Rishi aajad
पछिल्लो समयमा नेपालि साहित्यमा बहु आयामिक व्यक्तित्वको रुपमा देखापरेका साहित्यकार रुद्र ज्ञवालीले मलाइ पुण्डरी अर्यालव्दारा लेखिएको “कलेजो फेरेको मान्छे” कृति अध्ययानको लागि पठाएका थिए | मैले त्यो कृति पढेर त्यस बिषयमा केहि अध्ययन गरि पाठक प्रतिक्रिया दिउला भनेको थिए | एक पटक त्यो सरसरी पढे र पाठक प्रतिक्रिया लेखे पनि | तर प्राविधिक कारणले डेस्कटपमा राखेको म्याटर डिलिट हुन् पुगेछ | म अन्त्यन्त दुखि भए |त्यसपछि लामो समय पछी लेख्न पाइन् |मलाइ त्यो कृतिको झंकारले उद्दिप्त पारिरहेको थियो |मैले पुण्डरी अर्याललाई र उनको परिवार र आफन्तको सहयोगलाई भुल्न सकेको थिइन् |यो लेखमा मैले केवल एउटा पाटोलाइ मात्र कथ्य बिषय बनाएको छु |एउटा नीरिश्वरवादी मान्छेमा कसरी अदृश्य शक्तिको आड लिदो रहेछ |यस्तो मनोविज्ञानको विकास गराउने तत्व के रहेछ | भन्ने पाटोलाई मात्र कोट्याउन चाहेको छु |

मान्छे असह्य पिडा र सम्भावित मृत्युको कारण आधुनिक प्रविधिले युक्त अस्पतालमा पनि इश्वरसंग जिबनको बरदान माग्दो रहेछ | शोक र उदासिनताले अभिभूत मान्छे निरिह र कायर बनेको हुन्छ | त्यो बखत उसले मन्दिरमा भाकल गर्छ | जिबनदानको लागि इष्ट देवतासंग प्राथना गर्छ | ग्रह दशाको पुजा गर्छ |बलिन्द्रधारा चुहाउदै आस्थाको देवतासँग वर् माग्छ | भावसुन्य अवस्थामा पुगेपछिको अबचेतन अबस्थामा रहस्य लाग्दा घटनाहरु भोग्छ |पुण्डरी अर्यालको कलेजो फेरेको मान्छे आत्मकथामा मृत्युको मुखमा पुगेको अत्यासलाग्दो अबस्थामा यस्तै यस्तै अबस्था देखिन्छ |यो कृति जिजिविषाको लागि संघर्ष गरिरहेको व्यक्ति र उसको परिवारको वेदनामय क्षणको यथार्थपरक प्रस्तुति हो |

मान्छे परिस्थितिको दास हो | उसलाई गतिशील समयको प्रवाहको छालले कंहा मिल्काउछ थाहा छैन | जीवनको चक्र गुड्दै जादा एउटा सचेत, साहसी र लौकिक दर्शनमा बिश्वास गर्ने उद्दमीको मनोविज्ञानमा कति ठुलो फेर बादल आउदो रहेछ भन्ने देखाएको छ |

यो दर्दनाक घटनामा धेरै कुराले काम गरेको छ | लेखकको गल ब्लाडरमा स्लचजमेर स्टोन भै पित्तलाइ आन्द्रामा जानबाट रोकेको हुनाले अति पिडा भएको अबस्थामा न्यु योर्क हस्पिटल क्विन्सका डाक्टर सुर्लाले मिस्टर पुण्डरी यु आर गोइंग तु डेथ भने \यो कति डरलाग्दो र उच्याट लाग्दो भनाइ थियो | यस्तै बेदनामे क्षणमा जीवनदानको लागि हरसम्भव उपाएहरु गर्छ मान्छेले |त्यो बखत निरिश्वर्बादका पर्खालहरु गर्ल्यामगुर्लुम्म भत्किन्छन | भौतिकबादी चेतनाको व्दार बन्द हुन्छ |
मान्छे आखिर श्रीकृष्ण एक भन्ने निष्कर्षमा पुग्छ|

