puraskaar
सिद्धार्थ साहित्य परिषद, शिध्दार्थ नगर , रुपन्देही २०३८ सालमा स्थापित, एउटा ससक्त साहित्य संस्थाले मेरो आत्म संस्मरणात्मक कृति भानु जयन्ती २०७२ को अवसरमा “कलेजो फेरेको मान्छे” लाइ सकला सिध्दार्थ बांगमय पुरस्कारले सम्मानित गरेको थियो | आज मेरो हातमा सम्मान पत्र आइपुगेको छ | यो मेरो आत्म संस्मरण पुस्तकले सम्मान पाउने मुल्याकन गरिदिएर मेरो लेख्ने प्रवृतिलाइ उत्साह प्रदान गर्दिनु भएको छ | शिध्दार्थ साहित्य परिषदले साहित्यिक जगतमा मलाइ दरो गरेर उभ्याउने उत्साह दिनु भएको छ | शिध्दार्थ साहित्य परिषद परिवारलाइ मुरी मुरी धन्यवाद दिन्छु | सकला बांगमय पुरस्कार स्थापना गर्ने साहित्यकार राम काजि कोने ज्युलाइ पनि धन्यबाद दिन चाहन्छु | वहाको ममतामयी माता सकलालाइ पनि सस्मरण गर्न चाहन्छु | पुस्तक मेरो स्वस्थको परिघटना ब्यथा कथा समेटेर शब्दमा उतार्ने जमर्को गरेको थिए |
यो पुस्तक कुनै पुरस्कारको अभिलाषा राखेर छापिएको थिएन | पुस्तक प्रकाशनमा मेरी पत्नी लक्ष्मी अर्याल, छोरी बन्दना, छोरा बिशाल र बिपिन को साथ रह्यो | उत्प्रेरणा दिने निलम कार्की, सम्पादकीय गरिदिने डा. कपिल लामिछाने, पुस्तक छाप्नको सहयोग गर्ने कवि रुद्र ज्ञवाली बिशेष भूमिकाको लागि मुरी मुरी धन्यबाद दिन चाहन्छु | त्यस्तै पुस्तक प्रकाशित गर्ने विवेक सिर्जनशील प्रशानालाई पनि धन्यबाद दिन चाहन्छु |
यस सम्मान पत्रमा यस्तो लेखिएको छ |

सिद्धार्थ साहित्य परिषद

लोगो
रुपन्देही
स्थापित २०३८
श्री पुण्डरी अर्याल
कैलाश पाठ , सिध्दार्थ नगर -८, रुपन्देही
हाल – न्यु योर्क
लुम्बिनी अंचल रुपन्देही जिल्ला तिल्लोत्तामा न. पा . शंकरनगरमा ममतामयी माता खिमा देवी अर्याल र श्रदेय पिता यज्ञप्रसाद अर्यालका कनिष्ठ पुत्ररत्न का रुपमा वि.स. २०१९ जेठ १९ गते जन्म भै स्नातक तह सम्मको शिक्षा हाशिल गरि हाल अमेरिकाको न्यु योर्कमा बसोबास गर्दै आउनु भएका यस परिषदका पुर्व सचिव तथा आजीवन सदस्य तपाइले सिर्जना गर्नु भएको “कलेजो फेरेको मान्छे ” नामक आत्म -संस्मरणात्मक कृति वि.स. २०७१ सालमा लुम्बिनी अन्चलका श्रष्टाहरुबाट प्रकाशित उपलब्ध कृतिहरुमा उत्कृष्ठ ठहरिएकोले भानु-जयन्ति २०७२ का अबसरमा सिध्दार्थ नगरमा आयोजित बिशेष समारोहमा तपाईलाई साहित्यकार रामजी कोनेव्दारा ममतामयी आमाको सम्मानमा स्थापित रु १०,०००/- को सकला बांगमय पुरस्कार शीत यो सम्मान पत्र समर्पण गरिएको छ |

पुरस्कृत र सम्मानित हुनुभएकोमा हार्दिक बधाई |
— ————————– ————————–
राम बहादुर श्रेष्ठ डिल्लीराज भट्टराइ प्रा.डा. कपिल लामिछाने बिजय सागर
कार्यक्रम संयोजक संयोजक प्रमुख अतिथि अध्यक्ष
सचिव मुल्यांकन समिति सिध्दार्थ साहित्य परिषद
सिध्दार्थ साहित्य परिषद
इति सम्बत २०७२ साल आषाढ २९ गते रोज ३ शुभम

Leave a Reply