२. धर्म भनेको के हो ?
अध्यात्मको बाटोमा पाइला टेक्ने जमर्को गरेको मान्छेले धर्मको बारेमा जान्न खोज्नु स्वभाविक हो । त्यो आबस्याक पनी छ । त्यसैले पनी यसलाई जान्ने क्रममा मैले अध्ययनबाट सम्झे बुझेका कुरालाइ लिपिबध्द गर्ने प्रयत्न गरेको छु । यसमा कमी कमजोरी पक्कै पनी धेरै छन । कहिलेकाँही मलाइ लाग्छ । यो जीवनमा धेरै भन्दा धेरै बिषयको ज्ञान नभैकन मरिने भैयो ! धेरै मान्छे न आफ्नो बारेमा जानेर मरेका छन न त जीवन र जगतको बारेमा बुझ्न कोशिस गरेका छन ।
ब्रमाण्डको रहस्य अपरम्पार छ । मान्छेले बनाएको कुरालाइ बुझ्ने र सम्झने मान्छे त संसारमा बहुत कम छन भने अझ अलोकिक परमात्माले बनाएको प्राणीका जीवन देखि पदार्थका गुण धर्मको आकर्षणलाइ बाधेर जुन चन्द्र सुर्य र ग्रहहरुलाई नियन्त्रण गरेर स्वचालित रुपमा संचालन गरिरहेको त्यो सर्बशक्तिमान तत्व जुन अलोकिक निरन्जन निराकार र सर्वव्यापी छ । त्यसलाई बुझ्न जान्न केहि महापुरुषले सक्छन होला ? मैले आँटनु भनेको दुष्शाहस भन्दा केहि होइन ।
धर्मको बारेमा सहजै हिन्दु मुसलमान क्रिश्चियन भनेर बुझियो भने त्यो अनर्थ हुने छ । धर्म भनेको सम्प्रदाय, रिलिजन र पन्थ पनि होइन । धर्म भनेको हिन्दु, बुध्द, शिख, क्रिश्चियन, मुस्लिम, ताओइष्ट, ज्वुस ( जुइस) र जैन पनी होइन । यी सबै रिलिजन हुन यी सबैका आआफ्ना भगवान छन, जसलाई यिनीहरुले पुजा गर्दछन । रिलिजनको शाब्दिक अर्थ धर्म होइन । पुर्बिय दर्शन अनुसार धर्म भनेको गुणवेत्तालाई भनिएको हो । रिलिजन भित्र धर्म लुकेको हुन सक्छ । धर्मलाइ बाड्न मिल्दैन, न त यसलाई चिरा चिरा गर्न मिल्छ । धर्म एक बिराट सनातन मान्यता हो संस्कार हो, आध्यात्मिकता हो ।
समयसंगै धर्मको व्याख्या परिबर्तन हुन् थाल्यो । मान्छेले शब्दजाल अर्थात उस्तै उस्तै अर्थ लाग्ने शब्द बोलेर दिग्भ्रमित बनाउन सफल भएका छन । त्यसैले धर्म शब्दलाइ आफ्नो सम्प्रदायसंग जोडेर व्याख्या गर्न थालियो । हजारौ बर्ष अगाडी हाम्रा अग्रजले धर्मलाई यसरी ब्याख्या गरेका रहेछन ।
अद्रोह्श्चाअप्यलोभश्च दमोभुतदया तपः।
ब्रह्मचर्य तथा सत्यमनुक्रोशः धृति ः।।
द्रोह नगर्ने, लोभ लालच नगर्ने, इन्द्रियलाइ वशमा गर्ने, ब्रह्मचार्य नियमन गर्ने, प्राणीजगतलाइ दयागर्ने, जपतप आराधना भक्ति गर्ने र सत्यमार्गमा हुने र दयाकृपा क्षमा भावलाइ धारणा गर्नु नै धर्म हो । माथी उल्लेखित आचरण गर्ने व्यक्ति नै धार्मिक हो । त्यसैले जुनसुकै नामधारी धर्म वा सम्प्रदायमा माथी उल्लेखित आचरणलाइ अनुशरण गर्न लगाइन्छ भने त्यो सम्प्रदायले धर्म पालना गरेको मान्न सकिन्छ । यदि त्यस धर्ममा प्राणीजगतप्रति हिंशा, अत्याचार गर्ने, लोभ लालचको लागी व्दन्द गर्ने, आफ्नो भन्दा अर्को सम्प्रदायलाइ निच देखाउन प्रयन्त गर्ने, आफै मात्र ठुलो हुँ भन्ने भाव पैदा गर्ने, द्रोह फैलाउने कुनै प्रकार देवता मान्ने समुह धर्म हुनै सक्दैन । त्यसैले धर्म भनेको नाम होइन, त्यसैले माथी उल्लेखित गुण तत्व धारण गर्ने व्यक्ति धार्मिक हो भने उल्लेखित तत्व गुण नै धर्म हो । मुश्लिमहरुले आफ्नो इस्लामलाई मजहव भन्ने गर्दछन । जसको अर्थ सम्प्रदाय नै हो । रिलिजनको अर्थ पनी सम्प्रदाय नै हो ।
जुन दर्शनमा ब्रमाण्डसंग तालमेल गरेर मानव जीवनलाइ उत्कृष्ट, सुखमय, आनन्दमय, शान्तिमय, प्रेममय, सत्य दया क्षमा र प्राणिजगतसंग दया प्रेम स्थापित गर्न गरिएको पथ प्रदर्शक वा गाइडलाइनलाई धर्म भनिन्छ । जसमा मानवले पालन गर्न पर्ने कर्तब्य, अधिकार, नीति कानुन, सत्य न्याय, आचरण, सद्गुण, रिति रिवाज, सदाचार, चरित्र, दया, क्षमा भक्ति, नैतिकता साथमा अन्य कुरा समाबेश गरिएको हुन्छ । जुन प्रकृतिसंग सामिप्य वा अनुरुप रहेर अनुशाशित भएर नियममा बस्ने एउटा मानव सभ्यता संस्कार संस्कृतिको संबिधान नै धर्म हो ।
कुनै पनी धर्ममा मानव जातिलाई होच्याउने, दुख दिने, दलित र तल्लो दर्जाको लेबल लगाइदिने कर्म गरिन्छ भने त्यो धर्म होइन, त्यो पाखण्ड हो । एउटा इश्वर मान्नेले अर्को इश्वर मान्नेलाई अपमान गर्ने त्यो धर्म होइन । जुन शास्त्रमा सर्बमान्य मान्यता छन । तिनलाइ ओझेलमा पारेर राजनीति गरेर मानवको शोषण गर्ने माध्यम बनेको छ, आज धर्ममा । धर्म त त्यो हो जसले मानव जातीको जीवनलाई एउटा उच्चतम अबस्थामा पुराओस र मानव मात्र नभएर जगतमा भएका सम्पूर्ण प्राणि जगतको भलो प्रकृतिको सम्मान गरेर यो सभ्यता अगाडी बढाओस । जहाँ सबै सुखी रहुन कसैलाई दुख नहोस, आनन्दमय, प्रेममय, शान्तिमय सत्यमय होस् । धर्म त्यो हो असतबाट सत्य तिर डोराओस, अध्यारोबाट उज्यालो तर्फ लैजाओस । मृत्युबाट अमरत्वको मार्गमा लैजाओस ।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणी पश्यन्तु मा कश्चिद्दुःखभाग्भावेत् ।
असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर् मामृतं गमय ।
ओम् शान्तिः शान्ति ः शान्ति ः।।
यही हो हाम्रो सनातन धर्म ।
धर्मको शाब्दिक अर्थ यस्तो पनि हो । कुनै पनी बस्तुको आफ्नै स्वभाव र गुण धारण गरेको हुन्छ । त्यहि स्वभाविक गुणलाइ धारण गरेकोले त्यो तत्वगुण नै त्यस बस्तुको धर्म हो । धर्म भनेको व्यक्ति तथा बस्तुको गुण बेत्ता हो । ब्रमाण्ड र प्राणी भित्रको जुन प्राकृतिक अन्तरसम्बन्धको नियम नै धर्म हो । प्राणि र पदार्थ भित्र भएको आन्तरिक बिज्ञानलाइ धर्म भन्दछन । जिबन भित्र लुकेको नियमको खोज पनी धर्म हो । ब्रमाण्डको आन्तरिक नियम नै धर्म हो । जसले जीवनको आन्तरिक नियमलाई अनुभव गर्न सक्दछ ।” बशुदेब कुटुम्ब “ को भाव जागृत हुनु मानव धर्म हो । संस्कृति र अध्यात्मलाइ जोडेर धर्म बनिराखेको छ । अर्थात धर्म भनेको नै सस्कृति र अध्यात्मको एकाकार रुप हो । त्यसैले कुनै पनी मान्छे निरपक्ष हुने सक्दैन ।
इस्लाममा पनि दुइटा मार्ग छन । सिया र सुन्नी,छन् । क्रिश्चियनमा पनी रोमन क्याथोलिक र प्रोटेष्ट्यान्ट रिलिजन छन् । त्यस्तै हिन्दुमा पनी बैशनव र बैश्नवमा पनी बिभाजन छ । शिव पथ मान्ने हरु छन् त्यस्तै अनेकन देव देवता मान्ने छन । शिख, जैन बौध्द अनेक थरिका सम्प्रदाय (च्भष्निष्यल) छन । यी सबै सम्प्रदायलाइ एक मुष्ठरुपमा धर्मको नामाकरण गरिएको छ । समयसंगै धर्म शब्दको गलत व्याख्या भयो । धर्म भनेको यहि हो भनेर उपयुक्त शब्द भेट्यउन नसकेर यो सम्प्रदायमा जोडिन थालियो । अब यो स्थापित भै पनी सकेको छ । तर केहि सन्त महात्महरुले मात्र यो धर्मको सहि ब्याख्या गर्न सक्दछ होला। बैदिक सनातनलाइ बाध्य भएर हिन्दू धर्म जोडन पर्यो र यो अब पर्याबाची शब्द भैसकेको छ ।