मान्छे जब अवचेतन अबस्थामा हुन्छ उसले असाधारण प्रकृतिका घटनाहरु देख्न थाल्छ | एक दिन एक जना अपरिचित कालो बर्णको अग्लो भिजिटर ट्याग तासको मान्छेले यहा एक जना हिन्दु मान्छे बिरामी छ भन्दै नजिक आइ सानो तिनको बाकसबाट केहि निकालेर मन्त्र बडबडाएको जसो गरि मुठ्ठीभित्र केहि समातेर टाउको वरिपरी र खुट्टासम्म छुवाएर बाकसमा राखेर बिदाभई केहि पर पुगे अन्तर्ध्यान भएछ | सीताले देखेको सत्य हो तर त्यो हतास निरास र उदासले भरिएको भावसुन्य अबस्थाको अवचेतनको परिदृश्य हो | यो सीताले मात्र हैन यस्ता परिदृश्यहरु धेरैले देखण सक्छन |बाहिर नपत्याउने हुनाले मान्छे त्यस्ता परिदृश्यहरुको बर्णन गर्दैन | त्यस्तै धेरै परिदृश्यहरुले दैवी शक्ति माथि बिश्वास बढाउछ | कलेजो प्रत्यारोपणको २४ घण्टा पछी सुषुप्त अबस्थाबाट जागृत अबस्थातिर आउदाको समाधिमय क्षणमा आइपुग्दा पुण्डरीले यस्तै डरलाग्दा दृश्यहरुको अनुभूति गरेका छन् |

जीवनको उत्तरार्धतिर मान्छेको जिजिविषा क्रमश: ओइलाउदै जान्छ | उ मृत्युलाई सहज स्विकार गर्दछ र आनन्दमय मृत्यु वरण गर्न चाहन्छ | तर बार्ह बजेको मध्यान्ह जस्तै अधबैस जिन्दगीमा मृत्यु स्विकार गर्दैन | यस्तो अबस्थामा जिजीबिषाको लागि मान्छेहरु दैवीशक्तिको आड लिन पुग्छन पचास बर्षको पौध उमेरमा मर्नु पर्दा देवकोटाले ‘आखिर श्री कृष्ण रहेछ एक ‘ भन्न पुगे | यो निरिह अबस्थाको उच्छवास हो | यस अवस्थामा नियतिबादी दृष्टिकोण पल्लवित हुन्छ | पूर्वार्धमा भौतिकवादी दर्शन पक्डेर मुक्तिको लागि बलिदानी भावनाले ओत प्रोट हुदै अघि बढेका पुण्डरी अर्यालमा जिजिविषाको अनुभूत चाहना प्रकट गर्नुले मानवीय स्वाभावको प्रतिनिधित्व गर्दछ | मान्छे मर्न चाहन्न | बाच्न चाहन्छ | यो साश्वत स्वभाव हो | यसैलाई जिजिविषा भन्दछन |

प्रकृतिको आफ्नै नियम र ब्यबस्था हुन्छ | त्यो कार्य कारणका (कज अफ इफेक्ट ) का आधारमा चल्छ | त्यसको आन्तरिक संरचना भत्कनु र बिग्रनुका आन्तरिक कारणहरु हुन्छन | चिकित्सकहरुले त्यही आन्तरिक कारणलाई अध्ययन गरि शरीरको जटिल प्रणालीलाई बुझेर रोगको निधान गरि बिमारीको शरिरलाइ चुस्त बनाइ स्वास्थ पार्छन | कलेजो पनि सरिरको महत्वपूर्ण अंग हो | यो सरिरको दाहिने भागको करंग भित्र दाहिने पेटको माथि पट्टि हुन्छ | यस्सको काम विषाक्त खाना, केमिकल र नशालु पदार्थलाई शुध्दोकर्ण गर्नु हो | यसले पित्तरस उत्पादन गर्छ जुन पित्तरस पित्तथैलिअमा जामा भै सानो आन्द्रामार्फत सरिरबाट बाहिर निस्कन्छ | पित्तारसले बोसो र चिल्लो पदार्थलाई पचाउछ | यो सरिरको बायोकेमिकल फ्याक्ट्री हो | यसमा ब्याक्टेरिया भाइरस आदिको संक्रमण भयो भने हेपातैतिस, सिरिसिस एक्सैतिस, क्यान्सर आदि संक्रमण भै यो पद्दति नै फेल भै अन्य अंगसंग सम्बन्ध बिच्छेद हुन् पुग्डा मान्छे मर्छ |यस्तो अबस्थामा मान्छेलाई बचाउन सिंगो कलेजो नै फेर्नु पर्दछ | एउटा स्वस्थ मान्छेको कलेजो निकाली अर्को मान्छेको सरिरमा प्रत्यारोपण गरि जीवन संचार गरौं सकिन्छ | यसमा जर्ज सुर्ला, र जिन सि इमोण्डले त्यही काम गरेका छन् र पुण्डरी अर्यालको जीवन दिएका छन् |

