पुन्डरी  अर्याल
पुन्डरी अर्याल

कसको पछि लाग्ने ? दर्शन वा बिज्ञानको !
दर्शन शास्त्र भनेको नै तर्क शास्त्र हो भन्ने लाग्छ मलाइ | महान दार्शनिकहरुले आफना कुरालाई तर्कको आधारमा त्यसलाई सिध्द गरिरहेका छन् | एउटा कहावत छ, एक पण्डित, एक ज्योतिषी र एक बैद्य तीनजना तिर्थ गर्न निस्केका रहेछन साझ पर्यो जंगलको बाटो थियो, थकान र भोकले गर्दा अगाडी बढन सकेनन | अनि उनीहरुले पानि पाउने ठाउमा खिचडी पकाउने निर्णय गरे | पण्डितले साझको सन्ध्या नगरिकन भान्छामा जान हुदैन भनेर उनि सन्ध्या गर्न गए | ज्योतिषीले यो बेला खिचडी पकाउन राम्रो मुहर्त छ छैन भनेर हेर्न थाले | बैद्यले साँझ मासको दालमा खिचडी खान हुदैन भनेर तर्क गर्न थाले, ज्योतिषीले अहिले मुहर्त राम्रो छैन नपकाउ एक छिन पछी राम्रो मुहर्त आउछ र खिचडी आगोमा बसालौला भनेर तर्क दिन थाले | पण्डितले यो खिचडी पकाउदा तपाईहरुले नछुनु, मैले नै पकाउँन पर्छ भनेर तर्क दिन थाले | सबैले आ-आफ्नो कुरा माथि पार्नको लागि तर्कका दलील पेश गर्दा गर्दै एउटा बादर आएर उनीहरुको खिचडी पकाउन राखेको भाडो उछ्छिटयायो | यसरी उनीहरुको तर्क र दर्शनको पछी लाग्दा खिचडी पाक्न सकेन | भोकै बस्न पर्यो | हामीहरु त्यस्तै तर्क र दर्शनको पछी दगुरिरहेका छौ |
हाम्रो जस्तो मुलुकमा नेताहरुले दार्शनिक कुरा छाटेर देश र जनता सुखका सपना बाडेर ठगिरहेका छन् | हामीहरु तिनीहरुको पछी लागिरहेका छौ | उनीहरुले हामीहरुलाई सत्तामा चढने भर्यांग बनाइरहेका छन् | हामि कहिले कान्ग्रेश, कहिले एमाले, कहिले माओबादीका झण्डा बोकिरहेका छौ | हामीले उनीहरुलाई भाग्य विधताको रुपमा मानिरहेका छौ | उनीहरुले कहिले भाग्य बनाइदेलान र हामीले सुख पाउने छौ भनेर कुर्ने बाहेक केहि गरेका छैन | हामीले किन उनीहरु तर्क सुनेर बसेका छौ ? कहिले कसले गर्दा देश बर्बाद भएको छ, कहिले कसले बर्बाद गरेको छ भन्दा उनीहरुको हो मा हो मिलाएर कहिले यसलाई कहिले उसलाई काधमा चढाएका मात्रै छौ |
तर्क, भाषण, आश्वासन र दर्शनमा मात्र हामि रल्ल परिरहेका छौ | यसैलाई बिश्वास गरिरहेका छौ | हामीहरुले भाग्यलाइ अगाडी राखेर कर्म गर्दैनौ | नेता देखि लिएर जनता समेतले चमत्कार हुने कुरामा बिश्वास गर्छौ | यो कुरा हामीले बुझेका छैनौ कि कुनै बैज्ञानिक अनुसन्धान नगरिकन चमत्कारको आविस्कार हुदैन ! दर्शन छाटेर चमत्कार कहिले हुदैन | हात बाधेर बिश्वास गरेर मात्र चमत्कार हुन् सक्दैन | यदि त्यस्तो हुने थियो भने हाम्रो पशुपतिनाथले देशलाई संसार कै बिकसित राज्य बनाएर चमत्कार गरिसकेका हुन्थ्ये | कर्म बिना संसारमा राम्रा नराम्रा कुनै काम हुनै सक्दैन | सत्कर्म गरे परिणाम राम्रो हुन्छ भने असत कर्म गरे परिणाम नराम्रो र अनिष्टकारी हुन्छ | कुरा, दर्शन र तर्क साधेर कहिले अचार बन्न सक्दैन | अचार बनाउनलाइ त्यसका सामाग्री चाहिन्छ र बल्ल बन्छ | सामाग्री बटुल्न हामि कहिल्यै लागेनौ | यस्तो खाले अचार बनाउने, उस्तो बनाउने भन्दैमा हामीले समय खेर फाल्यौ | अचार बनाउन पनि सकेनौ र कसैलाई खान दिन सकेनौ | चमत्कार भएर अचार बनिहाल्ला भन्नेको संख्या पनि कम थिएन | त्यसैले हामीले दर्शन र तर्कका पछी लाग्न बेकार छ |
