पुण्डरी अर्याल
पुण्डरी अर्याल

भ्यालेन्टाइन डे को कसरि बन्यो ?
सन्दर्भ भ्यालेन्टाइन्स डे : सन्तान उत्पादन र बदलिएको प्रेम परिभाषा :: प्रौढावस्थामा सन्तानहरू आफूसँग नरहने हुँदा विवाहको मुख्य उद्देश्य सन्तान उत्पादन हो भन्ने परम्परागत परिभाषा विखण्डित भएको अवस्था छ । सबै प्रेमहरू सन्तान उत्पादनमै गएर टुङ्गिने होइनन् । त्यसैले सन्तान उत्पादन भन्दा पनि पर छ अथवा अनन्त छ प्रेम । –

भ्यालेन्टाइन डे, अथवा प्रेम दिवस वा रोमान्सको दिन अमेरिकाभरि प्रेमी प्रेमिकाहरुले आफ्नो Sweethearts लागि गुलाब दिएर प्रेमीलाई प्रेम प्रस्ताव राख्छन । प्रेमको इजहार गर्छन | सेन्ट भ्यालेन्टाइन को जीवन र मृत्युको दिनमा एक उपहार स्वरूप गुलाब दिइ र विवाह समारोह मनाइएकोले फेब्रुवरी १४ लाइ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाएको भनाइ छ । यसको आफ्नै इतिहास छ तेस्रो सताब्दिमा रोमका सम्राट क्लौडीयसको शासन थियो | उनलाई आफ्नो सैन्यशक्ति ठुलो बनाउन युवालाई भर्ति गराउन चाहन्थे | तर धेरै मानिसहरुले युध्द लड़नको लागि सेनामा भर्ति हुन् चाहेनन | युवाहरु सैनिक हुन् चाहन्थेनन | उनिहरु आफ्ना पत्नी र प्रेमिका छोडेर सेनामा भर्ति हुन् नमानेपछि उनले चर्चमा गै बिहा गर्न रोकावटको आदेश दिए | सम्राटको यस्तो क्रुर र पागलपनको निर्णयले सबैलाई दुखि बनायो | तर सेन्ट भ्यालेन्टाइनले गोप्य रुपमा युगल जोडीलाई एउटा सानो कोठामा क्यान्डललाइट जलाएर बिबाह बन्धनमा गासि दिने कार्य गरिरहे | भ्यालेन्टाइन चर्चका पुजारी थिए | पछि सैनिक जवानबाट एक कान दुइ कान हुदै सम्राटसम्म पुग्यो |
सबै कुरा थाहा पाएपछि सम्राटले ति पुजारीलाई पक्रेर जेल हाले |थुप्रै जवानहरुले Valentine लाइ भेटन जेल गए |उनलाई सम्मान स्वरूप झ्यालबाट फूलका गुच्छा र नोट चिट(टिप्पणी)हरु फाले | युवा महिला र पुरुषहरु प्रेममा बिश्वास भएको कुरा भ्यालेन्टाइनले जान्न चाहन्थे | एक दिन जेल गार्डकी युवा छोरीले भेटन गइन उनलाई यो गोप्य विवाहलाई निरन्तर चलाई रहन र सम्राटलाई बेवास्ता गरेको कुरालाई सहमति समर्थन जनाइन र उनलाई सहयोग गरिन | भ्यालेन्टाइनले आफु मर्नु अगाडी एक दिन ति जवान महिलालाई मित्रता र वफादारको लागि धन्यबाद दिदै एक हस्ताक्षर नोट छोडेका थिए रे !
यो भ्यालेन्टाइन डे उनै चर्चका पुजारीको समझनामा मनाउदै आइरहेको भन्ने भनाइ छ | | हुन् त पहिले क्रिष्टिनिटि समुदायमा मात्रै प्रचलित थियो | तर युगल युवा युवतीहरुको आजको दिनलाई प्रेम दिवसको रुपमा संसार भर मनाउन थालिएको छ |