वास्तबमा मृत्यु बाहिरबाट आउदैन | त्यो त भित्रबाट सिर्जिंन्छ | लेखनाथको आयो टप्प टिपी लग्यो टारेर टर्दैन भन्ने श्लोकले पनि काल बाहिरबाट आउछ भन्ने कुरालाई महत्व दिएको छ |पुण्डरी काल बाहिरबाट आउछ भन्ने कुरामा बिश्वास गर्दछन |वास्तवमा काल बाहिरबाट हैन भिताबातानै आउँछ | हाम्रो शरीरमा रहेका श्वास प्रस्वास प्रणाली, रक्त संचार प्रणाली, स्नायु प्रणाली अस्थ्पंजर प्रणाली, पाचन प्रणाली, मुत्र प्रणाली लगायतका बिभिन्न प्रनालिहरुको आपसी संयोजनमा जिबनको अस्तित्व हुन्छ भने विच्छेदनामा मृत्यु हुन्छ | शरीर जटिल प्रकारको जैविक यन्त्र हो | पहिला पहिला यहि आन्तरिक र र जटिल पद्दतिलाई बुझन नसक्दा रिसानी, बोक्सी झाक्री आदि अन्ध बिश्वास जन्मेका हुन् | पुण्डरी अर्यालमा बिस्तारै इश्वरीय भावना बिकास हुनको मूल कारण अत्यास लाग्दो मृत्युको संदेश र त्यसबाट पार पाउनको लागि पलाएको पार्मार्थिक भावना हो | यो कृतिमा विवस मान्छेमा आउने मनोविज्ञानिक परिवर्तनको चित्रण रहेको छ | प्राध्यापक कपिल लामिछानेलरए यो बिषयलाई स्वसस्कृतिको भंजन्को कारण उत्पन्न भएको सन्तापले आध्यामिक, बेदान्ति र सैभाक्त भएको ठम्याएका छन् | चिकित्सा विज्ञानको उच्चतम बिकास भएको अमेरिकामा जिबन दाङ पाए पनि इश्वरप्रति अनुग्रहित हुनुको कारण संकृति भंजन को मनोबैज्ञानिक पिडा मानेका छन् |

अर्का साहित्यकार रुद्र ज्ञवाली पनि शंकटा जप र ग्रह दशा निवारार्थ गरिने अनुष्ठानको लागि सक्रिय बनेर लागेको देखिन्छ | यो पनि परमार्थिक स्वभाब हो | ऊनले त्यस्तो संबेदनशील क्षणमा विश्वास र अविस्वासमा लागेर बहस गर्ने बेला हैन | यो समयमा जे गर्नु पर्ने हो त्यही गर्नु पर्छ | वास्तबमा त्यो समयमा परम्परागत धारणाहरु धर्मराउदो रहेछ |मान्छेलाई जिजीबिषालर त्यहासम्म पुर्यौदो रहेछ भन्छन |

पुण्डरी अर्यालले पुनर्जन्म पाए भन्छन | यो पुनर्जन्म हैन | यो पुन:जिबन हो | मृत्यु पछी पाउने जिबंन पुनर्जन्म हुन् सक्दछ | कलेजो फेरेपछि पाएको जिबन पुनर्जन्म नभई पुन: जिबन हो | यो लोकमा पुनर्जन्म सम्भव छैन | पुनर्जन्म भनेको मृत्युको भयानक गर्तमा जादाको बखट दिइने सहानुभूतिजन्य अभिव्यक्ति हो | जसले मधौरुलाइ फेरी जन्म पाइने विश्वासमा पारेर मृत्युलाई अलि सहज बनाउने काम गर्दछ |

पुण्डरी अर्यालकी प्रस्तुत कृति आत्मा कथात्मक कृति हो | आख्यान , निबन्ध, यात्रा संसस्करण जस्तो लाग्ने प्रतुत कृतिको कलात्मक सामर्थ बेजोड छ | यो पुस्तक पधिरहदा यस्ले पाठकलाई गम्भीर प्रभाव पार्छ | पुण्डरी अर्याल र उनको छोरा छोरप्रति सहानुभूति जगौछ |यसमा आँशु , बेथा, बेदनाको बाढी बगेको छ | कृतज्ञताको फोहरा फुटेको छ | यो दायास्पोरी साहित्यको नौलो दृष्टान्त हो | यो कृति एक पटक सबैले पढ्नु पर्छ |

समिक्षक ऋषि आजाद
बुटवलबाट प्रकाशित :दैनिक पत्र बर्ष 11 अंक २७३ भदौ १४, २०७२ सोमबारमा प्रकाशित !

Leave a Reply