनुस्य चोलालाइ बिश्राम गरेको वहाँहरु जीवनकालले देखाएको छ । जसले मान सम्मान सम्पत्ति सबै त्याग गरेर जहाँ महिनौ मानिस पुग्न नसक्ने स्थानमा गइ तपस्या गरे । आफुले प्राप्त गरेको ज्ञानलाइ जन समक्ष पुर्याए । यिनीहरुको पछाडी नकुनै गार्ड थिए, न यिनलाई कुनै डर थियो । अनैतिक, बदमासी काम गर्ने सन्त होस् या नेता यिनी सुरक्षा बिना हिडने हिम्मत गर्न सक्दैनन । जो सन्यास हो सबै कुरा त्याग गरेको मान्छेलाई किन सुरक्षा चाहिन्छ ? साच्चै जनताको सुख दुखको लागी उसले राजनीति गरेको हो भने त्यसलाई के को सुरक्षा चाहिन्छ र ? यस्ता ढोगीहरु पनि हाम्रै समाजमा छन । अब करिब करिब वानप्रस्थ र सन्यास आश्रम हाम्रो समाजबाट हटिसकेको छ भन्दा पनि हुन्छ ।
३. बर्ण ब्यबस्था ः
बर्णको शब्दको उत्पत्ति वृ धातुबाट भएको भनिन्छ । जसको अर्थ ब्यबसाय हो, बेदले मनुस्यलाई जातमा बाडेको छैन । बर्णको अर्थ अनेकन हुन सक्छ जस्तैः अक्षरलाइ बर्ण भनिन्छ । मानिसको अनुहारको रंगलाइ बर्ण भनिन्छ । जातलाइ पनि वर्णको संज्ञा दीइएको छ । संस्कृतका बिध्दानहरु भन्नु हुन्छ । वर्ण ब्यबस्था भनेको हाम्रो सनातन धर्ममा जीवन वृति कर्म भनेर बुझ्नु आबस्याक छ । शास्त्रीय हिसावमा कोइ मानिस अछुत र दलित हुदैनन, मनुष्य लगायत सबै प्राणी इस्वरका सन्तान हुन । त्यसैले सबै समान छन । जन्मको आधारमा जात र बर्णको भेदभाव गर्नु भनेको आसुरी प्रवृति हो ।
१. ब्राह्मणः
शमो दमस्तपः शौचं क्षान्तिराजर्वमेव च । ज्ञानं विज्ञानामास्तिक्यं ब्रह्मकर्म स्वभावजम्( १८ ।।४२।।)
भागवत गीता ( १८ ।।४२।।)
शान्ति इन्द्रिया निग्रह, तन, मन बचनमा शुध्द्ता, क्षमा, सरलता, शास्त्रको ज्ञान, व्यावहारिक तथा अध्यात्म ज्ञान प्राप्त गर्नु र शास्त्रहरुको अध्ययन र अध्यापन गर्नु आदि कर्म ब्रह्मणहरुको स्वाभाविक कर्म हो । यसरी भगवान श्री कृष्णले गुण र कर्मको आधार बनाएर एक ब्राह्मण हुन सिमा तोकेर ब्याख्या गर्नु भएको थियो । गुण कर्म स्वभावबाट वर्ण टुटन गएर फेरी जन्मको आधार बनाएर हिन्दुहरुले वर्ण ब्यबस्थामा कायम गरेको इतिहासबाट जान्न सकिन्छ । तर पछि गएर बौध्द धर्म र जैन धर्मको अद्भुदय र बिकाशका क्रममा वर्ण ब्यबस्थामा ठुलो परिबर्तन आएको थियो । यस धर्ममा मानिस बिचको भेदभाव मेटाउन प्रयत्न भएको रहेछ ।
२. क्षत्रिय ः
शौर्यं तेजो धृतिर्दाक्ष्यं युध्दे चाप्यपलायनम् ।
दानमिश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३ ।।
भागवत गीता ( १८ ।।४३।।)
शौर्य, सुरता, तेज, धैर्य, क्षमता र युध्दमा पछाडी नफर्कने, दानशिलता प्रभुत्व तथा नेतृत्वदायी क्षमता यी सबै क्षत्रियका स्वभाविक कर्म हुन, त्यो क्षत्रियाहरुको गुण पनी हो । तत्कालिन समाजमा यस्ता सुरबीरको एक बर्ग स्थापित भएको थियो । त्यहि बर्गलाई हातमा लिई मूल आदिबासीको भुमि जित्न सफल भएका थिए र तत्कालिन जसलाई राजन्य मान सहित क्षत्रिय बर्गमा समाहित गरेको इतिहास पाइन्छ ।
३. वैश्य ः
