पुन्डरी  अर्याल
पुन्डरी अर्याल

धेरै बर्ष अगाडी एउटा कथा पढेको थिए | कथाको लेखकको नाम सम्झन सकिन | तर कथाको सारांश अलिकता सम्झेको छु | केहि तल माथि परे होला केहि फरक थियो होला पनि | त्यस कथामा एउटा अमेरिकन गोरे मान्छे नेपालको पहाड गाउमा पुगेको हुन्छ | त्यहा कछाड लगाएका घास काटन जान लागेका एक जना बुढा मान्छेलाइ देखेर उनले ती बुढा मान्छेलाई बा भनि ढोगेका हुन्छन | नेपाली भाषामा बा तपाइँ सन्चै हुनुहुन्छ ? आमा खोइ त ? भनेको सुनेर गाउका सम्पूर्ण मान्छेहरु जमा भए | एउटा बिदेसी मान्छेले बा भनेर खुट्टा समातेर ढोग्दा बा अचम्मै परे | उनलाई सपना हो कि बिपना हो भन्ने लाग्यो ! उसले बा म तपाइको छोरो रमेश हु | म फर्के बा भने पछी बुढा बेहोस भै भुइँमा लडे | अमेरिकन त्यो ठिटोले छर छिमेकका काका काकी भनेर सबैलाई ढोग्छन | सबैलाई नामले चिन्छन |गाउमा मान्छेहरु आश्चार्यमा परेका हुन्छन | कसैलाई पत्यार हुदैन | उ त्यस गाउको ठिटो थियो | सबलाई शंका लाग्छ | पक्कै यी बुढाको अमेरिका पढन गएको छोरोको साथि होला | उसले आफ्नो साथीलाई नेपाली पनि सिकाएछ | गाउका सबैको फोटो देखाएर आफन्त पनि चिनाएको रहेछ | अनि गाउ सम्म आउने बाटो घाटो सबै बताएको होला त्यसैले उ यहासम्म आउन सक्यो | सबैले यस्तै अडकल काटे | उसलाई कसैले रमेश हो भनेर पत्याएनन | उ सरासर आफु सुत्नेमा कोठामा जान्छु भनि रमेशको कोठामा ब्याग राख्न जान्छ | उ सरासर कसैलाई नसोधिकन कोठामा जान्छ | घरका सबै अचम्म पर्छन | रमेशको कोठासम्म नसोधिकन पुग्छ | सबका सब हैरान छन् | गाउका सबै आफन्तका घरमा नाता सम्बन्ध उच्चारण गरेर बोलाउछ | सबैलाई सम्बन्ध अनुसारको ढोग नमस्कार टक्रयाउछ | गाउमा भएका आफ्ना साथिभाईहरुलाई नामैले बोलाएर हात मिलाउन खोज्छ | उसको कुरा वरपरको गाउसम्म पुग्छ | सबैले उसलाई हेर्न आए | पल्लो गाउका उसले चिन्ने मान्छेलाई नमस्ते टक्र्याउछ | उसले म यस घरको छोरा रमेश हु | भनिरहदा कसैले पत्याउ दैनन | आमालाई उसको बोलि कताकता रमेशको हो कि जस्तो लाग्छ ! आमाले रुदै त्यस ठिटोको हात समाएर तिमी पक्कै रमेशको साथी हुन् पर्छ | रमेशलाइ कस्तो छ | उसको पढाइ सिध्दिने बित्तिकै आउछु भनेको थियो | उ अहिले सम्म आएको छैन बाबु | उसको चिठ्ठी पनि नआएको धेरै भयो | उसलाई सन्चै छ कि छैन ? भनेर निन्यारो भएर सोध्न थालिन | रमेश भक्कानो छोडेर रुन थाल्यो | जम्मा भएका गाउका मान्छेहरु यो दृश्य देखेर अच्चम्मित पर्छन |उसलाई कसैले रमेश हो भनेर पत्याएनन | आफ्नै आमा बाबुले पनि नपत्याएपछि ठिटो निरास हुन्छ | उसले आफुलाई धिक्कार्छ | म कहा जाउ | मेरो मन मस्तिष्क र आत्माले चिनेको आफ्ना बाउ आमाले मलाइ आफ्नो छोरा भनेर चिन्न सक्दैनन् | उनीहरुको मनले मान्दैन | जसले मलाइ छोरा भनेर अँगालो हालेर घर लैजान खोज्दा मैले उनीहरुलाई बाबु आमा भनेर चिन्न सकिन | मैले चिनेकै थिइन | कसरी मेरो मनले मैले कसरि बाउ आमा स्विकार्न सकु | म उनिहरु संग जान सकिन |आज म आफ्नो आमा र बाबा संग आउदा वहाहरुले मलाइ छोरा भनेर स्विकार्न सक्नु भएन | अब म किन बाच्ने ? म कतैको भइन यस्ता मेरा मस्तिष्कमा घुम्न थाल्यो | म मेरो आत्मा मेरो बुद्धि मेरो मन सारा आर्जन गरेको शिक्षा सबै हिजोको रमेश आज यो रुपमा छु | बा आमा र सम्पूर्ण आफन्त र गाउले हरुले सबैले रमेशको शरीरलाइ चिनेका थिए | यो सरिर संग भएको रमेशलाई कसैले चिन्न सकेन | अब म नेपालको त्यस गाउको रमेश भनेर कोइ मान्न तयार छैनन् |
यो किन र कसरी भयो भनेर धेरै सम्झाउन कोशिस गरेको थियो | वास्तबमा उ अमेरिकाको न्यु योर्क शहरमा एउटा कार दुर्घटनामा परेको थियो | उसलाइ त्यस शहरको नामी हस्पिटलमा पुर्याइएको रहेछ |रमेशको शरीर सम्पूर्ण रुपमा ध्वस्त भएको थियो | तर उसको टाउकोमा कति पनि चोट लागेको थिएन | अर्को तिर न्युयोर्क शहरकै अर्को ठिटो दुर्घटनामा परेर आएको रहेछ, उसको टाउकोमा चोट लागि उसको गिदी निस्कि काम नलाग्ने भएको थियो | अमेरिकन ठिटोको बाबुआमा हस्पिटलमा तुरुन्त आइपुगेका थिए | कोलम्बिया हस्पिटल मानब अंग प्रत्यारोपणमा नाम कमाइ सकेको हस्पिटल थियो | डाक्टरले ती दुवैको ज्यान बच्न नसक्ने भएको जनाए | अमेरिकन बाबा आमाले एक अर्काको अंग आपसमा साटेर एक जना बाच्न सक्छ भने तपाइँहरु प्रयोग गर्न सक्नु हुन्छ | उनीहरुले इजाजत दिए | तर रमेशको कोइ आफ्नो मान्छे थिएन | डाक्टरको टिमले रमेशको टाउकोको गिदी अमेरिकी ठिटोको टाउकोमा प्रत्यारोपण गरे | यो उनीहरुको पहिलो परिक्षण थियो | यता रमेशको सरिरलाइ दाह संकारका लागि बुझाइयो | रमेशको भौतिक सरिर पूर्ण रुपमा समाप्त भएको थियो | रमेशको आफ्नो भौतिक सरिर अब छैन | तर रमेश को अस्तित्व छ | उता तिर अमेरिकन बाबा आमाले आफ्नो छोरालाई जस्ताको तस्तै देखेर अन्त्यन्त प्रफुल्तित थिए | केहि दिन पछी हस्पिटलबाट डिस्चार्ज हुने भयो | आमा बाबाले आफ्नो छोरा भनेर अँगालो हाली घर लैजान थाले | आफुले जन्माएको छोराले आफुलाई नचिनेको अनुभूति गर्यो | उसले उनीहरुलाई बाबु आमा भनेर चिन्न सकेन अनि स्विकार्न पनि सकेन | उसको भौतिक सरिर ती आमा बाबुले जन्माएको पालेको थियो तर उ भित्र रमेशको आत्मा वा उसको मस्तिष्क थियो | यो देखेर ती अमेरिकन जोडी उसलाई अँगालो हालेर रुने सिवाए के गर्न सक्थे र ! यो अबस्थाले ती अमेरिकन बाबु आमालाइ कस्तो अनुभूति भए होला ? अनि नेपाली आमा बाबुलाइ कस्तो भए होला ? एक किसिमले भन्दा एउटाको आत्मा मन अर्कोको शरीरमा परे पछि यो सफल परिक्षणले नित्याएको समस्यालाई के भन्ने ?
