पुण्डरी अर्याल
पुण्डरी अर्याल

आजको फेसबुकमा लटरम्म आफ्नी आमाको तस्वीर टागेर आफ्नी आमालाई स्मरण गरिने काम सम्पन्न गरिएको छ | मैले पनि आफ्नी आमालाई दिनभरी स्मरण गरिरहे | मैले सन्तान भएर आमाको लागी के कति गरे वा गर्न हुने काम गरे कि गर्न नहुने काम गरे ? हामीहरुले आत्म समिक्षा गर्दा राम्रै हुन्छ होला ! आफ्ना सन्तानलाइ अहिले कसरी परवरिस गरिराखेका छौ | आफ्ना सन्तानकोलागी कति पिर गरिराखेका छौ ? उनीहरुको भविष्यको लागी कति पापड बेलिरहेका छौ, हामि त बिकसित मुलुक छौ, काम गरेर कमाएको पैसाले उच्च स्तरको सुबिधा आफ्ना सन्तान पुर्याउछौ र सक्छौ पनि, अमेरिकामा बाल अधिकारको बिशेष महत्व छ, यहा मैले अहिले सम्म खाते बालबालिका देखेको छैन |बरु होमलेस मानिसलाई बाटोमा पैसा मागेको देखेको छु | हुन् त तिनीहरुको लागि पनि शेल्टर होम छ रे ! आफ्ना अभिभावकले आफ्ना सन्तानलाई पाउनु पर्ने सुबिधा नदिएर बालकमाथि अत्याचार गरेको थाहा पाए सरकारले लैजाने गरेको घटना सुनेको छु | यी त यहाका कुरा हुन् तर नेपालमा ज्ञान र अभावका कारणले हामि सुविधा सम्पन्नताले हुर्किन सकेनौ होला ! तर हाम्रा आमाहरुले हामीलाई आफ्नो खुन पसिना ले सिंचेर हामीलाई समाजमा उभिने लायक गराउनु भएको हो | गर्भमा ९ महिनासम्म आफ्नो अन्गरसले न्यौछावर गरेर आफ्ने जीवन संकटमा पारि प्रसव पिडा भोगेर हामीलाई यस धर्तिमा उतारेर आफुलाई प्रकृतिले दिएको जिम्मेवारी पुरा गर्नु भएको थियो | यहा जन्माउने भन्दा पनि सन्तानको पालन पोषण महत्वपूर्ण कुरा हो | हामि आफ्नो आमाका सहस्र धारा दुध चुसेर हामीले हुर्कन पायौ, हाम्री आमाहरुले मेलापात भ्याएर, आफु भोकै प्यासी भएपनि आफ्नो सम्पूर्ण शक्तिले हामीलाई हुकाई बढाइ पढाइ आजको अबस्था पुर्याई दिनु भयो | आफुले क क न न नपढेपनी आफ्ना सन्तानलाई कलेज पुर्याउने र कर्मठ नागरिक बनाउनु भयो | हामीलाई हेरेर आफ्ना कतिपय इच्छा मारेरै भए पनि हामीलाई पुर्याई दिनु भयो | आज हामि जे छौ हाम्री आमाका बदौलत छौ | यदी हाम्रो अहिलेको परिचय र अस्तित्व आमाकै खुन पसिना र त्यागको परिणामले भएको हो भने हामीले आमाको लागि के गर्यौ त ? हामीले आत्म समिक्षा गर्ने पर्छ, आमाको स्थान र मान मर्दन हुन् दिनु हदैन | आफ्नी प्रियसीको साथमा बसेर कतै आमाको मान मर्दन त गरेका छैनौ ? कतै आमाको मनमा चोट त पुर्याएका छैनौ ? आफ्नी आमा नेपालमा अभाब बेहोरिएर दाजु भाउजु वा भाइ बुहारीले हेर्छन भनेर आमाले आर्थिक अभाव र औषदी मुलो नपाएर खाडीएर बसिकी त छैनन् ? के आफ्नी आमाले मर्ने बेलाको उमेरमा आफ्नो छोरा पौरख गुणगान गाउदै सुखको अनुभूति गर्न पाउनु भएको छ त ? के हामीले हाम्री आमाले गरेको त्यागलाई फेसबुकमा एक दिन फोटो टासेर मात्रै कतै नौटंकी गरिराखेका त छैनौ ! प्रेम भाव माया तस्वीरमा देखाउनेहरु धेरै निर्दयी देखेको छु, यहि अमेरिकामा पनि | आफ्ना जननीहरुलाई बृध्दा आश्रममा छोडेर भागेको घटना पनि सुनेको छु | यो दिनले आमाको बारेमा सोच्न बाध्य बनाओस भन्ने चाहन्छु मैले | आफ्ना माता पिताको सुखलाई आफनो सुख सम्झन्छ र आफ्नो दायित्व मान्दछ त्यही नै असल सन्तान हो | सम्पूर्ण विश्वका हाम्रा आमाहरुलाइ आफ्ना सन्तानबाट माया प्रेम खुसहाली मिलोस् |
अस्तु !
पुण्डरी अर्याल
०४/१८/२०१५

Leave a Reply