कृषि गौरक्ष्यवाणीज्यं वैश्य कर्म स्वभाजनम् ।
खेतीपाती, पशुपालन, ब्यापार ब्यबसाय बैश्यका स्वभाविक कर्म हुन । स्वभाविक रुपमा खेतीपाती पशुपालन ब्यापार ब्यबसाय गर्ने जो सुकै सद्ब्यबहार गर्ने व्यक्ति पनी वैश्य हो भन्न सकिन्छ ।

४. सुद्रः
परिचर्यात्मकं कर्म शुद्रस्यापि स्वभावजम् ।
भागवत गीता ( १८ ।।४३।।)
अर्थ ः सेवामुलक कार्य सुद्रहरुको स्वभाविक कर्म हो ।
भागवतगीता अनुसार पनी श्री कृष्णले कर्मको आधारमा, मान्छेको स्वभाविक गुणमा र उसले अंगालेको जीवन वृतिको आधारमा जातको परिभाषित गरिएको हो, भन्नु भएको छ । यहाँ कुनै जात सानो र ठुलो हुदैन भन्ने संदेश दिएको पाउछु मैले । कहिँ कतै अछुत र दलित जस्ता कुरा मैले भेटाउन सकेको छैन । भागवतगीतामा भगवान श्रीकृष्णले सबै मनुष्य वा जुन सुकै प्राणीहरु मेरा सन्तान हुन् भन्नु भएको छ ।
बर्ण ब्यबस्थाबारे अन्य केहि थप अध्ययन
भागवत गीतामा भगवान श्री कृष्णले यस्तो भन्नु भएको रहेछ ।
चातुर्वन्यम् मया सृष्टम् गुणकर्मविभागशः ्र
तस्य कर्तारमपि मां विध्द्यकर्तारमव्ययम् ्र्र१३्र्र
भागवतगीता( ४र१३
यसको अर्थ ः गुण कर्मको विभाजन अनुसार ब्राह्मण, क्षत्रिय, वैश्य र सुद्र( चार बर्णहरुमा म व्दारा रचिएको हो ्र सृष्टि रचनाको कर्मको कर्ता पनि मै नै हुँ ्र तर पनि तिमीले मलाइ अव्यय अकर्ता नै जानी राख ्र
ब्राह्मणक्षत्रियविशां शुद्राणाँ च परन्तप ।
कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणै ः।।४१।।
भागवतगीता( १८र४१
यसको अर्थ हो ः हे परमतप ! ब्राह्मण, क्षत्री, वैश्य र शुद्रहरुको कर्महरु मनुष्यका स्वभाव र गुणबाट उत्पन्न भएका गुणहरुलाइ अलग अलग रुपमा विभक्त गरिएका छ ।
भागवतगीता अनुसार श्रीकृष्णले मानिसको स्वभावबाट उत्पन्न भएको गुणको आधारमा ब्राह्मण, क्षत्रिय वैश्य र सुद्रको रुपमा मानिसलाई विभक्त गरिएको भनिएको छ । शिक्षित, जसले शिक्षा र ज्ञान प्राप्त गरेको छ र अरुलाई शिक्षित बनाउने कर्म गर्दछ । उसंग भएको ज्ञान र अनुसन्धानले समाजलाई फाइदा पुर्याउने काम गर्छ भने त्यो ब्राह्मण हो । ज्ञानी मानिसलाई ब्रह्म सरह सम्मान दिएर ब्राह्मण भनिएको ।
जो स्वभावले लडाकु र नेतृत्वदायी क्षमता राख्दछ र सर्बसाधारणलाइ सुरक्षाको अनुभूति गराउन सक्छ । त्यो नै क्षत्रिय हो । जो उघोग ब्यापार कृषि तथा पशु पालन गरेर धन उपार्जन गर्दछ, त्यो वैश्य हो । जो मानिसले पढदैन, अल्छी छ, माथि उल्लेखित कुनै कर्म नगरेर हल्लिएर हिडछ र सानो फाइदामा अरुको कार्यकता भै र चाकडी सेवा गर्दछ । अन्तमा उ एउटा अदक्ष श्रमिक मात्र बन्न पुग्दछ । यो पनी उस्को स्वभाव र गुणले गर्दा भएको हो । श्रमिक बर्ग भएर जीवन वृति चलाउनेलाई सुद्र भनिएको छ । मेरो गाउमा छिमेकी ब्राह्मण परिवार छन । उनका चार भाइ छोरा थिए । जेठो छोरा पढेर प्रोफेसर भएका छन । उनको माइलो छोरा पुलिसको डिएसपी छन । साहिलो छोरा ब्यापारी बनेका छन । कान्छो पढन पनी सकेन, हल्लिएर घरमै बसेको छ । जसलाई जहाँ चाहियो, त्यहि सहयोह गर्न जान्छ । यो देखेर मानिस जन्मको आधार जात होइन भन्ने बिश्वास गर्न सकिन्छ । त्यसैले कोइ जन्मको आधारमा ठुलो सानो हुने सक्दैन । मानिसले कर्मको आधारमा त्यसको बर्ग स्थापित हुन्छ । बर्ग भन्नु र बर्ण भन्नु एउटै अर्थ लगाउदा हुन्छ । जुन सुकै राष्ट्रमा पनी बर्ग छ । चाहे अमेरिका होस चाहे गरिब राष्ट्र होस् वा धनि राष्ट्र होस, वा कम्युनिष्ट राष्ट्र होस् ।