धर्म भन्ने शब्द अब राजनीतिमा पनी भित्रिएको सकेको छ । इश्लामले भारतमा शताब्दिऔ सम्म राज्य गरे । अनि क्रिश्चियनले सयौ बर्ष भारतमा शासन गरे । हुनसम्म आर्य संस्कृतिलाई बिनास पारे । यसैले गर्दा धर्म शब्दको दुरुपयोग हुदा हुदै राजनीतिमा जरा गाड्यो । संसार केहि यस्ता देशहरु अझै छन् जो राज्यको कानुन भन्दा धार्मिक नियम बलियो छ र धर्मको कानुनले राज्यको कानुनलाई उल्त्याउन सक्छ । इश्लाम धार्मिक देशमा अत्यधिक छ भने क्रिसियन धार्मिक देश केहि छन । सेक्युलर (क्भअगबिच धर्म(निरपक्ष नामक बिष पुर्बिय संस्कृतिमा बलियो गरेर घुस्यो र घुस्याइयो । विश्वका अधिकांश देशमा धर्ममा आधारित शासन ब्यबस्था लागु भएका छन ।
सेक्युलर (क्भअगबिच) को वास्तविक अर्थ राज्यको कानुनमा धर्मको आधारमा भेदभाव गर्न नपाइने, धर्म र धार्मिक संस्थालाइ राज्य संचालनमा भूमिका बिहिन गराउने अर्थात राज्य र धार्मिक संस्था सम्पूर्ण रुपमा छुट्याउनुलाइ भन्दछन । बास्तबिक पुर्बिय धर्म अर्थात हिन्दु नामको एउटा देश पनी यो भूगोलमा रहेन । संसारमा नेपाल एक मात्र पहिले हिन्दु राज्य थियो । हिन्दु राज्य भए पनी धार्मिक सहिष्णुता थियो । बुध्द र इश्लाम धर्म मान्ने अनुयायीलाइ राज्यले सहयोग पनि गर्थ्यो ।राज्यले बौध्द गुम्बा र मदरसा र चर्च समेतलाई सहयोग गर्दथ्यो । नेपाल राज्यको कानुन र अदालतको निर्णयलाई कहिले पनी धार्मिक संस्थाले हस्तक्षेप गरेको थिएन । बैदेशिक हस्तक्षेपका कारणले नेपाललाई धर्म( निरपेक्ष बनाएरै छोडे । पैसा र प्रचार प्रसारले समस्त हाम्रो बुध्दि, हामी त्यसको पछाडी लाग्दा संसारमा अल्पमतमा पर्न थालिएको छ । धर्मको नाममा कर्मकाण्डीलाइ बुझेर धर्मको अपव्याख्या हुन गयो र हामीबीचमा वितिष्णा फैलिन पुगेको हो ।
हाम्रा ऋषि मुनिले धर्मको व्याख्या मानव जातिलाई उत्कृष्ट, सुखमय, आनन्दमय, शान्तिमय, प्रेममय, सत्य दया क्षमा र प्राणिजगतसंग दया प्रेम धारण गर्नेलाइ धर्म हो भनेर व्याख्या गरेका थिए । बास्तबिक धर्मको अर्थ नबुझिकन धर्मको खिल्ली उडाउनु हाम्रो लागी दुखद भयो । बास्तबमा धर्मको लामो व्याख्या गरिरहनु जरुरि छैन । जड बस्तुको धर्म उसंग भएको सामर्थ र गुणलाइ व्यक्त जब गर्दछ भने त्यो बस्तुको धर्म हो । यदि मनुष्यले आफ्नो इमान पुर्बक कर्तब्यलाइ पुरा गर्नुलाइ पनी उस्को धर्म हो भन्न सकिन्छ । हामीले सुनेका धर्म बौध्द, जैन, शिख, क्रिश्चियन, हिन्दु, मुस्लिम र अनेकन सम्प्रदायहरुको झोलामा धर्म पाउनु सक्नु हुन्छ । अर्थात सबैमा धर्म भेटाउन सक्नु हुन्छ । तर धर्मको झोलामा कुनै पनी सम्प्रदाय, धार्मिक भनिने समुह भेटाउन सक्नु हुन्न । धर्म त्यहि भएर बिराट स्वरुप हो । यी सबै सम्प्रदाय, मानवताबादी, सबै दर्शनहरु, भलै नास्तिकता किन नहोस यहि धर्मबाट उत्पत्ति गराइएको हो । यसैबाट खण्डित रुपमा लिएर सृजना गरिएको हो । त्यसैले धर्मको व्याख्या अनुसार धर्म यो ब्रमाण्डको फुल प्याकेट हो भने सबै सम्प्रदायहरू धर्मको खुद्रा र झोले पसलको रुप हो । मैले धर्मलाई यसरी बुझे ।
ooooo

Leave a Reply