यो मन छिया छिया हुदो रैछ !

पुण्डरी अर्याल
पुण्डरी अर्याल

यी प्रियजन मर्दा यो मन त छिया छिया हुदो रैछ
देश जलिरहदा यो मन त छिया छिया हुदो रैछ |

भूकम्पले जातै त नभनि कनै बिनास लिला गर्यो |
जातका राज्य सुन्दा त यो मन छिया छिया हुदो रैछ |

हिजो जनयुध्दको नाममा आपसमै लडेरै मरे |
आज जात जातमा मर्दा मन छिया छिया हुदो रैछ |

जनता किन बुझ्दैन सिमाना त देश भित्रै हुन्छ नि |
साँधीको रक्तपातले यो मन छिया छिया हुदो रैछ |

नया घर नबनाउदै नि बास भत्काएसी के हुन्छ |
उठिबास भएपछि यो मन छिया छिया हुदो रैछ |

Leave a Reply