पुन्डरी  अर्याल
पुन्डरी अर्याल

यहि बैशाख १२ गते सनिवारका दिन आएको महा भूकम्पले नेपाल र नेपाली जनताले ठुलो जनधनको क्षति बेहोर्नु पर्यो | यो महाभूकम्पको प्रलयले लाखौ जनता आफ्ना परिवारका सदस्य गुमाएर सडकमा आउँन बाध्य भएका छन् | एकै चोटी लाखौ जनतालाइ नाङ्गो आकाशमुनि रात बिताउन बाध्य पार्यो | देशका प्रधानमन्त्रि गृहमन्त्रि समेत पालमुनि रात बिताउन पर्यो | कयौ करोडपति घरमालिकहरु एक झट्कामा सडकपति बन्न बाध्य बनायो | भूकम्पको तान्दब्य नृत्यले जन्युध्द्कालको विध्वंशलाइ पछाडी पार्यो |त्यतिखेर केहि समुह र छिटफुट ठाउमा प्रलय व्यहोर्न परेको थियो | तर यस भूकम्पले नित्याएको प्रलयले भने कसैलाई छोडेन, सयौ बर्षसम्म घाउका खाटा बनाइरहने भयो | अहिले देशमा एकै चोटी नाङ्गो आकाश छेक्न परेको छ, एकै चोटी दशौ हजारका संख्यामा आफन्तका लासलाई सल्काउन परेको छ | जनता आहात छटपटाइरहेको अबस्था छ | सबैलाई पानि खुवाउन सकिएको छैन | एक आध ठाउमा बाडी पहिरो जादा त सरकार पुग्न नसक्ने हाम्रो देश हो | अचानक आएको भूकम्पले मच्चाएको यो बिनासलाइ सरकारले समाधान गर्देला भनेर सोच्नु पनि निरर्थक हुने छ | हाम्रा नेता जातिय राज्य र पद पैसा बाड्फाटलागि सधै झगडा गरिरहेका हुनाले यो भूकम्पले यस्तो बिनास भएको देखेर वहाहरुको दिमागले काम गर्न नसकेर २ ,४ दिन सम्म बाहिर निस्कन पनि सक्नु भएन | त्यो स्वभाविकै हो | यो अबस्था कल्पना नगरिएको अबस्था आएको छ |
हिजो पैठाजोरी खेलिरहेको अबस्थाका हाम्रा नेताहरु आज एकै ठाउमा आएर नेपाली जनताको अगाडी नतमस्तक भै उभिन परेको छ | एकातिर जनताको रगत पसिनाको कमाइमा अरबौ रकम भत्ता खाएर २ बर्षमा संबिधान दिन्छु भन्नेहरु बखेडा झिकी दशौ बर्षसम्म भत्ता खाइ जनतालाइ लोप्पा खुवाउने कार्य गरिरहेको अबस्था छ | आज देश सम्पुर्णरुपमा ध्वस्त भएको छ | कसैले पनि नसोचेको कल्पना गर्न नसकिएको बिपत्ति देश र जनताले भोग्न परेको छ | यो अबस्थाबाट गुज्रिरहेको देसका नेताप्रति भने विदेश र स्वदेशमा बस्ने नेपाली र बिदेशी समेतलाई बिस्वास छैन | प्रधान मन्त्रीको राहत कोषमा पैसा आएन भनेर आर्थ मन्त्रि कराई रहनु भएको छ ! नेपालका नेतालाई कसैले बिश्वास गर्ने अबस्था छैन | राहत कोष नेताको पकेटमा जाने खतरा छ | त्यसैले जे जति गर्न सकिन्छ हामि आफै फिल्डमा गएर राहत वितरण गर्छु भन्छन सहयोगी हातहरु | सहयोगी देशहरु |
देशका नेताहरु र परियोजनाको नाम दिएको बजेट सधै उनीहरुको प्याओ हुन्छ | मैले नजिकबाट देखेको छु, लुम्बिनी बिकाश परियोजनाको नाममा अरबौ रकम विदेशबाट आयो | तर लुम्बिनी जस्ताको तस्तै रह्यो | सबै रकम नेता र आसेपासेले रित्याए | पछिल्लो चरणमा दाता राष्ट्रहरुले नै स्वयं लुम्बिनी आइ रकम खर्च गर्न थाले पछी आजको हेर्ने लायक लुम्बिनी बनेको छ | नेपालमा पैसाको खोलो बगाए पनि आजका नेताबाट केहि हुदैन बरु दुइ चार नेताको खाता स्विजरलेंड तिर खोलिन्छ | जनतालाई गरिब बनाइ राख्यो भने सधै विदेशबाट भिक् माग्न सकिन्छ भन्ने मानसिकताले ग्रस्त छन् नेताहरु | त्यसैले बिदेसी दाताहरु र सम्पूर्ण संघ संस्थाहरु जे जति तपाइँ गर्न सक्नु हुन्छ | त्यो प्रत्यक्ष पिडितलाई दिनुस | पिडित नगद पैसा दिने कुरो भएको छ | नगद बाडेर फेरी पैसाको चलखेल गर्न खोजिएको छ | त्यसलाई रोक्न आबस्याक छ | बाचेका जनतालाई बास चाहिएको छ | पैसा होइन, बिरामीलाई उपचार चाहिएको छ | पैसा होइन | खान को लागि रासन चाहिएको छ | पैसा होइन | दुइ चार लाख पिडितलाई दिएर के उनीहरुको बास बन्छ ? के दुइ चार बोरा चामल दिएर उनीहरुको गुजारा हुन्छ ?