बर्गीय भेदभाव जहा पनी भएको देखिन्छ । क्रिश्चियनहरुमा पनी आफ्नै वर्ग अनुसारको चर्च खोलेका छन । मान्छेको छालाको रंग कालो गोरो आधारमा गरिने भेदभाव ब्यबहारिक रुपमा अझै अमेरिकाबाट हटन सकेको छैन । कानुनमा त चाहे इन्डिया होस् वा नेपालमा पचासौ बर्ष अगाडीबाट छुवाछुत हटाइएको छ तर ब्यबहारमा भने हटेको छैन । भागवत गीतामा कुन ठुलो जात हो ? सुद्र सानो हो भन्ने कुनै प्रमाण छैन । अछुत भन्ने कुरा काँही कतै छैन । तत्कालिन अबस्थामा मानिसको गुण स्वाभावबाट जातको बर्गिकरण भएको भए पनी पछी जन्मको आधारमा जातको ब्यबस्थालाइ स्थापित गरेको हो भन्ने लाग्छ । भागवतगीता अनुसार श्रीकृष्णले मानिसको स्वभावबाट उत्पन्न भएको गुणको आधारमा ब्राह्मण,क्षत्रिय वैश्य र सुद्रको रुपमा मानिसलाई विभक्त गरिएको भनिएको छ । भागवत गीतामा कुन ठुलो जात हो ? सुद्र सानो हो भन्ने कुनै प्रमाण छैन । अछुत भन्ने कुरा काँही कतै छैन । जन्मको आधारमा जातको ब्यबस्था नभएको र मानिसको गुण स्वाभावबाट जातको बर्गिकरण भएको होला । तर पछी ब्राह्मण क्षेत्रीय र वैश्य मिलेर सुद्रलाई अछुत र दलित बनाइएको हुनसक्छ।
ब्राह्मणोस्य मुखमासीत ्र बाहू राजन्यः कृतः ्र
उरू तदस्य यद्वैश्यह ्र पद्भ्यां शुद्रो अजायत।।
(ऋग्वेद संहिता, मण्डल ज्ञण्, सूक्त ढण्, ऋचा ज्ञद्द)
ऋग्वेदको १० मण्डलमा चतुश्वर्णलाइ उल्लेख गरेको पाइन्छ । यो श्लोक अनुसार बिराटस्वरुप भगवानको मुखबाट ब्राह्मण बाहुबाट क्षत्रिय, जाङ्घबाट वैश्य र पाउबाट सुद्र उत्पन्न भएको हो । भन्ने अर्थ लाग्दछ । यसलाई यसरि पनी ब्याख्या गर्न सक्नु पर्छ । सृष्टिका पर ब्रह्मको मुख ब्राह्मण थिय, उनका बाहु क्षत्रिय थिए , उनका जाङ्ग वैश्य थिए र उनका पाउ सुद्र थिए । यसरी पर ब्रह्मको उत्पत्ति भएको थियो । जो एउटाको अनुस्पस्थितिले ब्रह्माजी पनी खडा हुन सक्नुहुन्न । त्यसैले यी चार वर्ण नै भगवानको स्वरुप हो । भन्ने अर्थ लाग्दछ । मनुष्यको सरिरलाई पनी चार वर्ण बाडन सकिन्छ । मुखबाट बाणीको उत्पन्न हुन्छ । त्यो ब्रह्म हो । बाहु कर्म साधन पराक्रम क्षत्रिय हो मध्य भाग पेट छाती जाङ्ग सरिरलाई सन्तुलन बनाउने भाग हो जसले भरण पोषण गराउने वैश्य कर्म गर्दछ । भनी सम्पूर्ण सरिर उम्भ्याउने (खडा गराउने) पाउहरू सुद्र हुन । त्यसैले इश्वर स्वरुप मान्ने बाबु आमा गुरु सबैलाई गोडामा ढोग्ने चलन चलेको हो । माथिल्ला बर्गलाई पाल्ने भनेकै तत्कालिन समाजका ति पौरखी कलाकार, सिल्पकार, प्राबिधिक, श्रमिक बर्ग थिए । श्रमिक बर्गकै श्रम शोषण गरी तर बिस्तारै टाठा पाठा वर्गले दाशको रुपमा स्थापित गराए भन्ने मलाइ लाग्छ ।
