पुन्डरी  अर्याल
पुन्डरी अर्याल

प्रचण्डजी, तपाइ न घरको न घाटको हुन् खोज्नु भएको त होइन ?
गोर्वाचोभको नयाँ सिध्दान्त (Perestroika and Glasnost) पेरेस्त्रोइका र ग्लासनोस्टको बारेमा जब रसियाको संसद र संसद बाहिर खुलेआम बहस हुन् थाल्यो | पेरेस्त्रोइका भनेको देशको पुनरनिर्माण अथवा राजनैतिक रुपमा नयाँ रसियाको गठन भन्ने अर्थ लाग्छ भने ग्लासनोस्ट भनेको बास्तवमा राजनीति र आर्थिक ब्यबस्थामा खुलापनको लागि भन्ने अर्थ लाग्छ | अथवा हाम्रो बुझाइमा स्वतन्त्रता र प्रजातन्त्रको लागि बहस शुरु गरिएको थियो | यो सन् १९८० बाट शुरु भै १९८७ सम्म बहसकै रुपमा संसदमा चली राख्यो, रसियाले सम्पूर्ण युद्ध सामाग्रीहरु उत्पादन बन्द गरि यहि सिद्धान्त गोर्बाचोभले लागु गरेपछि बिस्तारै बिस्तारै रसिया संसारको शक्तिशाली देशबाट खस्कदै त्यस बेला अन्त्यन्तै दयनीय र नाजुक अबस्था व्यहोर्नु पर्यो | अन्तमा संसारकै ठुलो रसिया टुक्रा टुक्रा भएर छुट्टियो | रसियाको कम्युनिष्ट धरातल एकाएक भासिन पुग्यो | यसरी रसियाको सबै राज्यबाट अन्तत: गोर्बाचोभको पतन भयो | रसियामात्र होइन युरोपीयन कम्युनिष्ट राष्ट्रहरुमा पनि ठुलो टुट फुट भै राज्य बिघटन हुन् पुगे भने कतिपय राज्यहरुमा जातीय युद्ध भएर ठुलो धन जनको क्षति व्यहोर्न पर्यो | अझै पनि त्यहाको त्यो घटनामा भएको क्षतिको पूर्ति हुन् सकेको छैन | यसरी अमेरिकाजस्तो सम्पन्न शालि देश संग पैठाजोरी खेल्ने देशको हविगत सबैलाई अबगत छ | र ति गोर्वाचोभको कहिँ अत्तोपत्तो भएन वा उनको नाम निशाना रहेन उनि अन्त्यन्त शक्तिशाली राष्ट्रपति थिए | त्यस घटनाले सबभन्दा फाइदा जर्मनलाई भयो | पुर्बी जर्मन रसियन कम्युनिष्ठ समर्थक थियो भने पश्चिम जर्मन पुँजीपति राज्यको सत्ता थियो | रसियाको बिघटन भैसकेपछि बर्लिनको पर्खाल भत्काएर पुर्बी र पश्चिम जर्मनका जनताले जर्मनको एकीकरण गरेका थिए | रसियाको बिघटनसंगै नराम्रोसंग असर परेको देश चेक्स्लोभाकियामा पर्यो | त्यहा जातीय संगसगै धार्मिक लडाई शुरु भयो | जसले गर्दा हजारौ मानिस मारीए र लाखौ मानिस बेघरबार हुन् पुगे | अन्तत: चेक्स्लोभाकिया टुक्रिएर चेक र स्लोभाकिया भयो | यसरी रसियाको कम्युनिष्ट शासनको पतन संगै अमेरिका र रसियाको शीतयुद्ध समाप्त भएको थियो | त्यस घटनाबाट पाठ लिएर चीनले भने बुद्धिमत्तापूर्ण तरिकाले चीनको राज्य व्यवस्थालाई आर्थिक स्वतन्त्रता र बजारीकरणलाइ ससक्त बनाइ आज संसारकै धनि राष्ट्र बन्न पुगेको छ |
