पुन्डरी  अर्याल
पुन्डरी अर्याल

आमाको नाममा सन्तानले नागरिकता पाउने कि नपाउने ?
नेपालभरि आफ्ना सन्तानलाई बाबुको नामको सट्टामा आमाको नाम राखी नागरिकता पाउनु पर्छ, भनेर थुप्रै महिलाहरु र महिला संगठनहरुले पनि माग राख्दै आएका छन् | पछिल्लो चरणमा यसको बारेमा अदालतमा समेत मुद्दा पनी पर्यो | न्यु योर्कका बुद्दिजीवीले पनि यो माग जायज छ भनि नेपाल मिसन सम्म डेलिगेशन गए | यो अहिले सम्म पनि बिबादै छ | नेपालमा महिला हक हितका कुराहरुमा धेरै अलमल छ | कुनै महिलाले मैले मेरो लोग्नेको नाम नराखिकन मेरा सन्तानको नागरिकता पाउ भन्दा त्यस्ता महिलाहरुलाई नराम्रै दृष्टिकोणले हेरिन्छ | प्रशासकहरुले निरुत्साह गर्छन | हालाकी कतै कतै दिइएको छ भन्ने पनि सुनिएको छ | महिलालाई स्वतन्त्रता र अनुसासन परिधि वा सीमारेखा तोक्नु आबस्याकता छ भने पुरुषलाई पनि स्वतन्त्रता र अनुसासनको सिमा रेखा पनि तोकिनु पर्छ |
अमेरिकाको यस्तो किसिमको ब्यबस्थाबारे मैले थाहा पाए अनुसार कुनै पनि महिला सुत्केरी हुन् अस्पताल जान्छिंन | बच्चा जन्मिन्छ, बच्चाको हातमा आमाको नामको टयाग लगाइहाल्छन | यदि बच्चाको बर्थ सर्टिफिकेट लिदा लोग्नेको थर राख्न पर्यो भने उनीहरुको अदालतबाट बिबाह दर्ता गराएको प्रमाण पत्र र उनीहरुको शिक्षा आदि उल्लेख गर्न अनिबार्य छ | नत्र भने बच्चाको थर आमाको नाममा स्वत राखिन्छ | यहाको ब्यबस्थामा एकल महिलाले आफ्नो सन्तान जन्माउँन पाउने ब्यबस्था छ | महिलाले लोग्नेको दाबि नगरिकन बच्चालाइ राख्न सक्छिन | लोग्नेबाट बच्चाको लालान पालन गर्न गराउन परेमा लोग्ने कायम गर्न डी एन ए टेष्ट गराएर उसबाट १८ बर्षसम्मकोलागी खर्च दिलाई दिने कानुनि ब्यबस्था छ | तर सम्बन्ध बिच्छेद गर्न लोग्नेलाइ त्यति सजिलो छैन जति स्वास्नी लाइ छ |
महिलाई नराम्रो हेरे पनि कानुन लाग्छ | छुने कुरा त कुरै छोडौ | महिलालाई सुरक्षाको लागि एक कल फोनको भरमा पुरुष महिनौ जेल बस्न पर्छ | यी यहाको ब्यबस्था हो | अबको संसार हरेक किसिमबाट संसारिकरण भै सकेको छ |
हाम्रो पूर्वीय सस्कारमा पनि महिलालाइ यी अधिकार थियो | पार्वतीले गणेशलाई जन्माईन शिबलाइ थाहा थिएन | गणेश पार्वती पुत्र भए | कुन्तीले आफुले चाहेको मान्छेलाई बोलाइ गर्भधान गरेर छोरा जन्माइन तिनलाई कुन्ती पुत्र युधिष्ठिर भनिएको थियो | पांच पाण्डव, पाण्डबका छोरा भए पनि युधिष्ठिर, अर्जुन, भिम कुन्तीले फरक मान्छेबाट जन्माइकी हुन् || त्यसैले उनलाई कुन्ती पुत्र भनियो | कुन्तिलाई कसैले अपमान गरेनन | श्रीकृष्णलाइ यशोदा नन्दन भनिन्छ | यशोदाले त पालेर मात्र पनि उनको छोरा हो भनि इतिहासले लेखिदियो | हुन त उनलाई देवकीले जन्माइ की थिइन् |
आइमाई भनेको धर्ति हो | पृथ्वी हो | धर्ति उर्वर हुनु प्रकृतिको देन हो | त्यो इश्वरको अनुकम्पा हो | संसारको सृष्टि थाम्ने मानव जगतका सृष्टिलाइ बिस्तार गर्ने आमाहरुले सन्तानलाई जन्माई लालन पालन गरि उच्च शिक्षासम्म पुर्याउन सक्ने खुबी भएका सुन्दा गर्ब गर्न पर्छ सन्तानले |महिलाहरुले विभिन्न खाले परिस्थितिले उनीहरुले गर्भ धारण गर्न परेको र परिणाममा महिलाले मात्र भोग्न परेको पिडा एकातिर त छदैछन | सन्तानलाइ एक्लै दुख गरि हुर्काएर वालीक बनाएपछि नागरिकता बनाइदिन बाबु नै चाहिने भए पछी बिछोड भएका श्रीमान् कहाबाट उनले ल्याउने | अर्को समस्या लोग्नेले छोडेको, परिबन्धमा परेर लोग्ने छोडन परेको | आदि समस्या भोगेका महिलाले आफ्ना सन्तान लाइ देशको नागरिक हुनबाट बन्चित बनाएकोले मानव अधिकारको हनन भएको छ | यो मानवीय अवहेलना हो भन्ने हामीले स्विकार्न पर्छ | जुन सुकै देशका महिलाले पनि अमेरिकामा आइ सन्तान जन्माइन भने त्यो बालक जन्मेको दिनदेखि अमेरिकाको नागरिक बन्छ र उसलाई बाबुको नाम लेखाउन पर्दैन | यो नितान्त मानव अधिकारको कुरा हो जो मानिसको जुनीमा जहा जसरि जन्मन्छ त्यसलाई त्यस देशको स्वत नागरिक हुन् पर्छ भन्ने मानावाधिकार कर्मिले भन्दै आएका पनि छन् | त्यसैले नेपालमा नागरिकता बनाउदा बाबु वा आमाको नाम राखी नागरिकता दिन पर्छ | यो कुरा सबैले स्विकार्न पर्छ | आमाको नाम मात्र नागरिकता नदिने निर्णय गलत हो | त्यसैले आमाले नौ महिना गर्भमा राखेर सन्तानको लालन पालन मानवीय जिबन दिने निर्यायक भूमिका भएकोले आमाको नाममा आफ्ना सन्तानको नागरिता मिल्छ, दिनु पर्छ |

Leave a Reply