थुप्रै सपना बोकेर संगसंगै, देश छोडेर आए
सुखको मृगतृष्णा बोकेर , खुशी छोडेर आए
के थाहा मलाइ खुशी बिनाको सुख के हुन्छ
दुखि मनको बोझ बोकेर, तिमि छोडेर आए
मनमा सुख नभएपछी खै के गर्छ र धनले
सुख बटुल्ने आशामा प्रियजन छोडेर आए
उन्नति धेरै गर्यो भन्ने होलान साथिभाइले
भने,सोचे जस्तो छैन यहा,सबै छोडेर आए
अब त जुग बिते छ, न बस्न सक्छु न फर्कन
सपना बोकेर संगै, आफ्नो माटो छोडेर आए !