पुण्डरी अर्याल
पुण्डरी अर्याल

म कसरी इजहार गरु प्रेम तिमीलाई
म कसरी प्रस्ताव गरु प्रेम तिमीलाई

एकपल्ट तिमीले फर्केर नजरले हेरे न
चित्त मैले बुझाउने छु प्रेम तिमीलाई |

किन अन्कनाउछौ मुस्काएर हेर न
दिल खोलेरै दिइसके प्रेम तिमीलाई |

निरस मेरो मनलाइ मायाले हेर न
आत्मादेखि दिइसके प्रेम तिमीलाई |

जिन्दगी माया भन्दा ठुलो केहि छैन
जिन्दगीभरी दिदीन्छु प्रेम तिमीलाई|
०२/१४/२०१५ (सन्दर्भ प्रेम दिवस)

Leave a Reply