पुन्डरी  अर्याल
पुन्डरी अर्याल

सम्पुर्ण विश्वका नेपालीको भावनाको कदर गरियोस | बिदेशमा छरिएर बसेका नेपालीको भावनाले आफ्नो गास कटाएर जमा गरेर रकमले वास्तविक भूकम्प पिडित जनताबीचमा पुग्न सकोस भनेर प्रवासी नेपालीका अध्यक्ष शेष घलेलाई राहत बाढन लागेको बेला रोकेको समाचारले हामि बिदेशमा बस्ने नेपालीको मन दुख्ने स्वभाविक हो | नेपाल र संसारका संघ संस्थाहरुले नेपाल र नेपालि नेताहरुलाई बिश्वास गरिरहेको अबस्था छैन | प्रधानमन्त्रि राहत कोषमा जमा भएको रकममा बिल भर्पाइ नगरिकन खर्च गरिने हुनाले त्यस कोषमा जमा भएको रकम हिना बिना हुने निश्चित छ | यो बिगतमा पनि यस कोषमा जमा भएको रकम पिडित परिवार नपुगेको कुरा सबैले बुझेको हुनाले कुनै पनि संघ संस्थाले आफै पिडित परिवारलाई राहत बाढन कोशिस गरेको हो | बरु सरकारले ती सहयोगी हातहरुलाई कोर्डिनेट गरि राहत नपुगेको ठाउमा पुर्याउन कर्मचारीलाइ संगै खटाउदा उपयुक्त हुने थियो | यति ठुलो भूकम्प आउदा सरकार सबै ठाउमा एकै चोटी पुग्न सक्ने सम्भावना हुदैन | त्यसैले पनि सहयोगी हातहरुलाई नबाधीयोस | नेपाल पुगेका राहत सामाग्रीहरु चाडो भन्दा चाडो एयर पोर्टबाट वितरण स्थान तिर लैजान दिन पर्यो | पिडित परिबार राहत बिना छटपटिरहेको अबस्थामा तपाईहरु राहत सामाग्री रोक्दै हुनुहुन्छ ? किन ? के गर्न खोज्दै हुनुहुन्छ ? तपाइहरुले पिडित नेपालीजनताको लागि आएको रकममा यस्तो अबस्था पनि राल काढ्नु हुन्छ ! आज जनताले तपाइँ मन्त्रीहरुलाई किन लखटि रहेका छन् ? दैवी प्रकोप भएको बेलामा बिकसित राष्ट्रले पनि समयमै उद्दार गर्न सक्दैन भन्ने कुरा सबैले बुझेको हो | त्यसैले सम्पूर्ण जनताले यो बिपत परेको बेलामा सहयोगी हातहरु बढाउन आबस्याक छ | बढाएका पनि छन् | सरकारले कमसेकम सहयोगी हातहरुलाई कोर्डिनेट गरोस र विपतको बेलामा बदमासी गर्नेगरुको पनि निगरानी चनाखो भएर गरोस भन्ने सम्पूर्ण नेपालीको चाहना छ | देशमा यतो ठुलो बिपत्ति परिरहेको बेलामा फेरी पनि दुनियाबाट संकलित रकम र राहत सामाग्रीमा राजनीति गर्न खोज्नु हुन्छ भने तपाइहरुलाई नेपालि जनताले मात्र हैन इश्वरले माफ गर्ने छैन ! कृपया तपाइँ नेताहरुले विश्वबाट आएका सहयोगी हातहरुलाई ससम्मान सहयोग गर्नुस | सहयोग नगरे पनि निरुत्साही चाही नगर्नुस | तर तीनिहरुलाई वाच गर्न न छोड्नु होला | नेपाली र नेपालको अनिष्ट गर्ने कार्य कतै बाट नहोस भन्ने हामि सबैले चाहेका छौ |

Leave a Reply