अब अर्को धार्मिक श्लोक यस्तो छ ।
“जन्मना जायते शूद्रः, संस्काराद् द्विज उच्यते।
( मनुस्मृति
सबै मनुस्य जन्मदा सुद्रकै रुपमा जन्मन्छ । उसको संस्कारले उच्च बन्दछ अर्थात स्वभाव गुण, ज्ञान र क्षमताले कर्म गरेर मात्र उच्च वर्ण स्थापित गर्दछ भन्ने आसय हो । त्यसैले के ठोकुवा गरेर भन्न सकिन्छ भने शिक्षा र ज्ञानले मानिसलाई उचो स्थानमा राख्दछ र ज्ञान र शिक्षा नभएमा श्रमिक भएर जिबनयापन गर्नुपर्ने हुन्छ र त्यो बर्ग तल परेको वा पारिएको हो तत्कालिन अबस्थामा त्यहि ज्ञान र गुणले आफ्नो जीबन पालन गर्दछ । ऋग्वेदको प्रारम्भिक अबस्थामा कुनै बर्ण ब्यबस्था थिएन । त्यतिखेर मात्रै दुइ वर्ण थिए जुन आर्य र अनार्य थिए । अनार्य माथि विजय प्राप्त गरिसके पछि उनीहरुलाई दाशकै रुपमा राखे तर वर्ण ब्यबस्था भित्र पारेनन् । त्यति बेला सम्म आर्य वर्ण तिन भागमा विभाजित गरिएको थियो, ब्राह्मण, क्षत्रिय, र वैश्य , पछि गएर अनार्यलाइ समेत सुद्र बर्णमा समाबेश गरेर अनार्यमा भएको कला कौशल बिध्यता क्षमता कार्यकुशलता सबै आर्य बर्गको सुख सुबिधाको लागि सेवा गर्नको लागी लगाइयो । यो बर्ग पछि समाबेस भएकोले बर्णको अन्तिममा उल्लेख गरिएको हो भन्ने भनाइ पनि कतै पाइन्छ । तर पनी मनुस्मृतिले नै जातीय बिखन्डन गरेको हो, यस मनुस्मृतिमा उल्लेख गरिएको बर्ण ब्यबस्थाले हिन्दु समाजलाई बिखन्डन र कमजोर बनाएको छ हो भनेर भनेका छन् ।
यसरी हेर्दा बेदमा काँही पनी सुद्र जातलाइ अछुत भनिएको छैन । सुद्र भन्ने शब्द तल्लो जात पनी भनिएको छैन । जातलाई क्रममा लेख्दा तल पर्यो भन्दैमा तल्लो जात होइन । यो क्रम तलबाट माथि पनी लेख्न सकिन्छ । छेउ र टुप्पो भने जस्तै हो । आफूतिर भएको टुप्पो हो पछाडी भएको छेउ हो भने छेउमा गएर उभिए त्यहि छेउ टुप्पो हुन्छ । बेदमा सुद्र र महिलाले बेद पढन र सुन्न हुदैन भन्ने कुरा कहिँ लेखेको छैन भन्दछन बेदान्तिहरु पनी । त्यो भन्दा अगाडी कुनै बर्ण ब्यबस्था पनी थिएन भन्ने लाग्छ । सुद्रहरु प्राबिधिक कर्ममा निपूर्ण थिए । मानव जातिलाई चाहिने लत्ता कपडा, जुत्ता, सिलाइ बुनाइ, गहना शृंगार, काठका बस्तु निर्माण, घर निर्माण सबै उनीहरु जान्दथे । पहिला उनीहरुलाई सम्मान पनि दिइयो । विश्वकर्माका मुलीलाइ भगवान कै रुपमा पुजियो । हिन्दुका सबैजसो मन्दिर निर्माण उनीकै हातबाट बन्यो । समाजमा बिस्तारै उनीहरुको सीपलाई ब्यापार बनाएर माथिका बर्गले हातमा लिए पछि यी श्रमिक मात्र बन्न पुगे भन्ने लाग्छ । बेदमा सुद्र र महिलाले बेद पढन र सुन्न हुदैन भन्ने कुरा कहिँ लेखेको छैन भन्दछन । संस्कृतका बिध्दानहरु भन्नु हुन्छ । वर्ण ब्यबस्था भनेको हाम्रो सनातन धर्ममा जीवन वृति कर्म भनेर बुझ्नु आबस्याक छ । शास्त्रीय हिसावमा कोइ मानिस अछुत र दलित हुदैनन, मनुष्य लगायत सबै प्राणी इस्वरका सन्तान हुन । त्यसैले सबै समान छन । जन्मको आधारमा जात र बर्णको भेदभाव गर्नु भनेको आसुरी प्रवृति हो । कुनै पनी राज्यमा वा समाजमा चार किसिमका बर्ग हुन्छन । प्राज्ञिकबर्ग, प्रशासनिक बर्ग, ब्यापारी बर्ग र श्रमिक बर्ग । यिनी भित्र पनी बिभिन्न तह र ओहदा हुन्छन । कुनै पनी देश यी चार बर्गले चलेको हुन्छ । सम्पूर्ण उत्पादन, सेवा, प्राविधिकजन्य कर्म भनौ वा श्रमलाई पारिश्रमिक मुल्य लिएर श्रमिक बर्गले जिबिका चलाएका हुन्छन । राज्यको ब्यबस्थाले गर्दा समाजमा यहि श्रमिक बर्ग पिडित दलित अछुत हुन पर्ने स्थानमा पुर्याएका छन । परमपरागत रुढिबादले गर्दा हिन्दु धर्मको सबभन्दा कलंकित ब्यबस्था भनेको नै बर्ण ब्यबस्था हो ।
हिन्दु धर्ममा असाध्यै बिबादमा आएको बर्णाश्रम नै हो । हिन्दु धर्मको सबभन्दा कलंकित ब्यबस्था बर्ण ब्यबस्था हो । इश्वरले मानिसलाइ बनाएको हो भने कंहा भेदभाव हुन्छ र ? परमात्मा व्दारा रचिएको मानिस हो भने आफ्ना सन्तानलाइ कोइ माथी र कोइ तल बनाउछन र ? कोइ अछुत र कोइ ब्रह्म हुन्छ र ? हिन्दु धर्मले शास्त्रहरुमा अछुत र दलित नभनेको भएपनी ब्यबहार भने सुद्रलाई दलितको रुपमा हेरिनु र समाजमा उनीहरुलाई अछुत बनाउनु हिन्दुधर्मका अनुयायीको ठुलो अपराध हो । बैदिक धर्ममा काँही पनी त्यस सम्बन्धी उल्लेख गरेको पाइदैन । तर समाजको चेतना बिस्तारै बढ्दै गएको र सबै मानिस शिक्षित हुदै गएको हुनाले शास्त्रमा मानिसलाई त्यसरी दलित नबनाएको बारे थाहा पाइरहेका छन् । समाजमा रुढिबादी परम्परा अझै कायम छ यसलाई मेटाउन सबै शिक्षित हुनै पर्छ । शासन सत्ता र राजनीति गरेर फाइदा लिनेले जातिय भेदभाव कायमै राख्न चाहन्छन । तर पनी अब यो बिकट अनपढ रुढीबादीमा मात्र सिमित हुदै गएको पाउदछौ । शिक्षामा कमि रुढिबादीले ग्रस्त, आफ्नो हैकम हटने डरले गर्दा समाजका केहि पाखन्डीले छुवाछुत व्यवस्थालाई कायमै राख्न चाहन्छन जो मानवीय र धार्मिक र कानुनी हिसावले पनी अपराध र दण्डनीय हो । परम्परागत रुढिबादले गर्दा हिन्दु धर्मको सबभन्दा कलंकित ब्यबस्था भनेको नै बर्ण ब्यबस्था बन्न पुगेको छ ।
सुझाब ः सबै कुरा मिल्ने, शिक्षित भएको र ब्यबहार मन पर्ने सभ्य भए पनी मान्छेले जब उसको थर दलित भन्ने थाहा पाउछ । तब उचो जातको मान्छे उ देखि तर्किन थाल्छ । समय संगै छुवाछुत बिस्तारै हटेको पनी छ । अछुत र दलित जातीय प्रथा हटाउनको लागी सबभन्दा राम्रो उपाय भनेको उनीहरुको थर बाबुको नाममा राखेमा बिस्तारै अछुत र दलितको भेदभाव हटाउन सकिन्छ । थरको हिसाबले दलित भनेर चिनिदैन । सामाजिक हिसाब दलित प्रथा निर्मुल हुन्छ भन्ने मेरो बिश्वाश छ । अर्को सम्पूर्ण मानव ऋषिका सन्तान हुन भन्ने कहिँ कतै लेखिएको छ । त्यसैले उनै ऋषिको नाम गोत्रको थर राखेमा, हिन्दु समाज समान हुने छ । यो भेदभाव धेरै हदसम्म समाधान हुन सक्छ । हिन्दुधर्म भित्र कै प्रभुपादले स्थापित गरेको “इस्कोन” हरे राम हरे कृष्ण सम्प्रदायमा संलग्न भएमा पनी यो अछुत भन्ने कलंकबाट छुटकारा पाउन सकिन्छ । बुध्दलाई हिन्दुले भगवान स्विकारेको हुनाले बौध्द धर्ममा प्रवेश गरि बौद्ध धार्मिक थर राखी समाजमा दलित र अछुतको कलंकबाट छुटकारा पाउन सकिन्छ । आजको जमानामा कोइ पनी मानिसहरुले अछुत ब्यबहार गर्नु दण्डनीय छ । अछुत र दलित भै हेपिएर बाच्नु र अछुत भनेर हेप्नु पनी अन्त्यन्त लाज मर्नु कुरा हो । प्रतिकार र समाधानको बाटो खोज्न अन्त्यन्त आबस्याक छ । अन्यथा यो बर्गले अर्को धर्म परिबर्तन गर्न बाध्य हुने छन ।

४. ऋण ब्यबस्था ः
मनुष्यको जन्म लिएपछि केहि जिम्मेवारी हुन्छन ति पुरा नगरेसम्म मानिस ऋणी भैरहन्छ । भन्ने कुरा यस धर्ममा उल्लेख छ ।
यी पनी चार प्रकार का छन् । १. देव ऋण २. ऋषि ऋण ३. पितृ ऋण ४.मानव ऋण
१. देव ऋण ः इश्वर कृपा प्राप्त नभैकन यस लोकमा मनुष्य भएर जन्मन पाइदैन । तसर्थ मनुष्य सदैव देवताको ऋणी हुन्छ । त्यसैले यो ऋण चुक्ता गर्न अपराध नगरिकन आफ्नो पाल्न पोषण गर्नु पर्दछ । सदैब सदाचारको पालन गर्दै इश्वरको आराधना यज्ञ र दान पून्यको काम गर्नु पर्दछ । यसो गरेमा देव ऋण तिर्न सकिन्छ । इश्वर प्रति अनास्था, अनैतिक कर्म, सरल मानिसलाइ कष्ट दिदा यो ऋणबाट मुक्त हुन् सकिदैन ।
२. ऋषि ऋण ः आफुलाई शुध्द चरित्रवाण बनाएर बेद उपनिषद् भागवतगीता, को अध्ययन गर्नु, तत्सम्बन्धि शास्त्रको शिक्षा अरुलाई दिनु । ऋषि रिन भनेको गुरु ऋण हो । आफुले शास्त्रबाट, वा कुनै आफ्नो गुरुबाट लिएको शिक्षाको ऋण, अरुलाई शिक्षा दिएर मात्रै तिर्न सकिन्छ ।
३. पितृ ऋण ः समाजमा आफ्नो परिचय पिताको नामबाट शुरु हुन्छ । आफ्नो पालन पोषण गर्नको चाहिने भौतिक बस्तु जुटाइदिने, प्रमुख रक्षक भएको र पितृको बिजबाट आफुले जन्म लिएको हुनाले, यो ऋण अबश्य पुरा गर्न पर्छ सन्तानले । यो ऋण पुर्बज, बंसजकुल धर्मसंग जोडिएको हुन्छ । यो ऋण चुक्ता गर्न बाचुन्जेल माता पितालाइ प्रेमले सेवा गर्ने र मृत्यु पश्चात श्राध्द तर्पन दिएर मुक्त हुन् सकिन्छ ।
४. लोक तथा मानव ऋण ः समाजमा दुख पाएका, दुखि गरिब र भोकालाई सेवा गरेर यो लोक ऋणबाट मुक्त हुन् सकिन्छ ।
टिप्पणी ः बैदिक सनातन अनुसार पुर्बकालमा महिला प्रधान समाज भएको महसुस हुन्छ । पुरुषको नाम भन्दा महिलाको नाम अगाडी जोडेर लेखेको भेटिन्छ । जस्तै सिताराम, राधाकृष्ण, लक्ष्मी नारायण, देवीदेवता, तर प्रजजन अबस्थामा पटक पटक जब सारीरिक हिसाबमा महिला असक्त हुन्छिन । तब पुरुषहरुले उनीहरुलाई पछाडी पारेको हुन् । हिन्दु धर्ममा पितृ ऋण सबभन्दा कडा रुपमा तिर्न पर्ने व्याख्या गरिएको छ तर मातृ ऋण बारेमा त्यति महत्व दीएको देखिदैन । जबकि सन्तान जन्माउने देखि हुर्काउने अहम भूमिका आमाको मात्रै हुन्छ ।
हिन्दुधर्मको बिशेषताः
१. काल गणनाः आर्यभट्ट ज्योतिस शाश्त्रको पिता मानिन्छ । बर्तमान समयमा एक बर्षमा ३६५ दिन हुन्छ । एक हप्तामा सात दिन, एक दिनमा २४ घण्टा घडी पला, चन्द्र ग्रहण, सुर्य ग्रहण, तिथि नक्षत्र राशीका नाममा १२ महिना र नौ ग्रह छन् भन्ने कुरा हजारौ बर्ष पुर्ब गणना गरेर सयौ बर्ष पछि सम्मको पात्रो बिना सफ्ट वेयर बिना क्यालकुलेटर निकालेका थिए । यो बिशेषता देखेर आधुनिक नासाका बैज्ञानिक समेत आश्चार्यमा पर्दछन । खगोल बिशेषज्ञहरुले आज पनी त्यसैको अनुसरण गरेका छन ।