सिध्दान्त छाटेर मात्र कुनै पनि देश अगाडी बढेको छैन, बिकाश भएको छैन | उनीहरुसंग देश र जनतालाई सन्तुष्ट पार्ने योजना छ | कार्यक्रम तलको माथि नपर्ने गरि कार्यान्वयन गराउछन | हाम्रा भाग्य विधाताहरुले जड्याहाले बोले जस्तो गरि के बोले, के बोलेनौ होसै नगरी बोल्दै हिडछन् ! हामि सबैले उनीहरुका फोस्रा गफाडी तर्कमा बिश्वास गरेर पछी लागेका छौ | त्यसले त युवाहरु अरबको खाडी तप्त घाम पिल्सनु परिरहेकोछ | मर्न परिरहेको छ | प्रजातन्त्रले देशको एउटा उधोगलाइ पनि निरन्तर दिन सकेन | बेचेर खायो | गणतन्त्रले गफाडी कागजी संबिधान त दिन सकेन | कहाबाट जनताको सुख, चैन, गास, बास, कपास,जनतालाई रोजगारी दिन्छ | त्यसका लागि सामाग्री खोइ ? खिचडी पकाउन त दाल, चामल, पानि र नुन चाहिन्छ | के त्यतिले खिचडी बन्छ र ? त्यो सामान पकाउनलाइ त आगो चाहिन्छ | यहि कुरा बिज्ञान हो |
अमेरिकाको राजनीति सिध्दान्त, जापानको राजनीति सिध्दान्त, चीनको राजनीति सिध्दांत फरक फरक छन् तर ति देशहरु सम्पन्नशालि बनेका छन् | अमेरिकामा डेमोक्रेसी छ | चिनामा समाजबादी छ र जापानमा राजतन्त्र छ | किन त्यहा बिकाश र सम्पन्नता छ त ! बस देशका राजनेताको नियत राम्रो भए जुनसुकै बाद र सिध्दान्तले देश र जनताको प्रगति बिकाश गर्न सकिन्छ भन्ने यी उदाहरण हुन् | हामि भने तर्कमा समय खेर फालिरहेका छौ | हामि दिन प्रतिदिन बिदेसीको दास हुन् पुगिरहेका छौ | हामि कमजोर दिन हिन बन्न पुगेका छौ | केहि यस्तो चिज नेपालमा छ, त्यसमा गर्भ गर्न सकियोस ? पानि छ | बिकासको ढोंग ठोक्नेहरु प्रजातंत्र
आएको ३०सौ बर्ष हुदा पनि जनतालाइ काकाकुल बनाइरहेछ | पानि खुवाउन सकेका छैनौ | जनतालाई बिजुली दिन सकेका छैनौ | लोडसेडिंग १२ घण्टा भोगिरहेका छौ, रोगले खाइएका हाम्रा प्रधान मन्त्रि जस्तै देश बिपतासित खाडीएको छ | होनहार बल र बुध्दी भएका युवा जति देश छोडेर गइ सके, देसमा कोइ युवा छैनन् कि जस्तो भान भैरहेको छ, सभासद भएका युवाहरु किन चुपचाप बसिरहेका छन् ? कि कहिले बुढो हुला र प्रधान मन्त्रि पडकाउन पाउछु भनेर कुरेर बसेका हुन् कुन्नि बुध्दिमा बिर्को लगाएर ! अब तपाइ युवा नेताहरु पनि यस्तै खैराते गफाडी तर्कमा रमाइरहने होकी केहि बैज्ञानिक सोच राखेर कार्य शुरु गर्ने हो ? अझै स-साना नानीहरु तुहिनमा झुन्डीएर् स्कुल जान परेको छ, नेताहरुले उपचार बिदेशमा गएर गरेपनि जनतालाई गुणस्तरको कुरा त छोडौ, अस्पतालसम्म पुग्न नपाइ मरेका छन् |सन् १९४७ मा भारत स्वतन्त्र भएको थियो, त्यसको हाराहारीमा चिन र नेपाल (२००७) राणा तानाशाहीबाट मुक्त भएको थियो | आज ती देशहरु कहा पुगे हामीले