पुन्डरी  अर्याल
पुन्डरी अर्याल

(खसोखास साप्ताहिकमा प्रकाशित ०४/२४/२०१५)
प्रयोगशाला भन्ने बित्तिकै विज्ञानको अनुसन्धान कक्ष हो भन्ने बुझिन्छ | म् पनि कुनै बेला बिज्ञानको बिद्यार्थी थिए | नेपालीमा लेखेको प्रयोगशाला पुस्तक नामले मलाइ आकर्षित बनाउनु स्वभाविक नै हो | तर केहि साहित्यिक र राजनीतिमा चासो राख्ने बन्धुहरुले यो पुस्तकको चर्चा गरेको सुनेको थिए | राजनीति वृतमा पनि यो पुस्तकको बारेमा बिशेष चर्चा भएको रहेछ | मैले यो पुस्तकलाइ पढने अवसर पाएको थिइन | यसका लेखक सुधिर शर्मा हुन् यिनलाई व्यक्तिगत रुपमा मैले चिन्न पाएको छैन | यी नेपालको लोकप्रिय र नेपालकै ठुलो र नामी पत्रिका कान्तिपुर दैनिकका प्रधान सम्पादक हुन् | उनि महत्वपूर्ण नेपालकै ठुलो मिडियामा भएको कारणले देशका ठुला राजनेता राजदरवार र कुटनैतिक व्यक्तित्वसंग सजिलै सम्पर्क गर्न सक्ने र उनीहरुसंग अन्तर्वार्ता लिन सक्ने हैसियत राख्छन् |
उनले नेपालमा माओबादीको जन्म कालदेखिकै इतिहासलाइ तथ्यगत आधारमा चिरफार गरेका रहेछन पुस्तक पढ्दै जादा बिषेशत माओबादी नेता प्रचण्डको जन्म पत्रिका नै उतारेका छन्, माओबादीहरुको पार्टीगत लुप होललाई समेत तथ्यगत बिवरणमा उजागर पारिएको छ | माओबादी जनयुध्द कालमा भएका प्रत्येक घटनालाइ उल्लेख गरिएको छ | जनयुध्दको दवाव बढ्दै जादा तत्कालिन प्रधानमन्त्रि कृष्ण प्रसाद भट्टराईले राजासंग मिलेर माओबादीसंग वार्ता गरि उक्त समस्या समाधान गर्न खोजेका थिए | भट्टराइ फ्रान्समा माओबादीका नेतासंग भेटने कार्यक्रम थियो | यो कुरा थाहा पाएर गिरिजा प्रसादले उनलाई प्रधान मन्त्रि बाटै हटाए र भट्टराइलाइ फ्रान्स जान रोके, माओबादीलाइ दमन गर्न राजाले सेना चलाउन गिरिजालाइ दिएनन | माओबादी सेना र शाही सेना बीच आपसी तालमेल भएको जस्तो भान हुन्थ्यो | सरकारका प्रहरीहरुले माओबादी युध्द सामना गर्न नसक्ने र पछी प्रजातान्त्रीक सरकार कम्जोर हुने निश्चित थियो | सरकारलाई कम्जोर बनोस भन्ने दरवारको पनि नियत त्यस्तै थियो | दरबारले माओबादीलाई राष्ट्रवादी शक्तिको रुपमा हेरी राखेको कुरा यस पुस्तक बाट पनि बुझ्न सकिन्छ |
भारत राजिब गान्धीको पालादेखि राजा र राजतन्त्र पट्टि खुस थिएन | यसकारणले पनि माओबादीको जन्युध्दलाई आफ्नो क्षेत्रमा आवत जावतमा कडाइ गरेको थिएन | माओबादी युध्दले राजतन्त्रलाई नै कमजोर बनाउछ भन्ने मान्यता उसको थियो | राजाले सेना चलाउन नदिएपछी यता गिरिजा प्रसादलाइ माओबादीसंग राजाले मिलि केहि न केहि गर्छन भन्ने आशंका थियो | दरवार पनि गिरिजा कोइरालालाइ ठेगान लगाउन माओबादीसंग बार्ता आरम्भ गरिसकेको थियो | राजाका कान्छा भाइ धिरेन्द्रसित बार्ता अगाडी बढेको कुरालाई पुष्टि गरेको छ | शुरुमा ज्ञानेन्द्र को संग्लनता भएको अनुमान पनि गरिएको छ | दरबार चिनसंग नजिक भएको भारतलाई पटक्कै मन परेको थिएन | यही खेलको बिचमा अप्रत्यासित राजदरवारमा राजा बिरेन्द्रको बंश नास हुने गरि मास एकड भयो | त्यसपछि माओबादी र दरवारको सुत्रधारहरु छिन् भिन्न भए | एउटा कोण बाट गिरिजा प्रसादको यो हत्या काण्डमा हात भएको भन्ने अनुमान लगाउने आधार छ पनि |
