पुन्डरी  अर्याल
पुन्डरी अर्याल
एन आर एन
आजकल अमेरिकाभरि नेपाली समुदायमा एन आर एन को रन्को धुम धाम सग चलेको छ | अमेरिकाका सबै जसो स्टेटमा एन आर एन सदस्य बनाउने काम सकिसकेको छ पनि | यो भन्दा अगाडी लगभग ४ हजारको सख्यामा रहेका सदस्य थिए भने अहिले भने १० हजार भन्दा बढी सदस्य बनाउन वर्तमान कार्य समिति सफल भयो | कति जना ले यसलाई बुझेर सदस्यता लिएका छन् भने कतिजनाले नबुझिकन सदस्यता लिएका छन् भने कतिपय भावी उम्मेदवारले नै सदस्यता शुल्क तिरेर सदस्यता बनाइदिएको भन्ने पनि सुनीन्छ | जे होस् हामि धेरै जसो को चासो बनिरहेको छ एन आर एन | यसको सदस्य बन्नेलाई के फाइदा छ , नबन्ने लाइ के घाटा छ ? आदि इत्यादि कुराहरु बारे बजारमा चर्चा भैरहेको पाइन्छ | गत हप्ताको ५०० मिलियन भन्दा बढीको पुरस्कार भएको लटरीको रसिद देखाउदै मेरा एक जना मित्रले यो लटरी पर्यो भने म एन आर एन को अध्यक्ष पदमा उठछु भन्दै हुनुहुन्थ्यो | यो सुने पछी म पनि छक्क परे हैन एन आर एन को पदमा उठन लटरी नपरिकन उठन नसक्ने रैछ कि ! भन्ने कुराले मलाइ पनि पिरोल्यो | यसो कुरा बुझ्दा ठिक्कै लाग्यो पनि | संसारको एन आर एन अध्यक्ष मिलिएन पति भएन भने के इज्जत रह्यो ? अनि अमेरिका बाट छानिएको अध्यक्ष कमसेकम शेष घले जतिको हैसियत भएको त हुने पर्छ नि ? सके उनको जस्तो मन पनि भएको हुनु पर्छ | नेपालमा गएर एक आध अरबको ब्याबसाय हाक्न नसक्ने नाथे ले के अध्यक्ष पदमा नाम हाल्ने यस्तै कुरा सोचेर मेरा मित्रले यसो भनेको हुनु पर्छ भन्ने अडकल काटे | मित्र यहि कुरा सोचेको हो भने मेरो मनको कुरा सोच्नु भएको रहेछ | मलाइ चित्त बुझ्यो |
अर्का मेरा मित्र छन् उनि ग्यास स्टेसनमा काम गर्छन उनले मलाइ गुनासो गर्दै थिए | १० शौ बर्ष भयो यार पैसा कमाउन सकिएन एक पटक एन आर एन मा उठेर खुबै पैसा कमाएको शान देखाउन मन लागेको छ , कसो होला भनेर मसंग सल्लाह माग्दै थिए | यो कुरा सुनेपछि मैले सोच्न बाध्य भए कि एन आर एन सस्था भनेको आफ्नै समुदायको भोट लिएर आफ्नै समुदायका मान्छेलाई मै हु भनेर देखाउने पैसावाला को क्लब जस्तो हो कि लाग्न थाल्यो ! यो नेपालको राजनीति पार्टीको जस्तो भान भयो, पैसा हुनेले सिट किन्ने र फटाहा मान्छेले जिते भने कोषको पैसामा राज गर्ने ? संस्थाकै पैसामा अमेरिका भ्रमण गर्न पाइन्छ | एन आर एन कै पैसाले नेपालमा पनि भेटघाट गर्न जान पाइन्छ ! अनि नेपालको टिभी च्यानलमा ठुलाठुला कुरा गरि नेपालको बिकास हामीले सजिलै गर्दिन सक्छौ भनि अन्तर्वार्ता पनि दिन पाइन्छ | अनि त्यहाको ५ तारे होटेलमा खर्चेको पैसा पनि एन आर एन को खर्चमा हाल्न पाइन्छ | त्यसैले यो पाली मैले एन आर एन को सिट जित्नै पर्छ ! भन्दै थिए | अनि उनि भन्दै थिए म जन सम्पर्कको प्यानलमा परिसकेको छु | यसको लागि नेपालबाटै सिफारिस ल्याएको कुरा पनि सुनाउदै थिए | अनि मैले उनलाई कालो कफी खाउ भने कफी पिउदै उनलाई अग्रिम शुभकामना पनि दिए |