२. आयुर्वेद उपचार
बेदमा मनुष्यलाइ सुस्वास्थ्य राख्नको लागी आफ्नै घर आँगन र बन जंगलमा भएको जरिबुटीबाट उपचार गर्ने पद्दतिको बिकाश गरिएको पाइन्छ । चरक संहिता, सुश्रुत संगीता जस्ता आयुर्वेदका सिध्दान्त रचना भए । औषधि बनाएका थिए । बिना कुनै ल्याब र माइस्क्रोप त्यसको अनुसन्धान कसरि सम्भव भयो ।
३. योगसुत्र ध्यान साधना ः
पतंजली ऋषिले संस्कृत भाष्य व्याकरणको रचना गरेका थिए । मनुष्यलाई शारीरिक र मानसिक स्वास्थ्य राख्नको लागि योग सुत्र रचना गरेका थिए । लामो समय सम्म यो बिध्यालाई कसैले अङ्गालेन र जब पश्चिमाहरुले योग सूत्रको वैज्ञानिकता र मानव जिबनमा यसको आबस्याकता बारे बुझे । अब आएर संसार भर प्रख्यात हुन पुग्यो । हिन्दु धर्मको खोज हुन् थाल्यो ।
४. . बिज्ञान अनुसन्धान र बिकाश
आचार्य भारव्दाज ऋषिले वायुयानको बिकाशको लागी अनुसन्धान गरेका थिए । बिमानशास्त्र लेखेका थिए। उनको लेखेको बिमान शास्त्रको अध्ययन गरेर इन्डियाका शिबकर बाबु दलपटल ले राइटब्रदर्स भन्दा आठबर्ष अगाडीनै बिमान उडाएका थिए । शिबकर बाबुलाइ मान्यता दिने भनेर सो बिधि अंग्रेजको हातमा गएको थियो । जसले गर्दा उनको नाम अगाडी आउन सकेन । यसकारणले पश्चिमाहरुले हिन्दु धर्मको बैज्ञानिक क्षेत्रको अनुसन्धानमा जुटिरहेको पाउदछौ ।
५ . कुटुम्ब व्यवस्थाः
हिन्दुहरुले संसारमा भएका सम्पूर्ण चराचर मानवहरुलाई आफ्नो परिवार मान्दछ । चाहे जुनसुकै धर्म मानोस, चाहे जुनसुकै देशको होस् । सबैलाई आफ्नो ठान्दछ । यहि नै सबभन्दा आदर्श कुरा हो । यसले गर्दा हिन्दु समाजमा बिभिन्न धर्मका घुसपैठ आएर धर्म परिबर्तन गराएका छन, घाटा पक्कै भएको छ तर यो बिशेषता हिन्दु धर्मले स्विकारेको छ ।
६ . इश्वरोउपासना ः
यस धर्ममा एकादसीका दिन उपासना बस्ने चलन छ । यस धर्मको ठुलो बिशेषता हो । महिनामा २ पटक उपासना गर्दा सरिरमा भएको बिकारलाई नष्ट गरिदिन्छ । जसले गर्दा मानिसमा सुगर र ब्लडप्रेसर जस्ता रोग लाग्न बाट जोगाउछ ।
टिप्पणी ः हिन्दु धर्मको मूल भाषा संस्कृत हो । संस्कृतलाई देवबाणी पनी भनिन्छ । यो भाषा जटिल भएकोले सबैले यो शिक्षा ग्रहण गर्न सकेनन । तत्कालिन अबस्थामा भारतबर्ष अन्त्यन्त बिकसित सम्बृद्ध थियो । त्यसैले अरबीहरुले यस देशमा आँखा गाडेका थिए । बिस्तारै मुगल साम्राज्यले भारतमा शासन गर्न थाले जसले गर्दा हिन्दु धर्ममा बिकशित भएको बिज्ञान अगाडी बढाउन सकेनन । हिन्दु बिध्दानहरुको कत्लेआम गरियो । हिन्दुहरुले गरेका अनुसन्धानका पुस्तक बेद, उपनिषद् र भाषा साहित्यका कि त नाश गरियो । कित बिदेशमा पुर्याइयो । मुगल पछि अंगेजले शासन गर्यो । अंगरेजले हिस्दुस्तान र हिन्दु संस्कृतिलाइ तहस नहस बनाएरै छाड्यो । त्यतिखेर पनि हिन्दु साहित्य, धर्म र बिज्ञानलाइ आधुनिकतामा ढाल्न सकेनन । यस धर्म भित्र भएका बिराट रुपलाई संकुचित बनाएर मुश्लिम र इशाई हावी भएको घाम जस्तै छर्लंग छ । तर पनी यस हिन्दु संस्कारमा हुर्केका सन्तानहरु जुनसुकै मुलुकका मान्छेसंग प्रतिस्पर्दा गर्न सक्षम छन् ।
