पुण्डरी अर्याल
पुण्डरी अर्याल

महिनौ भएछ एउटा पनि लेख लेख्न सकिन | भूकम्पले नेपालि माथि मच्चाएको बिनासले कता कता मलाइ पनि गहिरो मानसिक चोट परिरहेको रहेछ | घरकै आफन्तहरु हताहत नभएपनि इष्टमित्रका आफन्तहरु गुमाएको संवेदनशिल समाचारले मेरो मश्तिश्कमा गहिरो असर परेछ | नेपालमा भएका आफन्तहरुले दैनिक रुपमा कहिले भूकम्प कहिले पराकम्पनको धक्का बेहोरिरहेको अबस्थाले उनीहरुको मानसिक बिरामी हुन् थालेको खबरले मर्माहित हुन्छु | आज नेपालमा दशौ हजार नेपाली अन्त्यन्त कठोर मृत्यु बरण गर्न बाध्य भए प्रकृतिले नित्याएको यो विभत्स तानडब्य नृत्य असह्य भयो, सबैलाई | जसलाई पर्यो, उसैले बेहोर्नु पर्यो | देश बिदेशमा भूकम्प पिडितहरुको नाममा लाखौ डलर उठ्यो | सबै आफ आफै गएर पिडित परिवारलाइ केहि रासन पानि केहि तिर्पाल बाडेर फोटो सेसन गरेर फर्के | कतिले गाउका गाउलाई घर बनाइदिने आश्वासन बाडेर फर्के | यातायात पुग्ने ठाउमा सबै दर्तावाला समाजसेवी पुगेर आफ्नो उपस्थिति मात्र जनाएनन् उनीहरुले सरकारलाई हामीले विश्वास नगरेरको समेत प्रमाणित गर्न खोजे | सरकारका पुलिस र सैनिकहरु रात दिन खटेर भग्नावशेषमा पुरिएका लास निकाल्ने र जिउदा मानिस निकाल्ने प्रशन्सनीय कार्य गरिरहे | देश विदेशबाट डाक्टरका टोलीहरुले क्याम्प बनाइ घाइते र बिरामीलाई दिन रात सेवा गरिरहे | अन्त्यन्तै सम्बेदनशील समयमा यो सेवा गरे | टाढा यातायातको साधन नपुग्ने ठाउमा धेरै जसो संघ, संस्था, र सरकार कयौ हप्ता पुग्न सकेनन | स्थानीय बचेका खुचेका युवा के आफ्नो बल बर्कतले तत्काल गर्न सक्ने गरे | सरकारको राहत कोषमा पैसा जमा भएन सबै संघ संस्थालाइ खातामा पैसा राख्नको लागी अनुरोध गर्यो | देशी बिदेशी संघ संस्थाले बेरोकटोक भूकम्प पिडितको नाममा अथाह पैसा जमा गरेका छन् | ती पैसा आफिखुशी कहा कति पुग्यो कसैलाई थाहा छैन | केहि टहरा बने, पिडित कतिखेर रासन आउछ भनेर दिनभरी कुरेर बसेका छन् | काम गर्न सक्ने पनि | सुत्केरी महिला, बृद्ध बाबु आमा र बालाख हरुको दयनीय दर्दनाक अबस्था छन् | भ्रष्टाचारी राजनीतिका पृष्ठ पोशकहरु यहि मौकामा पैसा कमाउन उद्दत भएको ठगि गरेको समाचार आउदा ती समाजका किराहरु भएसंम जनताले कहिले सुख पाउने छैनन् भन्ने कुरालाई उजागर गरेको छ |काला बजारी ढुक्क सित यहि मौका छोपेर मुनाफा माथि मुनाफा खाइ रहेका छन् | बहुतै सक्षम सांसदले पनि पीडितका लागि आएको तिर्पाल लाइन लागेर बुझेको देखेर आम मानिस चखित भएका छन् यो सांसदको मानसिक दरिद्रताको पराकाष्टा नाघेको सबैले ठम्याए | हाम्रा सांसदहरु घरमा छापिएर कोइ मरेनन | अहिले भर्खरै ताप्लेजुंगमा गएको पहिरोले सयौ मान्छेलाई पुरेको खबरले अरु मर्माहत पारेको छ |मुसलधारे पानि परेपछि भूकम्पले छिया छिया पारेका धाजाहरुमा पानि पसेर अझै कयौ पहाड भत्किने जोखिम छ | त्यस्ता इलाकामा रहेका बासिन्दालाई चाडो भन्दा चाडो सुरक्षित ठाउमा बसाइ सार्न आबस्याक छ | समय घर्किदै छ | सरकारले इमर्जेन्सी घोषणा गरेर जनशक्ति नपुगे अस्थाई सेवक नियुक्ति गरेर भए पनि बचेका आफ्ना जनतालाई सुरक्षित गर्नु प्रमुख काम हो तर यस बेलामा राष्टिय सरकारको रटाना लगाएर अगाडी बढ़दा सरकारमा बसेकाले कामै गर्न छोडेका छन् | एयर पोर्टमा सहयोगीले पठाएको खाना सडेर जमिन मुनि गाडन परेको छ | कमसेकम नेपाल पुगेको सामान सरकारले तत्काल छिनो फानो लगाई भोका र पिडित परिबार सम्म पुर्याउन तदारुकता देखाउन पर्ने थियो | ती सामान एयर पोर्टमा बेवारिसी छोडेर पिडित परिवार माथि अन्याय भएको छ | निरिह भै यहाबाट त्यहाको दुर्दशा हेर्न र सुन्न बाहेक म् आफूले केहि गर्न सकेको छैन |म यति टाढा भएर त एक किसिमको मानसिक दशामा तनाव बढन थालेको छ भने जसले विनासकारी भूकम्पको आफ्नै आखा अगाडी आफ्ना परिवार गुमाउनु पर्दा उसको मानसिक स्थिति के भएको होला ? यो त सब्दमा बर्णन गर्न सकिदैन |महिनौ सम्म भूकम्प र पराकम्पनले प्रभावित क्षेत्रमा दिन रात डर त्रासमा गुज्रिएको छ | सपनामा पनि घरले च्यापिएका बुढा र बालाखहरुको चित्कार कानमा गुन्जन्छ | टिभी च्यानलमा मृत्युको कहर टाउको माथि झेल्न बाध्य नेपालि अनुहार देखेर जो कोइको पनि संबेदनशिल हुनु पर्ने हो तर दुष्ट मानसिकता भएको दुर्जन मान्छे हरुले यो दयनीय अबस्थामा ब्रम्हलुट गर्न पछी नपरेको खबरले अरु पिडा दिन्छ | महा भूकम्पमा परि आफ्नो ज्यान गुमाउने सम्पूर्ण नेपाली तथा बिदेशी जन हरु र सहयोगीहरुको आत्मा शान्तिको लागि भावविभोर श्रध्दान्जली चढाउदछु | भूकम्प पिडितको राहत र सहयोग रकममा राल काड्ने दुष्टहरुलाई इश्वर कहिले माफ नगरुन | यहि मौका छोपेर नेपालि चेलीहरुको ओसार पसार भैरहेको छ भन्ने खबर छ |सरकारले यस बेला चनाखो भै बदमासी गर्ने लाइ कडा भन्दा कडा सजाय दिन संकोच नमानोस् | नेपाल र नेपालीजनको कल्याण गरुन भनि इश्वरसंग प्राथना गर्दछु |
पुण्डरी अर्याल
०६/१३/२०१५

Leave a Reply