अहिले अमेरिकामा एन आर ऐन को चुनावमा पनि महिलाहरुले बुलन्द आवाजका साथ् उम्मेदारी घोषणा गरेका छन् | यो उम्मेदवारीले चुनावको नतिजालाई भने प्रभाव पार्ने देखिन्छ | महिलाको प्रतिनिधित्व आउनु राम्रो कुरा हो | तर त्यसो नभएर चुनावी गोटी मात्र भए भने दुखद कुरा हुने छ |
अनि मैले सोच्न थाले एन आर एन कसको लागि हो ? एन आर एन पदाधिकारी सदस्यहरुले अमेरिकामा कुन कुन नेपालीलाई सहयोग गरे ? कहा कहा के गरे ? कति पैसा उठाए ? कुन पैसा कहा खर्च गरे ? कुन क्षेत्र मा गरे ? मैले खाली नेपालमा यो कार्य गर्ने भन्दै योजना बनाएको मात्रै देख्छु ! अमेरिकामा बसेका नेपालीहरुको कुन दुखमा यो संस्था काम लाग्यो ? खोजिरहेको छु | मैले त पदाधिकारी भएपछी नमस्ते नफर्काएको पनि देखेको छु | ठ्याकै नेपालका सांसद र मन्त्रि जस्तै ! मलाइ चाहि अरु राजनीति संस्था भन्दा यो सस्था अमेरिकामा नेपालीकोलागी उपयुक्त छ भन्ने लाग्छ तर यसलाई राजनीति वृतबाट टाढा लैजान नसकेको पनि महसुस हुन्छ | किनभने यसको उम्मेदवार कुनै न कुनै राजनीति पार्टीको आशिर्वाद नपाइकन एन आर एन मा जित्नै सकिदैन भन्ने उम्मेदवारहरुको धारणा छ | घुमिफिरी राजनीतिबाट यो मुक्त हुन् सकेको छैन | हाल एन आर एन ले उठाएको मुद्दा चाहि एक पटक को नेपालि सधैको नेपाली भन्ने छ | यो मुद्दाले ग्रीनकार्ड वाला नेपालीलाई केहि फाइदा छैन | उनीहरुले कमाएको पैसा पनि नेपालमा नै लैजाने हो | उनीहरु कानुनन नेपालि हुन् , यो एन आर एन बाट उनीहरुलाई केहि फाइदा छैन | तर ग्रीन कार्ड वाला नेपाली नै एन आर एन मा बढी भएको देखिन्छ | रह्यो अमेरिकन नागरिकता लिएका नेपालीहरुको र उनीहरु सन्तानले नेपाली नागरिकता पनि पाउन वा दोहरो नागरिकताको सुबिधा प्राप्त गर्न खोजिएको मुद्दा छ | त्यसमा भने अमेरिकन नेपालीहरुलाई फाइदा हुन् सक्छ | आफ्ना आफन्त नाता गोतालाइ नेपालमा बसेंजेल इमिग्रेसन फिस तिर्न पर्ने छैन | अथवा आफ्नो लगानी कानुनन सुरक्षित गराउन सकिन्छ | तर मलाइ के लाग्छ भने नेपालीको पहिलो पुस्ता मात्र ले नेपालको बारेमा बढी सोचिरहेका छन | तर अमेरिका हुर्केका दोश्रो पुस्ता भने यस मुद्दामा कुनै सरोकार राखेको पाइदैन | अमेरिका बसेका नेपालीहरुको हैसियत राम्रो र प्रभावकारी बनाउन वा अमेरिकामा नेपालिहरुको पहुच अमेरिकन सरकारसंग राख्न र नेपाल सरकार र अमेरिकी सरकारसंगको पुलको काम गर्न सक्यो भने नेपालको लागि राम्रो हुनेथियो | तर यहा नेपालीको हैसियत र पहिचांन बनाउन नसकिरहेको अबस्थामा नेपालको लागि केहि गर्न सकिन्न | तर जे होस् अमेरिकामा एन आर एन संस्थाले सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्न सकोस, अमेरिकामा अफ्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्न यो संस्थाले सकोस | यो संस्था आम नेपालीको पहुच भन्दा माथि नबनोस | काबिल , सक्षम नेत्रित्व चुनिएर आओस | जसले नेपालि समुदायको हित गर्नु सकोस | ठुला कुरा गर्ने काम पटकै नगर्ने खालका उम्मेदवारलाइ सबैले चिन्न आवस्याक छ | असल, इमान्दार र सक्षम उम्मेदवारलाई विजय बनाऔ |
पुण्डरी अर्याल
न्युयोर्क
०२/१९/२०१५(( फेब्रुअरी ८, २०१५ खसोखास साप्ताहिकमा प्रकाशित )

Leave a Reply