बिरेन्द्रको मलामीमा गएका गिरिजा प्रसादमाथि भएको आक्रमणले यो पुष्टि गर्न खोजेको छ | माओबादी र दरवारको सुत्रधार कम्जोर भैसकेपछि नया राजा ज्ञानेन्द्र सरकारसंग सम्बन्ध प्रगाड हुन् नपाउदै, राजाले सत्ता समाले पछी उनका आसेपासेले पजातन्त्र र माओबादीलाई कम्जोए रहेको दाबि गर्दै ज्ञानेन्द्र हौसाएका थिए | यहा पनि भारतको खेलाडीहरु संलग्न भएको पुष्टि हुन्छ | यो मौकामा गिरिजा प्रसादले दरबारबाट माओबादी सुत्रधार छुटेको अवसरलाई छोपे | कमजोर भइरहेको अबस्था र आफु सत्ता बाहिर बसिरहेको बेलामा र एमालेहरुले पनि अस्तित्व जोगाउन माओबादीसंग गठबन्धन बनाउन प्रयास गरिरहेको अबस्थामा भारतले राजा फालेर गणतन्त्र ल्याउने सर्तमा माओबादीसंग दिल्लीमा सम्झौता गराउन वातावरण मिलाइदिने भयो | माओवादीका थुपै कार्यकर्ता भारतमा थुनिएका थिए तिनलाई छोडदिएर तिनै वटा पार्टीलाई दिल्लीमा लगेर १२ बुदे सम्झौता गरि संयुक्त जनान्दोलनको घोषणा गरिएको कुरा तथ्यहरुलाई उजागर पारेको छ |
भारतले नेपाललाई सिक्किम जस्तै गरेर लिदा बबण्डर हुने हुनाले ठुलो चलखेल गरि नेपालका राजनेतालाइ आफ्नो पकेट बनाउने र नेपालमा उनीहरुको इशारामा सत्ता चलाई राख्न संयन्त्र बरकरार राखिएको कुरा समेतलाई संकेत गरिएको पाउन सकिन्छ | नेपालका केन्द्रीय स्तरका नेताहरु प्राय र (RAW)बाट भत्ता खाएको कुरा पटक पटक पत्र पत्रिकामा आइसकेको पनि छ | संक्षेपमा भन्ने हो भने नेपालको २५० बर्षको राजतन्त्र जग किन र कसरि भत्क्यो ? यसमा भारतको परोक्ष रुपमा हात छ | यसको आन्तरिक र बाह्य कारणलाइ बस्तुगत सत्यता परिघटनाहरुलाई जस्ताको तस्तै बर्णन गरिएको छ | माओवादी जनआन्दोलन, दरवार हत्याकाण्ड, गणतन्त्रको स्थापन र संबिधान सभा लगायत दिल्ली , दरवार र माओवादी संक्रमण काललाई अझ लम्बाएर उसले चाहे अनुसारको वा अडकले अनुसार नेपाललाइ शक्ति दिने छ | क्याबिनेटका मन्त्रीलाइ समेत थाहा नभएको बिषय बस्तु पास नहुदै बजार हल्ला चल्नु र हल्ला मुताबिक निर्णय भैरहेको परिपक्षमा देश कसले चलाई राखेका छन् मन्त्रीलाई समेत पत्तो छैन ? यी कुराको पनि सप्रमाण तिथि मिति समेत यस पुस्तकमा पाउन सकिन्छ | भारतले नेपाललाई न सिक्किम बनाउछ, न त भुटान बनाउछ ! नेपालका प्रधान मन्त्रि भन्दा सिक्किमका मुख्य मन्त्रीको हैसियत माथि छ | भुटानका सुरक्षा भारतले लिए पनि अन्य कुरामा भुटानले राष्ट्रिय अडान लिएको देखिन्छ |
यो पुस्तक पढेपछि नेपालका राजनेताहरु कति निरिह छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ | नेपालका राजनेताले न हिजो न आज देश र जनताका सुख सुबिधाकालागी केहि गरेका छैनन् र गर्न सक्ने पनि छैनन् | उनीहरुले जनतालाई भाषण गरेर झुक्याउने मात्र हो | सत्ताको बागडोर यिनीहरुको हातमा छैन भन्ने कुरा स्पष्ट पारेको छ | मैले यो पुस्तक पढेपछि बुझेका कुरा यहि हो | यो पुस्तक राजनीति गर्ने नेताले अबस्य पढन पर्छ | यो पुस्तकले नेपालि जनताले