नेपालमा महान क्रान्तकारी पार्टीको रुपमा १० वर्षको ससश्त्र जनयुद्धको नामबाट जन्मिएको माओबादी पार्टीका महान नेता प्रचण्डले प्रचण्डपथको सिद्धान्त लिएर चालिएको जनयुद्धलाइ त्यागेर दिल्लीमा कांग्रेश र एमाले संग १२ बुंदे सम्झौता गरि संयुक्त जन आन्दोलन गरेर राजालाई झुकाई छोडे | हुन त माओबादीको संबिधान सभाको तत्काल माग थियो | तर जन आन्दोलन सफल भएपछी संसद पुनरस्थापना भयो | त्यस संसदको झन्डै एकमत सहमतिले नेपाललाई गणतन्त्र घोषणा गरियो | राजाले जनताको इच्छा बमोजिम राजगद्दी जनतालाई नै सुम्पिएको भनि उक्त निर्णयलाई सहश्र स्वीकारे | उक्त संसदले धर्म निरपेक्षता समेत पास गरे | त्यति खेर माओबादीको पछाडी सेना थियो, उसले जे चाह्यो त्यही पास हुन्थ्यो | अन्तरिम संबिधान एकमतले निर्माण भयो र त्यसपछि संविधान सभाको चुनाब भयो | चुनाबमा माओबादी सबभन्दा ठुलो पार्टी बन्न पुग्यो | पहिलो संबिधान सभामा धेरै रस्साकसी भएपनि संबिधानको घोषणा हुन् सकेन र संबिधानसभा भंग भयो | त्यो समयमा युद्धका सबै अवशेषहरु समाप्त पार्नको लागि यु एन समेत लागि परेर शान्ति प्रक्रिया शुरु गरिएको थियो, अन्तत: माओबादीले आफ्ना सम्पूर्ण हात हतियार र सेना राज्यलाइ बुझाए | पहिलो संबिधान पछी बनेको प्रचण्ड सरकार ६ महिना पनि टिक्न सकेन त्यसपछि खेल सुरु हुन् थाल्यो | कहिले कांग्रेसको समर्थनले एमाले माधव नेपाल प्रधानमन्त्री बन्न पुगे भने कहिले माओबादीको समर्थनले झलनाथ प्रधानमन्त्री बने र पछी एमाओबादी पनि के कम थियो र उनीहरुले मदेशबादीलाइ मिलाएर माओवादीका बाबुरामले सरकार बनाए | संविधान सहमतिको आधारमा संबिधान बनेन | अन्तत संबिधान सभा भंग भएको थियो | दोश्रो संबिधानसभाको चुनाब बाबुराम भट्टराइले गराउने भएपछी सबै पार्टी र माओबादीका प्रचण्ड समेत मिलि उनलाई जसरी पनि हटाउने खेल खेलेर न्याय क्षेत्रका खिलराज रेग्मीलाइ चुनाबी प्रधानमन्त्री बनाएका थिए |
एमाओबादीले ससस्त्र युद्ध ताका थुप्रै जनजातिका मान्छेलाई जातीय पहिचांन र राज्यका गुलिया बचन दिएर बन्दुक बोकाएका थिए रे ! पहिलो संबिधान सभामा जनताले पनि माओबादीले नयाँ केहि गर्न सक्छ भनि राम्रै भोट पाएर सबभन्दा ठुलो पार्टी बन्न सकेको थियो | तर दोश्रो संबिधानसभा चुनाबमा माओबादी नेताले आंकलन गरेको एक चौथाई पनि सिट जित्न सकेन र तेश्रो पार्टीको रुपमा आयो |
