पुण्डरी अर्याल
पुण्डरी अर्याल

हाम फालेर मलाइ भोट दिनुस !

आदरणीय अमेरिकावासीहरु, मेरा प्यारा प्रवाशी मित्रहरु र मेरा प्यारा भोटरहरु !
जय नेपाल ! म अमेरिका आएर डलर कमाए पनि जय अमेरिका पटकै मेरो मुखमा भन्न आउदैन | मेरो मन मष्तिष्कमा नेपालै मात्र छ | त्यहाको बिकाश मात्र सोच्दछु | नेपाललाई स्वर्ग बनाउने कल्पना मात्र गर्दछु |
अमेरिकामा आए पनि म मेरो भावना उस्तै छ | मैले पनि यहा नेपालका पार्टीका भात्री पार्टी खोलेर सक्रिय भएर लागेको तपाइहरुलाई थाहै छ, हामीले अमेरिका भरि नेपालमा जस्तै नेपालीहरुको बिचमा कांग्रेशको र एमालेको जन सम्पर्क अफिस खोलिसकेका छौ | त्यस्ता सम्पर्क मंचहरुमा बस्दा हामीलाई अलि इज्जत नभएको जस्तो लाग्यो | यस्ता सम्पर्क मन्चहरुमा पाते बुन्गाहरुको बिगबिगी भएर हामि एले एन आर एन को मंच हाम्रो लागी उपयुक्त ठानेर यसका गरिमामय पदमा उठेका छौ | हामीले तल्लो स्तरको राजनीति अब गर्दैनौ | एन आर एन लाइ राजनीति मुक्त गराउन हामीलाई पार्टीले खटाएको छ | यति भन्दा पनि तपाइहरुले हामीलाई भोट नदिनु भनेको पार्टीको ह्विप नमान्नु हो | अमेरिकाको नियम कानुनले यहा तोड फोड र हडताल गर्न नपाइने भएर मात्रै हो | नत्र हामीहरुले नेपालको पार्टी जस्तै गरेर देखाई दिने थियौ | नेपालमा कांग्रेस र एमाले ले नेपालि जनतालाई धोका दिए जस्तै दुवै मिलेर यहा पनि एन आर एन चलाउन सहमति बार्ता चलाई राखेका छौ | एन आर एन लाइ राजनीतिबाट मुक्त गराउने को लागी हामी राजनीतिका उम्मेदवारहरुबीच बहस चलाई राखेका छौ | हाम्रा प्रचार पम्पलेट हरुमा चार तारे झण्डा राखेको त तपाइहरुलाई भोट दिन सजिलो होला भनेर छापिएको हो | अन्यथा न मान्नु होला | हामीले एन आर एन लाइ राजनीति मुक्त गर्नको लागी हाम्रो पार्टीका कार्यकर्ताले लगानी गरेको छन| मेरा आदणीय भोटरहरु तपाइँहरुलाई थाहा छ हामि नेपालीहरुले जहा गएपनि आफ्नोपन छोड्नु हुदैन, नेपालमा हाम्रा अग्रजहरुले देशलाई मटियामेट पारे पनि, देशको झण्डा झुकाए पनि हाम्रा प्रिय नेताहरुले हाम्रो पार्टीको झण्डा झुक्न दिएका छैनन् | हाम्रा अग्रज नेताहरुले दिल्लीमा गएर भएपनि पार्टीको झण्डा तल झार्न दिएका छैनन् | हाम्रा अग्रजहरुले हिन्दु राज्यलाई धर्म निरपक्षीय बनाउन पर्यो , हाम्रो पार्टी खतरा पुग्ने बित्तिकै आदणीय हाम्रा नेता दिल्ली पुगेर सम्झौता गरेर पनि पार्टीलाई बचाएको इतिहास यहाहरुलाई थाहै छ | हाम्रा आदरनिय नेताहरुको दया माया भएकोले हामि तमाम नेपालीहरु बिदेशिन पाएका छौ | यदि हाम्रा आदरणीय नेताले देशलाई बिकासको मूल धारमा लगेको भए हामि नेपाल तिरै अल्झिने थियौ | एन आर एन हुन् पाउने थिएनौ , त्यसैले हामि उहाहरुको ऋणी छौ | तपाइलाइ थाहा नै छ | केहि हामीजस्तै भाग्यमानी अमेरिका आएर ब्रगर खादै छौ | केहि हाम्रा दाजु भाइ अरब मा
खुन पसिना बगाएर मुक्ति पाएका छन् शुखी हुन् नपाएपनि जीवन बाट मुक्ति पाउदै लाशका रुपमा नेपाल फर्कन पाएका छन् | हाम्रो राजनीतिले हाम्रा नेताहरुले दिएको भाग्य हामीले शिरोधार्य गरिराखेकै छौ | हाम्रो नेपालको जन आन्दोलनमा पनि महत्वपूर्ण योगदान थियो | मेरो संगठन गर्ने क्षमता पनि छ | नेपालका हाम्रा बयोब्रिध्द महान नेताले पनि शुभकामना दिनु भएको छ | हुन त यो सम्पन्नशालि एन आर एन मा समेत केहि पाते बुन्गाहरु छिर्ने कोशिश गरिरहेका छन | तपाइहरुले चिन्नु भएकै होला | हामी जस्तो हुन्हार र क्षमता भएको , म त भन्छु धन र मन भएको र नेपालको शासन सतामा पहुच भएको हामीलाई भोट नदिए कसलाई दिनु हुन्छ ? तपाइँहरु धेरै भाग्यमानी हुनुहुन्छ, हामीले एन आर ऐनलाई राजनीति मुक्त गरेर प्रवाशी नेपालीलाई नेपालि भएर मर्न पाउने ब्यबस्था गर्दिन लागेका छौ | हामीलाई भोट दिनु भएन भने नेपालि भएर मर्न पाउनु हुने छैन | एन आर एन लाइ राजनीति मुक्त गर्ने राजनीति गरेको तपाइहरुले महसुस गरिसक्नु भएहोला ? नेपालीपन नेपालि ब्यबहार र बानि ब्योहारालाई निरन्तरता दिनको लागि ढुक्क भएर हामीलाई नै भोट दिनुस जे पर्ला पर्ला !
पुण्डरी अर्याल

Leave a Reply