आफ्नोपन डाडा काडा बाट उठाएको जनयुध्द भारतको इशारामा गएर टुंगिएको कुरो उजागर गरेको छ | जनताको पक्ष्यमा प्रयोग हुन् सकेन | यसै कारण पनि संक्रमणकाल लम्बिदै छ | नेपाल राजदरवार समाप्त भएपछी माओबादी पनि संगै सिध्दीन पुगेको भान हुन्छ दिल्ली दरवारको एकलौटी शासन चल्ने अब निश्चित भैसकेको छ | यस अर्थले नेपालको निजि स्वतन्त्रता र प्रजातन्त्रको लडाई अझै पनि वाकी रहेको छ भन्ने कुरापनि बुझ्न सकिन्छ | आंदोलन पछी बन्ने सरकारहरु भारतको चंगुलमा परि रहेको परापुर्व काल देखिको नियति हो |
यस पुस्तकले नेपालि राजनीतिका बारेमा हिजोको राजदरबार, माओबादी जनयुध्द,माओबादी, कांग्रेस, एमाले, मदेशबादी र यसका नेता,राजा, राजदुतहरु र भारतले नेपाललाई राजनीति र बादलाई अनुसन्धान गर्ने प्रयोगशाला बनाएका छन | हेर्नुस त पंचायत बिरुध्दको लडाइमा कम्युनिष्ट र काग्रेसले मिलेर आन्दोलन गरेर पंचायत फाले | यो एक राजनीति प्रयोग थियो | कान्ग्रेस् को एकमना सरकार गिरिजाले भत्काए| यो पनि राजनीति प्रयोग थियो | फेरो अर्को प्रयोग गरियो कम्युनिष्टको अल्पमतको सरकार | अनि सुर्य बहादुर लाइ प्रधान मन्त्रि बनाएर कान्ग्रेसले सरकार बनाएर प्रयोग गरियो | अनि फेरी लोकेन्द्र चन्द लाइ प्रधान मन्त्रि बनाएर एमालेले राजनीति प्रयोग गर्यो | कहिले राजाले देउवा ल्याएर प्रयोग गरे | कहिले ज्ञानेन्द्रले आफ्नै हातमा लिएर, कहिले प्रचण्ड, झलनाथ,माधब, बाबुराम, न्यायमूर्ति रेग्मी अनि अहिले पाख बसेका कांग्रेसका सुशील र बढेमानका एमाले बामदेव ल्याएर प्रयोग भैराखेको छ | कहिले जातीय राज्य बनाउने भनेर बहस हुन्छ, यसको प्रयोग गर्न नपाएर माओबादी हैरान छन् | राज्य बाढन आतुर छन् | यिनीहरु संबिधान कस्कालागी बनाइराखेका छन् त्यो अब जनताले बुझेका छैनन् | कसले के लागि प्रयोग गरेका छन् | बुझ्न गारो छ |कहिले बन्छ, के गर्न बनाइन्छ, यो बन्ने सम्बिधान नेपालि जनताको पक्ष्यमा बन्ने छैन | कसको कस्तो खाले अभिष्ट पुरा गर्न बनाइने हो | नेतालाई त थाहा छैन अनि जनतालाई थाहा हुने कुरै भएन ! नेपाललाइ खेलको मैदान बनाइदै छ | अथवा भनौ राजनीतिको अनुसंधान गर्ने प्रयोगशाला अथवा सुधिर शर्माले भनेजस्तै प्रयोगशाला |
नेपाल चेसबोर्ड हो भने नेताहरु खेलका प्यादा हुन् हाती घोडा मन्त्रि राजा अनि खेलाडी भारत ,चिन, अनि अन्य मुलुकहरु यस्तो अनुभव हुन्छ मलाइ | यो पुस्तक पढे पछी भूपी शेरचनको कविता साक्षात्कार हुन्छ |यस पुस्तकको शुरुवात पनि यसै कविताबाट गरिएको छ | नेपालका नेताहरुको वास्तविक अवस्थालाइ यसरी ब्यंग्य गरेका छन्, भूपी शेरचनले |

हामि आफु खुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाई दिनुपर्ने,
हामि आफु खुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याई दिन पर्ने,
पुराना क्यारेमबोर्डका गोटी हौ |
एउटा मनोरंजक खेलका सामाग्री
एउटा खेलाडीमाथि आश्रित
आफ्नो गति हराएका
एउटा स्ट्राइकर व्दारा संचालित
हो , हामि मानिस कम र बर्ता गोटि हौ |

पुण्डरी अर्याल
०४/२२/२०१५

Leave a Reply