हिन्दु धर्मका केहि अन्धविश्वास भ्रम र सत्यता
१. उत्तर तर्फ सिरानी गर्न बर्जित गरेको छ । पहिला यसलाई अन्ध बिश्वास मानिन्थ्यो । बैज्ञानिकले अब आएर पुष्टि गरिसकेका छन् । संसारको सबैका सबै बस्तु चुम्बकीय शक्तिमा अडेको छन् । चुम्बकको सिध्दांत अनुसार एउटै पोल एकै ठाउमा भयो भने विकर्षण हुन्छ । मानव शरीरको उत्तरी भाग भनेको उसको टाउको हो । जब धर्तिको उत्तरी भाग र मानवको उत्तरी भाग एकै तर्फ भयो भने त्यहा विकर्षण हुन्छ । यसको चुम्बकीय असर त कहिँ न कहिँ त पर्छ नै । अतएव मानिसमा टाउको दुख्ने, मुटुको रोग लाग्ने हुन्छ ।
२. घरको ढोका अगाडी निबु र खुर्सानी झुन्ड्याउने, यसो गरे खराब नजर लाग्दैन भन्ने बिश्वास गरिन्छ । तर त्यस्तो होइन सबैले यसलाई देखुन र आफ्नो खानामा यो प्रयोग गरुन भन्ने मनसाय थियो । निबु स्वास्थको लागि स्वास्थ्य बर्धक मानिन्छ, त्यसतै खुर्सानीले समेत मान्छेको इम्युन पावर बढाउने काम गर्दछ ।
३. फुटेको ऐना घरमा नराख्नु, नहेर्नु भनिन्छ । यो अशुभ हुन्छ भन्ने बिश्वास छ । फुटेको ऐना शिशा घरमा राख्दा यसले चोट लाग्ने सम्भावना बढी हुन्छ । यसलाई जतन गरेर राख्नु पर्छ भन्ने मनोबैज्ञानिक असर बन्दछ र त्यसको सुरक्षा हुन्छ ।
४. महिलाको मासिक धर्म भएको बेलामा, चुलो चौको छुन नदिने र घरभित्रको कुनै काममा संलग्न नगराउने चलन थियो । यसलाई हिन्दु धर्मका अनुयायीले अन्ध बिश्वास मानेका छन । आधुनिक युगमा सेनेटरी प्याड लगाएर महिलाहरुले सबै काम गर्दै आएका छन् । महिलाले अहिले बुझ्दै छन् कि महिना बारी हुदाको समयमा सरिर कम्जोर हुने, भारी गरुङ्गो सामान उठाउदा बढी रगत बग्ने देखि अनेक कठिनाइ हुदो रहेछ । पुरानो जमानामा महिनालाई यी कामबाट बाहिर राख्नको लागि गरिएको ठिक रहेछ भन्ने महसुस गरेका छन । सेनेटरी प्याडको ब्यबस्था नहुने हुनाले पनी फोहर जताततै फैलिने डरले पनी उनीहरुलाई अलग्गै राख्नु सान्दर्भिक रहेछ ।
५. दाह संस्कार गरिसकेपछि नुहाई धुवाई गर्नु । यसो गरेन भने उसंग भुत प्रेत संगै आउछ भन्ने गर्दथे । भूतप्रेत संगै आउछ भन्ने कुरा अन्ध बिश्वास होला ? तर दाह संस्कारमा मृत सरिरबाट ब्याक्टेरिया भाइरस मलामीमा सर्ने हुदा यसो भनिएको हो । भुत प्रेतको डर देखाएर यसो गरुन भन्ने उद्देश्य हो ।
६. चौका चुलोमा गाइको गोबरले लिप्नेलाइ पशुको मल मुत्रले लिपेर कहीं शुध्द हुन्छ ? यो अन्ध बिश्वास हो भन्ने गरिन्थ्यो । जब गाइको गोबर मुत्रमा कयौ ब्याक्टेरिया मार्न सक्ने पदार्थ हुने रहेछ । गौमुत्रले कयौ रोग संच हुने कुरा बिज्ञानले पुष्टि गरेपछि यो ठिक रहेछ भन्ने कुरा साबित भयो ।

Leave a Reply