तिम्रो मसित रिस राग छ भने प्रिय मलाइ भन |
तिमीसंग मेरो गुनासो छन् भने प्रिय मलाइ भन |
किन हो कुन्नि आजकाल भित्र भित्रै गुम्सि बस्छौ |
मनको गाठो खोलेरै भए पनि प्रिय मलाइ भन |
मनका कुरा नबाढ़ेसम्म कहा भइन्छ र चंगा |
तिमीसंग केहि कुण्ठा छ कि प्रिय मलाइ भन |
यसै गरि बस्यौ भने दिन रात कसोगरी बित्ला |
जे सुकै भएनी मनको भडास प्रिय मलाइ भन |
यस्तो लाग्छ तिमि नबोल्दा औसीको रात भएको छ |
किन हो कुन्नि मलाइ टाढा देख्यौ प्रिय मलाइ भन |