आखिर प्रेम के हो ? माया के हो ? मान्छेको दिमागमा हुन्छ कि ! मुटुमा हुन्छ कि! मनमा हुन्छ की! वा छाती भित्र हुन्छ कि ! यो प्रेम दिवसले प्रेमको खोजि गर्ने पर्ने गरायो | म प्रेम गर्न नजान्ने, माया गर्न नजान्ने मान्छे | मैले प्रेमको प्रस्ताव राख्न नजान्ने मान्छे, जिन्दगीमा प्रेम कहानी नबनाएको मान्छे, माया प्रेम भनेसी टाढै बस्न मन पराउने मान्छे | अब मैले कसरि यसलाई ब्याख्या गरु तर प्रेमको बारेमा थोर बहुत पढेकै आधारमा भएपनि लेख्न चाहि मन लागिरहेको छ | मैले बुझेको प्रेमको परिभाषा अनन्त छ | मातृपितृ प्रेम, पुत्र प्रेम, अपनत्व प्रेम, बासल्य प्रेम, सखा प्रेम, कुटुम्ब प्रेम, देश प्रेम, सास्कृतिक र भाषा प्रेम, मानव प्रतिको प्रेम, पशुप्रेम, सम्पूर्ण जगत र जीव प्रतिको प्रेम, अनि जीवनलाई सरस रोमान्चकारी बनाउने प्रेमिका वा जिबन संगिनीसंगको प्रेम, जुन दाम्पत्य प्रेमभित्र मैले युवा-युवती वा पुरुष र स्त्रीबीच हुने विपरित लिङ्गी आकर्षणलाई पनि प्रेम कै रुपमा लिन्छु |
यस्ता धेरै प्रेम कहानीहरू छन्। जस्तो कि लैला-मजनु, रोमियो-जुलियट, मुना-मदन, हीर-राँझा, नल-दमयन्ती, सावित्री-सत्यवान आदि । नल-दमयन्ती र सावित्री-सत्यवानका कथाहरू वियोगपछि संयोगमा टुङ्गिएका छन्। ताजमहल प्रेमको तीर्थस्थल बनेर उभिरहेकै छ । प्रौढावस्थामा सन्तानहरू आफूसँग नरहने हुँदा विवाहको मुख्य उद्देश्य सन्तान उत्पादन हो भन्ने परम्परागत परिभाषा विखण्डित भएको अवस्था छ । जब विवाहको अर्थ सन्तान उत्पादन होइन भने किन विपरित लिङ्गीसँग मात्र विवाह गर्नु ? यस्ता प्रश्न पनि उब्जन्छ | के विपरित लिङ्गीबाट मात्र माया, स्नेह र प्रेम पाइने हो र ? अर्को कुरा रह्यो यौनसम्बन्धको यस्ले सन्तुष्ट मात्रै हैन यस्ले कष्ट पनि दिन्छ । अब त समलिङ्गी विवाह प्रेम सम्बन्धको बारेमा पनि संसारमा उजागर भैसकेको छ । कसैको आँखाले यसलाई प्राकृतिक नदेख्ला तर देख्नेहरूले देख्न सक्छन्। जे होस्, कुरा प्रेमको हो, कुरा आकर्षणको हो, कुरा समर्पणको हो। हाम्रो उत्पत्ति हाम्रा बा-आमाबीचको प्रेमको परिणाम हो भनेर हामि सबैले स्वीकारेका छौ । सन्तान उत्पादन एउटा ठूलो कर्म हो र त्यो प्रेमविना सम्भव छैन अथवा सत- सन्तान जन्मन सक्दैनन भन्ने हो | जब सन्तान उत्पादन सबैले गर्छन् भने प्रेम पनि सबैले गरेकै होलान् वा प्रेम नभैकन पनि सन्तान जन्माउँन सकिएला तर सबै प्रेमहरू सन्तान उत्पादनमै गएर टुङ्गिने चाहिँ होइनन् । त्यसैले सन्तान उत्पादन भन्दा पनि पर छ अथवा अनन्त छ प्रेम । केहि प्रेमी प्रेमिकाले प्रेमलाई अजर, अमर बनाएका छन् । केही यस्ता प्रेमका कथाहरू छन् जुन अजर अमर बनेर बाँचिरहेका छन्। जब जब यी कथाहरूमा मेरो मनले खोतल्छ प्रेमको कुनै रसायन भेट्दिन |प्रेममा (Chemistry of love) रसायन मिलेमा मात्र त्यो सफल हुन्छ भन्ने हरु पनि छन् | कुनै जोडी मिलेको देख्दा यिनीहरुको जोडीको क्या केमिस्ट्री मिलेछ भन्ने तर्क दिइन्छ |
यसको रसायन के होला? प्रेम भौतिक कुरा त होइन नि ! यो भावना हो कहिँ कतै शरीरको अंगमा भेटिदैन अनि किन यसले मान्छे लाइ पिडा दिन्छ ? कसरी खुशी पनि दिन सक्छ ? बेचैनी , आतुर, सन्तुष्टि खुशी, रोमान्स, समर्पण, कुर्वानी, सबै कुरामा प्रेम छ | यस्ले सबै प्राणीहरुलाई प्रत्यक्ष असर गरि रहेकै हुन्छ | पौराणिक कथा महाभारतमा श्रीकृष्णको प्रेम लिला अझै अजर अमर छ , हाम्रो सास्कृतिक र धार्मिक रुपमा सबैको मन मश्तिश्क हटन सक्दैन | राधा कृष्णको प्रेम कथाले करोडौ मानिसको मन छोएको छ | श्रीकृष्णलाई प्रेमको औतारको रुपमा लिएको पाउछौ | यो कथा अमर छ र रहस्यात्मक छ | यहा श्रीकृष्णले १००८ बिबाह गरेर पनि उनि राधाको प्रेममा विह्वल छन् | उनि अन्तसम्म राधाको खोजमा रहेको पाइन्छ | राधा पनि कृष्णको प्रेममा चुर्लुम्म डुबेर उनैको यादमा जिबन बिताइकिछिन् | श्रीकृष्णको सामिप्य पाउन पाउन हजारौ गोपिनीहरु लालायित भएको पाउछौ | श्रीकृष्ण प्रेमको खानि हुन् , उनको सामिप्यले मुक्ति पाएका सन्दर्भहरु बर्णन गरिएका छन् | त्यसैले प्रेम भनेको पवित्र छ , पवित्र हुनु पर्छ | प्रेम त इश्वरको रुप हो | यो संसार मानब प्रेममा अडेको छ
भन्न सक्छौ | प्रेमलाइ खेलाची नठानी पवित्र र इमान्दार प्रेममा विश्वास राखौ | प्रेम लाइ अपवित्र बनाउने काम कतैबाट नहोस | जे होस् यो प्रेम दिवसको उपलक्ष्यमा सम्पूर्ण प्रेमिहरुमा हार्दिक शुभकामना दिन चाहन्छु |
जय प्रेमी प्रेमिका !

Leave a Reply