सोच्न पनि सक्दैनौ | त्यति खेर तुलनात्मक रुपमा नेपाल त्यति गरिब राष्ट्र थिएन | चिन संसारका धनि राष्ट्र हुन् पुग्यो | भारत भने चीनको हाराहारीमा आउँन सकेन किन कि संसारमा सबभन्दा धेरै दार्शनिक भएको र चमत्कारमा बिश्वास गर्ने देश भारत हो | अन्धविश्वासमा रमाउने देश भएको छ | अब त्यहाका शासकहरुले बुझिसकेका छन् बिज्ञान र प्रबिधि न भित्रिएसम्म केहि हुनेवाला छैन भनि धमाधम् प्रबिधि भित्र्याइएको छ, जनतालाइ समान वितरण गर्न सकिरहेको छैन तर देश अन्तरराष्ट्रिय रुपमा अगाडी आउदै छ |
हामि भने लफ्फाजीको गफमा गफ़्फ़िएर् नेपाल र नेपालि जनतालाइ पछाडी धकलिरहेका छौ | काम गरिराखेका छैनौ खालि दर्शन छाटिरहेका, बिबाद बढाइरहेका छौ, एमाले पार्टीका नेतालाइ पिट्दा, कांग्रेसी र माओबादीहरु खुशी हुने, कांग्रेस पार्टीका नेतालाइ पिट्दा, एमाले र माओबादीहरु खुशी हुने, माओबादीका नेतालाई पिट्दा, कांग्रेस र एमाले खुशी हुने | जनआन्दोलनका सहयात्रीहरु यसरी भिडन्त गरिरहदा नेपथ्यबाट चियाएको शक्तिले निमोठ्न बेर लाग्दैन ! त्यतिखेर सबै पार्टी रुने बाहेक अरु केहि हुने छैन | बिदेशीको हस्तक्षेप दिन प्रतिदिन बढ्दै गएको सम्पूर्ण जनताले महसुस गरिराखेका छन् | उनीहरुको हस्तक्षेप किचन क्याबिनेटसम्म पुगीसकेको छ | अब नेपालमा सिध्दांत, दर्शन, प्रबचन, जनताको मुक्तिका लफ्फाजी भाषण बहुदल कालदेखि गणतन्त्रसम्म बकिरहेका छन् |
राजशाहीको शासनमा जनताको हालत जस्तो थियो त्यो भन्दा दुइ गुणा दुर्दशा भैरहेको छ |तर राजनीतिमा लागेका भ्रष्ट प्रवृतिका मानिसलाई भने बहुदल पनि फापेको फापै छ | गणतन्त्र पनि फापिरहेको छ | उनीहरुको प्रगति दिनदिनै बढिरहेको छ | साच्चै देशको र नेपाली जनतालाइ दुख कष्टबाट मुक्ति दिलाउने हो भने लफ्फाजी गफ भाषण छोडेर वास्तविक धरातलमा उभिएर काम गरौ | कहिले सिंहापुर र चिन बनाइदिन्छु भन्दै लफ्फाजी भाषणले के तपाइँहरु जस्तो राजनेताहरुलाई सुहाउछ ! जग बिहिन महल बनाउने सपना देखाएर चुलिदै जादा गर्ल्याम गुर्लुम ढल्छ भन्ने कुरा तपाइँहरुलाई थाहा नभएको त पक्कै होइन ?
यदि साच्चै देश बिकास र निर्माण गर्ने नै हो भने बिज्ञानसम्मत सत्यमा आधारित भै राष्टको जगमा उभिएर शुरु गरौ | विज्ञानको कुनै प्रविधिले मान्छे भित्रका सबै कुरा पत्ता लगाए पनि मान्छेलाइ जाची जात छुट्याउन सक्दैन न त धर्म नै | फोस्रा कुरा, लफ्फाजी, गुलिया चटक, भाषण र दर्शन छाटन छोडेर बास्तविक धरातलमा उभिएर नेपालि जनताको सुख सुविधा दिलाउन कोशिस गर्नु भयो भने तपाइहरुको पनि सुख सुविधा दिगो हुन्छ अन्यथा देश जल्दा तपाइको घरमा पनि आगो लप्का जादैन भन्ने कुनै ग्यारेन्टी छैन | त्यसैले भाषण र दर्शनको पछाडी नलागी बैज्ञानिक ढंगले देशलाई संचालन गरौ | यसैले नेपाली र तपाइ नेतागणको सम्मान बढने छ |
पुण्डरी अर्याल
न्यु योर्क ( जनवरी ६, २०१५,खसोखास साप्ताहिकमा प्रकाशित)
०२/०४/२०१५

Leave a Reply