तीन बर्ष अगाडी मेरो कोलम्बिया हस्पिटलमा कलेजो प्रत्यारोपण भएको थियो |ठिक समयमा कलेजो प्रत्यारोपण नभएको भए म मर्ने थिए | मलाइ कलेजो दान दिने दानबिर भने यो संसारमा नभएपनि मलाइ संसारमा उभ्याई राखेको छन्, त्यति मात्रै नभएर उनको अंगले मलाई बिशेष उर्जा र शक्ति दिएको छ | मेरा आफ्ना सोचहरुलाई अरु सकारात्मक बनाएको छ | दुनियालाई हेर्ने दृष्टिकोणमा परिवर्तन र परिष्कृत बनाएको छ | यो स्वास्थ क्षेत्रको अभूत पुर्व सफलता थियो |प्रत्यारोपण पछि हस्पिटलबाट डिस्चार्ज हुनु भन्दा अगाडी मेरा ट्रांस्प्लांट टिमका डाक्टरसंग सोधेको थिए | डाक्टर तपाइहरुले मान्छेको टाउको पनि अर्को मान्छेको शरीरमा ट्रान्सप्लान्ट गर्न पनि सम्भब बनाउन सक्नु हुन्छ ? भनेर सोधेको थिए | उनिहरुले भनेका थिए इट इस पोसिबल, बट नट नाव ! मैले अज्ञात जीवन दाताको अनुहारको देखेको छैन | मात्र कल्पना गर्न सक्छु | कालो अनुहार होला ! गोरो अनुहार होला ! अग्लो होला ! होचो होला ! हेर्दा सुन्दर होला ! नराम्रो होला ! तर उसको सोच पवित्र रहेछ, आफु मरेपछि आफ्ना अंगले अरुको ज्यान बचाउन सकिन्छ भने त्यो दान किन नगर्ने ! पवित्र सोच राख्ने मान्छे इश्वरको रुप हुन्छ, उ अनुहारमा जस्तो भएपनि उ सुन्दर हुन्छ |
आज मैले संसारमा पहिलो टाउको प्रत्यारोपण सफल गरेको समाचार सुन्न पाए | मानव सभ्यतामा यो अभूतपूर्व सफलता हो | प्रत्यारोपित अंगबाट यो संसारमा जीवित हुन् पाएको एक सदस्य भएकोले पनि यो मेरो अन्त्यन्त खुशी र चासो को कुरा हो |
यो शल्यक्रिया साउथ अफ्रिकाको जोहान्सबर्ग भएको हो | यो ३६ बर्षीय पौल हंर्नर (पुरुष) जो बोन क्यासरबाट पिडित थिए | ती व्यक्तिलाइ सरिरमा भएको बोन क्यान्सरबाट मुक्त गरिएको छ | यो अप्रेसन १९ घण्टा लगाएर गरिएको थियो | सो अप्रेसन सफल गरिएको अफ्रीकाको टिम सदस्य डा. डोनीले सिएनएन लाइ बताएका थिए | डाक्टर भनेका छन् यो अपरेसनले एउटा असल मल्टि ट्यालेन्ट ब्रेन लाइ स्वस्थ सरिर दिलाएर न्यु ब्राण्डको मान्छे मिस्रित गर्न सकिएको छ |यो अप्रेसन फेब्रुअरीमा भएको थियो सफलता नभएसम्म यसलाई बाहिर ल्याइएको थिएन भनेर जोहंसबर्ग एकाडमी हस्पिटलका सर्जन चार्लोट माक्सेसले बताएका थिए | यो अभूतपूर्व सफलताले नो थिंग इस इम्पोसिबल बनाइदिएको छ | यो अपरेसनले इन्फिनिट (असंख्य ) सम्भावनाका बाटालाई खोलेको छ | कुनै दिन यस्तो पनि हुन् सक्छ, हामीलाई कुन अंग फेर्न परेको छ त्यो बजार र कारखानामा पाइने छ ! हामीले त्यो प्रयोग गर्न सकिने छ | यो मानिस भित्र भएको सोचले यस्ता अपुतपुर्व चमत्कार सम्भव छ | यहा नेर मलाइ के अनुभूति हुन्छ भने मानव शरीर एक मेसिन हो | यसका पार्ट पुर्जा फेरेर काम चलाउन सकिन्छ | तर यसलाई संचालन गर्ने प्राण, आत्मा, शक्ति, ज्ञान सबै इश्वरको पराशक्ती परमेश्वर हो भन्ने कुरा पुष्टि भएको मान्छु म | सरिर नाशवान छ | जस्तै कम्पुटरमा टाउको मदरबोर्ड हो | स्क्रिन, माउस, किबोर्ड सबै यसका अंग हुन् | यो मदर बोर्डमा प्रोग्राम फिट गर्ने प्रोग्रामर अर्कै हुन्छ | न त्यो कम्पुटरलाई थाहा छ | न त यसलाई चलाउनेलाइ थाहा छ | त्यसै मान्छेले म भनेर फुर्ति गरि राखेका छन् त्यो को हो उसैलाई थाहा छैन ! यहा नेर बुझ्नु पर्ने हुन्छ कि ?

श्रोत:- See more at: http://welcomeqatar.com/en/worlds-first-head-transplant-a-success/#sthash.H0kSnfdx.dpuf

Leave a Reply