मैले गोर्बाचोभको कुरो यसकारण उठाएको हु कि पेरेस्त्रोइका र ग्लासनोस्टको सिद्धान्त उनले अगाडी ल्याएपछि रसिया टुक्रा टुक्रा भयो र क्षेत्रीय राज्य कायम गर्न त्यहाका गणराज्यले बिद्रोह गरे | चेचन्याको हालत अहिले सम्म पनि समाधान भएको छैन | गोर्बाचोभ जनताका पपुलर नेता हुन् सकेनन | उनले जनताको सामु जान नसक्ने भए पछी एल्तसिन रसियाको राष्ट्रपति हुन् पुगे भने रसियाको सम्पन्नता एकै चोटी धरासाही हुन् पुग्यो | त्यहाका जनताले धेरै दुख व्यहोर्न पर्यो र कयै देशमा शरणार्थी हुन् पुगे |
यहाँ जनआन्दोलन भएपछी बनेका सरकारहरु उत्तरदायी हुन् सकेनन | जनताले विश्वाश गरेको पार्टी जातीय राज्य खडा गर्न लाग्यो र प्रत्येक जातलाई मौफिक जातीय राज्य बाडन थाल्यो | अनि देशका जनताहरु बीचमा द्वन्द बढन थाल्यो, एकापसमा फाटो बढ्दै गयो | यहि कारणले गर्दा माओबादी पार्टीमा दरार आउँन थाल्यो, पार्टी फुट्यो | फेरी पनि फुटी राखेका छन | त्यसैले दोश्रो संबिधान सभामा माओबादीले यो हार व्यहोर्न पर्यो |
महान नेता प्रचण्डले नबुझेको कुरा भने पक्कै होइन, उनि कसैको लागि काम गरिराखेको हुनु पर्छ | उनि कम्युनिष्ट पार्टीका नेता हुन् उनको सिद्धान्तमा बर्गीय कुरा हुन् पर्थ्यो | सामन्त बर्गको उत्पीडनबाट जनतालाई मुक्ति दिने कुरा गर्नु पर्थ्यो | कम्युनिष्ठ भएपछी जातीय समानताका कुरा गर्नु पर्थ्यो | जातको आधारमा कसैलाई उच निच गर्न पाइन्न भन्ने कुरा संबिधानमा उल्लेख गर्न अगाडी बढ्नु पर्थ्यो | यहा उनि ब्राह्मणका छोरा हुन् बाबुरामपनि बाहुन नै हुन् | उनले कल्पना गरेको जातीय राज्यमा कहा बाहुनको राज्य पर्छ? अनि किन उनीहरु जातीय राज्यका कुरा गरिराखेका छन् | हामीसबैले यो कुरा बुझ्न सकिरहेका छैनौ |
रसियामा पनि राज्यलाई स्वतन्त्र बनाए पछी गोर्वाचोभ कुन राज्यमा स्थापित भए त ? किन गोर्वाचोभ रसियाको राष्ट्रपति हुन् सकेनन | किन उनि राजनीति बित्तबाट हराए ? यति कुरा प्रचण्ड र बाबुरामले नबुझेको पक्कै होइन | यो पनि जग जाहेर छ कि भोलिको दिनमा जुन जातको जातीय राज्य खडा गर्न खोजेका छन् तिनै जात मध्यका मान्छेले उनीहरुलाई घात गर्ने छन् वा नाथुराम गोडसे ननिस्केलान भन्न सकिन्न | यो कुरा दोश्रो संविधानको चुनाबले देखाइ सकेको छ | किन तपाइँहरु जनताले स्थापित भैसकेको गणतन्त्र कम्जोर पार्न खोज्नु भएको छ ? हेर्नुस त हिजो स्थापित भएको २०४७ सालको संविधान कांग्रेस र एमाले गलत ढंगले उपयोग गरेको कारणले र जनताको नजरमा स्थापित हुन् सकेन र राजाले लिन पुगेका थिए | त्यत्रो जनताले स्थापित गरेको गणतन्त्र तपाइँहरुले जातीय गणराज्य बनाउन किन मरिमेट्नु भएको छ ? कसलाई फाइदा हुन्छ?