यति ठुलो बिपत्ति देशले व्यहोर्न परेको अबस्थालाइ बुझेर देशका सम्पूर्ण समुदायसंग हातेमालो गरि धेरै महंगा खाले भवन हैन, बलिया बस्न लायक बासको योजना गर्न आबस्याक छ | बर्षात नजिक आइरहेको अबस्था छ | अझै बाटो घाटोलाइ दुरुस्त गर्न सकिएको छैन | पुरिएका लाशहरुलाइ निकाल्न सकिएको छैन | घरमा पुरिएका मानिसहरु जिउदै निकाल्न सक्ने समय घर्किदै गैसकेको छ तर पनि ती सबैकामलाइ निरन्तरता दिदै आगामी कार्यक्रम तदुरकताका साथ् अगाडी बढाउँन जरुरि छ | थुप्रै हस्तीहरुले भूकम्पले पुरिएका गाउहरुमा घर बनाइदिने घोषणा गरेका छन् | सरकारले दाता र स्थानीय जनतालाइ समेटेर सो कार्य तुरुन्त शुरु गर्न आवस्याक छ |यो दैवी प्रकोपको संकटकालीन अबस्थाबाट पार पाउन युवा शक्तिलाई अस्थाई नियुक्ति गरि काममा शिर्घता ल्याउन आबस्याक छ | सम्पूर्ण जन प्रतिनिधिहरु तपाइँ आफ्नो गाउ जानुस संगसगै जनताको साथमा हुनुहोस | नक्कली आश भरोशामा बिस्वास नगर्नुस | यो नेपालको अहिलेको शोकको अबस्थालाई शक्तिमा बदल्न सके देशले काचुली फेर्न सक्छ ! त्यसैले सरकारमा बस्ने जो कोइले पनि पिडितको नाममा उठेको रकममा राल काढ्नु भएन र सही ठाउमा भ्रष्टाचार नगरिकन प्रयोग गर्न सकियो भने पक्कै संसारका हामी नेपाली, सहयोगी दाता र सहयोगी राष्ट्रले सोचेको कुरा हुने थियो | तपाइँहरु राहतकोषमा पैसा चाहियो भनिरहदा अरु शंका बढ्दै गएको छ | यसो भनिरहदा बिभिन्न संघ सस्थाले राहत नाममा उठाएको पैसालाइ मिस युज गर्न दिनुस भनेको होइन | पिडितको नाममा उठाएर बदमासी गर्ने सस्थाका पदाधिकारी माथि कडा भन्दा कडा कारबाही गर्न पनि पछी पर्न हुन्न | दया गरेको भिख भन्दा माया गरेको भावना चाहिएको छ | साच्चै नै नेपालीलाई माया गरेको हो भने नेताहरुले जनतालाइ माया गरेको हो भने उनीहरुलाई दुइ चार लाख बाडेर उम्किन मिल्दैन | तपाईहरु देशका भूकम्प पिडितलाई न्यनतम ब्यबस्था गर्न सक्नुहुन्न तबसम्म खट्नु होस् | अब देशका जनतालाई विभाजन गर्न छोडेर जनताका लागि राजनीति गर्नुस | हाम्रा समस्या साझा छन् पिडा साझा छन्, हाम्रा दुख साझा छन् र समान छन् तिनलाई सम्बोधन गर्नुस | देशको राजनीतिलाई निकास दिनुस |जनताको दुख, सुखको लागि र पिर मर्काको लागी काम गर्नोस |
बिबाद र आपसी झगडाले वैभनश्यता बढाएको छ, दुखि बनाएको छ | हामीलाई दरिद्रता बनाएको छ | हामि सबैले आफ्नो कर्तब्य मात्र निर्वाह गर्यौ भने पनि देशमा बैभब र अमनचैन आउछ | त्यसमा अलिकति उत्तरदायित्व थप्यौ भने त स्वर्गै हुन्छ | हामीले सबैलाई कर्तव्यनिष्ट बन्नको लागी कानुन बनाउ, नीति नियम बनाउ |देशको अमन चैनको लागि काम गरौ | यति ठुलो बिनास भएको छ अब त जन उत्तरदायी बनौ | हावादारी कुरा र योजना नगरौ, वास्तविकताको धरातलबाट काम शुरु गरौ | नेतागणहरु तपाइहरुले युवापुस्तालाइ नेतृत्व छोड दिनुस | अब देश पुरानो सोचले चल्दैन | संसार धेरै अगाडी बढिसकेको छ | नया सोचको साथै सकारात्मक सोचसंगै देशलाइ हाक्न दिनु पर्छ | देश बिनास भैसकेको अबस्था छ, देशमा पुनर्निर्माणको आवस्याकता छ |सम्पूर्ण नेता ,कार्यकर्ता, संघ संस्थाहरुले बिदेसी सहयोग र विश्वका सहयोगी हातहरुलाई सहि निर्देशित कार्य गरेर देशको पुनर्निर्माण कार्यमा ढिलो नगरीकन थालौ | यो बिनासले बिकाशको अवसरलाइ पनि लियर आएको हुन् सक्छ ! कम्मर कसौ, एकताबध्द भएर देशको संरचनाको आधुनिकरण सहितको पुनर्निर्माण शुरु गरौ | हामि आफैले गर्न पर्छ | अरु कसैको मुख ताक्यो भने ढिलो हुने छ |
०५/०८/२०१५

Leave a Reply