भारत र पाकिस्तानको बटवारा हुदाको जनताबीच भएको जस्तो युद्ध नहोला भन्न सकिन्न | त्यहा धर्मको नाममा बट्वारा भएको थियो | आज नेपालमा जातिय गणराज्य बनायौ भने एक राज्यबाट अर्को राज्यमा जान नसकिने हुन् सक्छ ! म मधेशमा जन्मेको मान्छे तर म मधेशमा सुरक्षित छैन | आज जातीय राज्य नबन्दै त हामी बीचमा यो हाल छ | पहाडमा मधेशीलाई देखि न सहने र मधेशमा पहाडिया अनुहारका जनतालाई खेदने गर्छन भने भोलि कानुनि रुपमा जातीय राज्य घोषणा गर्नु भयो भने, हामी नेपालीहरु बीच काटाकाट, मारामार निश्चित छ |
२०४७ को संबिधान संसदीय प्रणाली भएकोले देशको प्रधानमन्त्री पटक पटक फेरिएर कामै गर्न सकेको थिएँन | सांसदलाई किनेर वा सरकारी बजेट भागबण्डा गरि राज्यको ढिकुटीलाइ बर्बाद गरेको सबै नेपालीलाई थाहा छ | संसदले कहिले पनि स्थानीय निकायलाइ अधिकार प्रत्यायोजन गरेंन | अगर अधिकार प्रत्यायोजन गरेको भए | यसो हविगत हुने थिएँन | त्यसैले गणराज्य सम्पूर्ण नेपाली र पार्टीले स्विकारी सकेको कुरा हो | भलै आम नेपालीलाइ धर्म निरपेक्ष्य भने स्वकार्य भैसकेको छैन | माओबादी नेता प्रचण्डजी जातीय राज्यको सट्टा बहुजातीय, बहुभाषीय, बहु धर्मीय गणराज्य गराउनुस र सक्नुहुन्छ भने कमसेकम संसदीय फोहरी खेलबाट देशलाई मुक्ति दिलाउन जनताको प्रत्यक्ष भोटबाट सरकार प्रमुख चुन्ने ब्यबस्था गराउनुस | अनि हेर्नुस प्रचण्डजी र बाबुरामजी तपाइँहरुलाई सबै नेपालीले सम्मान गर्ने छन् | तपाइँ देशकोलागि साच्चै नै शान्तिकामी ठहरिनु हुनेछ | तपाईहरुलाई कुलनाशक, राष्ट्रघातक रुपमा नेपालीहरुले पक्कै हेर्न चाहेका छैनन् | हो तपाइले केहि जातहरुलाई मुखले राज्य बाड्दै हिड्नु भए होला, त्यो तपाइलाइ तत्काल क्षणिक लाभ पनि भए होला, तर तपाइले दिर्घकालिन क्षतिको अनुमान लगाउनु सक्नु भएन | जातीय राज्यका कुरा चले पछी भएका घटनाले मर्माहित भएका जनताका बारेमा तपाइलाई अन्दाजा नहुन सक्छ ! अब तपाइँका पार्टीका मान्छेहरुले सदन रोकेर नरोकिने भैसक्यो | जनताको बिचमा पनि अलोकप्रिय बन्दै हुनुहुन्छ | यदि तपाइले जातीय राज्यको अडान छोडेको घोषणा गर्न ढिलो गर्नु भयो | तपाइँ एउटा वार्डमा पनि जित्न सक्नुहुन्न | अब तपाइको बुद्धिमा लागेर हतियार कसैले पनि बोक्ने छैनन् ! अब समयले कोल्टे फेरिसकेको छ | बेलैमा होस् पुर्याउनुस फेरी देशलाइ जातीय युद्धमा नफसाउनुस | निकाशका लागि काधमा काध मिलाएर अगाडी बढनुस | यो लेखकले यहि कुरा भन्छ | अन्यथा तपाइँको पनि गोर्बाचोभको जस्तो हबिगत हुने छ, घरको न घाटको ! जय नेपाल !!!!
०१/२४/२०१५

Leave a Reply